नेपालभारत ब्लग साइटमा तपाईलाई स्वागत छ । यो र्साईट भारत मुम्बइमा बस्ने नेपालीहले सञ्चालन गरेको भारतबाट पहिलो ब्लग र्साईट हो । यस र्साईटलाई अझै राम्रो बनाउन के गर्नु पर्ला कृपया आफ्नो सुझावहरु कमेन्टमा लेखि पठाउनु होला ।नेपालभारत ब्लग सम परिवार

January 1, 2009

मेरो लुकेको कुरा केहि छैन सबै कुरा दर्शकलार्इ भनेकै छु : रमित

Filed under: Interview

बीरेन्द्र पौडेल
नेपाली चलचित्र क्ष्ोत्रका चर्चित नायक रमित ढुंगाना यतिबेला मुम्बर्इमा छन्‍ । उनि नेपाली चलचित्र गुरुदक्ष्ािण्ााको छायाङकनको लागि मुम्बर्इ आएका हुन्‍ । विगत पाँच बर्ष्ायता निक्कै चर्चामा रहेका रमितले हालसम्म पचपन्न भन्दा बढि चलचित्रहरुमा अभिनय गरिसकेका छन्‍ । चलचित्र माया नमारबाट शुरु भएको उनको अभिनय यात्रा धड्‍कन, मुग्लान, देबरबाबु हुँदै गुरुदक्ष्ािण्ाासम्म आर्इपुगेको छ । सिनामंगल काठमाण्डौमा जन्मिएका रमित ढुंगाना यतिबेला चलचित्र फर्जको छायाङकनमा व्यस्त रहेका छन्‍ भने जीवन म ृत्यु, पलपल लगायतका चौध भन्दा बढि चलचित्रहरु उनका रिलिज हुन बाँकी नै छन्‍ । उनै व्यस्त नायक रमित ढुंगानासँग नेपाल न्यूजले गरेको छोटो कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
मुम्बर्इ किन आउनु भयो ?
म यतिबेला चलचित्र गुरुदक्ष्ािण्ााको छायाङकनको लागि मुम्बर्इ आएको हुँ ।
कस्तो गीतको छायाङकन हुँदैछ मुम्बर्इमा ?
एउटा स्याड सङको सुटिड हुदैछ ।
गुरुदक्ष्ािण्ाामा काम गर्दा कस्तो अनुभव रह्‍यो ?
एउटा छुट्‍टै र नयाँ अनुभव रह्‍यो । नयाँ सोचसहित प्रवासमा बस्नु भएका दाजूहरुले बनाएको चलचित्रमा उहाहरुसँग काम गर्दा अभmै केहि गरौ भन्ने सोच जागेर आयो । चलचित्रमा तपार्इले कस्तो भूमिका निभाउनु भएको छ ?
चलचित्रमा मैले राजेश हमालको चेलाको भूमिका निर्वाह गरेको छु । प्रवासी नेपालीहरुको लगानीमा बनेको चलचित्रमा पहिलो पटक अभिनय गर्दा के कस्तो फरक पाउनुभयो त ?
पक्कै पनि फरक अनुभव भयो । यसको प्राविधिक पक्ष्ा पनि निकै स्तरीय र राम्रो छ साथै चलचित्रको कथा बस्तु पनि नयाँ र प ृथक छ ।
यसभन्दा अघि पनि मुम्बर्इ आउनु भएको थियो त्यति बेला प्रवासी नेपालीहरुलार्इ भेट्‍दा कस्तो अनुभूति रह्‍यो ?
धेरै खुसी लागेको थियो । केहि बर्ष्ा अघि मुग्लानको सुटिङमा आउदा एउटा कार्यत्रmममा पनि सहभागी भएको थिए । सोहि अवसरमा सबैसँग भेट भयो । नेपाली चलचित्र क्ष्ोत्रलार्इ अभmै विकसित गर्न के गनर्ु पर्ला ? चलचित्र क्ष्ोत्र विकसित हुनलार्इ मुख्य कुरा कथा राम्रो हुनुपर्छ । त्यसपछि चलचित्रको प्रविधि पक्ष्ा राम्रो हुनुपर्छ ।
तपार्इलार्इ मन पनर्े नायिका ?
त ृप्ती नाटकर दिदी ।
प्रेम के हो ?
प्रेम मानिसलार्इ चाहिने चिज अर्थात आवश्यकता हो ।
तपार्इको ल्ाक्ष्य नि ?
संघर्ष्ा गनर्ु पर्छ प्राप्तीको लागि कर्म गनर्ु पर्छ, लक्ष्य पुरा भै हाल्छ ।
भोलि गएर आफै चलचित्र निर्माण्ा गनर्े वा डार्इरेक्सन गनर्े बिचार छ कि ? पहिलो चलचित्र माया नमार हामीले नै बनाएका हौ र हामीले अहिले पुन: अर्को चलचित्र बनाउदै छौ जसको गीतको काम भर्इरहेको छ ।
एउटा नेपाली चलचित्र खेले बापत कति पारिश्रमिक लिनु हुन्छ ?
हास्दै….नभनौ होला ।
भन्नुस्‍ न बढिमा कति घटिमा कति ?
ल..ल..दुर्इ लाखदेखि तिन लाखसम्म ।
फुर्सदमा के गनर्ु हुन्छ ?
साथी भार्इ भेटने । नेपालका रमण्ाीय ठाउँहरु घुम्न जाने ।
तपार्इको बारेमा तपार्इका फ्‍यानहरुले थाह नपाएको कुरा ?
मेरो बारेमा सबै कुरा थाह छ । कुनै लुकेको कुरा छैन, मैले सबै कुरा दर्शकलार्इ भन्दै आएको छु ।
बलिउडमा खेल्ने रहर कत्तकिो छ ?
भर्खर मैले हलिउडको फिल्म जिनायलमा अभिनय गरेको छु । जसको सुटिङ अमेरिकामा भएको थियो । कलाकारको लागि विभिन्न देशका र विभिन्न भाष्ााका चलचित्रमा खेल्न पाउनु खुसीको कुरा हो । तर भित्री सन्तुष्टी र आत्मियता भने नेपाली चलचित्र खेल्दा नै हुन्छ ।
अन्तमा प्रवासी नेपालीहरुलार्इ केहि भन्न चाहनुहुन्छ कि ? सबै प्रवासी नेपालीहरुलार्इ श्री पशुपति नाथ जिले रक्ष्ाा गरुन । यहि भन्न चाहन्छुु ।

February 18, 2008

उत्कृष्ट आठमा पुगिन् प्रकृति

Filed under: Interview

बीरेन्द्र पौडेल, मुम्बई (तस्वीर पनि)
नेपाली भाषी प्रकृति गिरी यतिबेला एकपछि अर्को गर्दै सफलताको सिढी चढ्दै छिन्। उनी स्टार प्लसमा सञ्चालन भईरहेको प्रतिस्पर्धात्मक रियालिटि शो अमुल स्टार भ्वाईस अफ इण्डिया (छोटे उस्ताद) को उत्कृष्ट आठमा पुग्न सफल भएकी छिन्। यति मात्र हैन यो हप्ता उनलाई सबै भन्दा भोट (एसएमएस) प्राप्त भएको छ। कक्षा ७ मा अध्ययनरत १२ वर्षीया प्रकृति यतिबेला आगामी प्रतिस्पर्धाको तयारीमा जुटेकी छिन् । प्रत्येक शुक्रबार र शनिबार राति १० बजेदेखि १२ बजेसम्म हुने अमुल स्टार भ्वाईस अफ इण्डियामा प्रकृतिलाई पहाडी ड्रागन पनि भनिन्छ। बलिउडकै बरिष्ठ गायक, गायिका तथा संगीतकार कुनाल गंजावाल, श्रेया घोसाल र प्रितम जज रहेका यस भ्वाईस अफ इण्डियाको दौडमा रहेकी प्रकृतिलाई एसएम एस गर्न ustaad 05 टाईप गरी 57827 मा पठाउन सकिने छ भने अनलाईन मार्फ भोट गर्नको लागि - www.indya.com/chhoteustaad/vote.asp मा गएर भोट गर्न सकिनेछ । प्रकृतिको लागि आज राति १२ बजेदेखि भोलि रात १२ बजेसम्म भोट गर्न सकिनेछ। कम बोल्ने तर मुस्कुराई रहने प्रकृतिले छोटे उस्ताजको ताज जित्नेछिन् भन्ने विश्वास सबै नेपालीले लिएका छन्। अहिले जसरी दार्जिलिङ, कालिङपोङ र गान्टोक लगायतका शहरहरु केही महिनाअघि प्रशान्तमय बनेका थिए अहिले त्यहि ठाउँ विस्तारै प्रकृतिमय बन्दैछ , चारै तिरबाट प्रकृतिलाई सहयोग र भोट जुटिरहेको छ। प्रकृतिले आफू नेपाली भाषी भएको नाताले प्राय सबै एपिसोडमा आफूलाई भोट गर्न नेपालीमै स्टार प्लस मार्फत अपिल गरेकी थिईन्। सानो उमेरमा निक्कै सफलता कमाई सकेकी यिनै गायिका प्रकृति गिरीसँग गरिएको कुराकानीको केही अंश-

प्रतियोगितामा उत्कृष्ट आठसम्म आई पुग्दा कस्तो महसुस भएको छ ?
मलाई निक्कै खुसी लागि रहेको छ। मैले अपिल गरे जस्तै सबै नेपालीहरुले मलाई भोट र एसएमएस गर्नुभएको छ। म सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र अझै मलाई भोट गरेर अगाडि बढाउन आग्रह गर्दछु।
तपाईले छोटे उस्तादको ताज जिन्नुहोला ? तपाईलाई के लाग्छ ?
मैले यसमा सक्दो प्रयास गरेकी छु र मलाई लाग्छ म तपाईहरु सबैको सहयोग पाएमा अवश्य भ्वाईस अफ इण्डियाको ताज जित्न सक्नेछु।
यति सानो पढ्ने उमेरमा संगीत प्रति लाग्दा पढाईमा बाधा पुग्दैन ?
मैले पढाई र संगीतलाई साथमै लिएर अघि बढ्नेछु। पढाईसगै मैले साथमा संगीत पनि सिकिरहेकी छु।
तपाईको लक्ष्य के हो ?
मेरो लक्ष्य भविष्यमा चर्चित प्लेब्याक गायिका बन्ने हो।
तपाई को जस्तो बन्न चाहनुहुन्छ ?
(सर्माएर हाँस्दै) सके सम्म म धेरै अगाडि बढेर लता जी जस्तै बन्न चाहन्छु।
गायनको अलवा तपाईलाई के मा रुचि छ
मलाई डान्स गर्न र एक्टिङ गर्न पनि रुचि छ ।

August 1, 2006

सफल अभिनेता बन्ने लक्ष्य बोकेका नरेन्द्र मुर्म्बईमा

Filed under: Interview

विरेन्द्र पौडेल
नरेन्द्र हज्जारौ प्रवासी नेपालीहरुको मन भित्र बस्न सफल छन् उनि । कहिले छोरी भन्दा आमा तरुनी त कहिले नाटश्रेष्ठ मुर्म्बईका गीत संगीत र नृत्य प्रेमी दर्शकहरुका लागि कुनै नौलो नाम होइन । विगत तीन बर्षदेखि मुर्म्बईका दर्जनौ सांस्कृतिक कायर् क्रमहरुमा नृत्य निर्देशन तथा नाटक लेखन र निर्देशन गर्दैक भित्रको नाटक अनि कहिले साली भेना जस्ता नाटकहरु लेखन तथा निर्देशन गरेर मुर्म्बईका सांस्कृतिक कार्यक्रमहरुमा नाटकको महत्व र आवश्यकता लाई परिपर्ूर्ति गर्दै आएका श्रेष्ठलाई हास्यकलाकारको रुपमा पनि चिन्न सकिन्छ ।मुर्म्बईका लोकप्रिय हास्य कलाकार श्रेष्ठको जन्म २०२६ साल जेठ २ गते
गुलरिया नगर पालिका ८ बर्दियाको आर्दश टोलमा स्वर्गीय बुबा अक्कल बहादुर श्रेष्ठ र आमा तुलसी देवी श्रेष्ठको कोखबाट कान्छो छोराको रुपमा भएको हो । सानै देखि एउटा सफल अभिनेता बन्ने लक्ष्य बोकेका श्रेष्ठले स्नातक तह सम्म अध्ययन गरेका छन् । एक कक्षा देखि नै विद्यालयमा हुने कार्यक्रमहरुमा नाचेर र्सवश्रेष्ठ हुने गरेका र सानैदेखि मादल बजाउन थालेका नरेन्द्र विगतलाई सम्झदै भन्छन.म चार कक्षामा पढ्दै थिए , शिक्षा दिवसमा मादल बजाउदा त्यतिबेलाको जिल्ला शिक्षा अधिकारी खुसी भएर मलाई एउटा थाल उपाहार दिनुभएकोे थियो र त्यो अझै सुरक्षित राखेको छु ।” २०४६ साल तिर बर्दियामै दिपेन्द्र सांस्कृतिक क्लबको अध्यक्ष समेत रहेर विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएका श्रेष्ठले त्यसैबेला साना तिना स्टेज तथा सडक नाटकहरु समेत लेख्न थाले । जलिरहेको चिता, भिडियो फिल्म एक धर्को सिन्दुरको लेखन तथा निर्देशन गरि २०५३ सालमा सुदुर पश्चिम तथा मध्यपश्चिममा भएको राष्ट्रिय नाचघर काठमाण्डौद्धारा आयोजना गरिएको नाटक प्रतियोगितामा नाटक दोस्रो स्थान र नाटकमा र्सवश्रेष्ठ चरित्र अभिनेताको उपाधी नरेन्द्र श्रेष्ठले हात पारे । सोहि बेला श्रेष्ठले वरिष्ठ कलाकार हरिहर शर्मा, मदनदास श्रेष्ठ र विरेन्द्र हमालको हात बाट पुरस्कार पाएका थिए । त्यपछि निरन्तर रुपमा चार बर्षम्म काठमाण्डौ बसेर अभिनयमा मात्र नलागेर उनले नृत्य र बाद्यवादनमा समेत लागे पछि विभिन्न कार्यक्रमहरुमा वाद्यवादन गर्नथाले जस्तै रिमा रिर्कड बबरमहल र सुपर साउण्ड माइतीघरमा उनले मादल बजाए । सफल अभिनेता एंव कलाकार बन्न सोच र लक्ष्य लिएर काठमाण्डौ पुगेका श्रेष्ठ त्यो पुरा नभए पछि पुन बर्दिया फर्किए । पुनः सस्थामा लागेर विभिन्न एनजिओ आईएन जिओहरु र जेशिसको आयोजनामा दर्जनौ सास्कृतिक कार्यक्रम गर्न पुगे । त्यसै सिलसिलामा उनि मुर्म्बईमा कार्यक्रमको लागि एउटा टोली लिएर आए जुन कार्यक्रम मुर्म्बईमा इण्डोकामले गरेको थियो । त्यसपछि शुरुभयो नरेन्द्रको मुर्म्बई आगमन र मुर्म्बई यात्रा । सो कार्यक्रममा नरेन्द्र श्रेष्ठले नेतृत्व गरेर कलाकार आएपछि त्यतिबेला नेपाल न्यूज साप्ताहिकका सम्पादक प्रकाश पौडेलसंग भेट भयो त्यसपछि उनि टोली संगै पुनः नेपाल फिर्ता भए । उनि त्यति बेलाको केहि दुःखहरु सम्झदै भन्छन मलाई त्यसपछि बर्म्बई आउने रहर थिएन र आउछु भन्ने सोचेको पनि थिईन तर आखिर पुन मुर्म्बई आए । हुन पनि छोटो समयमै मुर्म्बई आएर प्रवासी नेपालीहरुबीच लोक प्रियबने नरेन्द्र । आखिर मुर्म्बई किन आउनु भयो त भन्ने प्रश्नमा नरेन्द्र भन्छन् मुर्म्बई एउटा कलाकारिताको महासागर भएकोले यहा आएर पनि एउटा आफ्नो स्थान बनाउन सकिन्छ कि र राम्रो अभिनेता बन्न सकिन्छ, अभिनय सिकेर जाउ भनेर आएको । मुर्म्बईमा श्रेष्ठले संयुक्त नेपाली महासंघको आयोजनामा भएको हाम्रो आगन, माइती आगन, नेपाली समाज दैनिकको आयोजनामा गरिएका भञ्ज्याङ्ग चौतारी, माकुरी जालैमा, सुदुरपश्चिम सास्कृतिक समुहको आयोजनामा भएको नाटक भित्रको नाटक,धानुकाडा सास्कृतिक समुहको नाटक साली भेना, संंयुक्त नेपाली जनकल्याण समितिको आयोजनामा गरिएको प्रवासको सम्झना र स्वदेशको सम्झना, देख चेम्स ग्रुपको आयोजनामा प्रवासको सुशेली, दोहोरी दोस्रो धमाका, नविन पाण्डको आयोजना रहेको माघे मेलैमा, आकाश गुरुङ्ग र कृष्ण घिमिरेको छोरी भन्दा आमा तरुनी, साथी नेपालको आयोजनामा गरिएका चेतना मुलक कार्यक्रमहरु चेतना पश्चाताप,भुल र यस्तो पनि हुदो रैछ जस्ता नाटकहरु लेखन लथा निर्देशन गर्नुभएका श्रेष्ठले मुर्म्बई अन्य दर्जनौ संघ सस्थाहरुको कार्यक्रमहरुमा नृत्य निर्देशन गरिसकेका छन् । मुख्य लक्ष्य अभिनेता बन्ने बोकेर मुर्म्बई छिरेका नरेन्द्र भाग्यले जता लान्छ त्यतै जाने बताउछन् । नृत्य, अभिनय, बाद्यवादन लगाएतका क्षेत्रमा लगातार लागिरहने नरेन्द्र प्रवासमा बसेपछि अखिर पर्ूव मेचि देखि पश्चिम महाकाली सम्म जहाको भएपनि एक भएर बाच्नु पथ्र्यो तर यहा त्यस्तो देखिएन् , भेगिय र क्षेत्रीय आधारमा यसैरी नै फुट भयो भने नेपालीहरुको अस्तित्व रहदैन र नेपालीहरु सफल हुन सक्दैनन् भन्छन । उनि भन्छन् राजनीतिक दृष्टिले फरक फरक मत भए पनि नेपालीहरु हितको लागि एक हुनु पर्दछ । मुर्म्बईमा नै बसेर नेपालीहरुको नामलाई उच्च राख्न चाहने नरेन्द्र कार्यक्रम गर्दा कलाकारको कालाकारिता लाई चिन्नु पर्दछ, कलामा नाताबाद कृपावाद, सहयोगीवाद हुनुहुन्न, नया कलाकारहरुलाई प्रोत्साहन गर्न साधना गरेर मात्र ल्याउनु पर्ने र स्टेजमा उत्रानु पर्ने श्रेष्ठ बताउछन् । मुर्म्बईका सांस्कृतिक कार्यक्रमहरुमा कत्तिको नेपाली पन छ त - भन्ने प्रश्नमा उनि भन्छन मुर्म्बईमा हुने कार्यक्रमहरुमा ठेट पन नेपाली पन पाईदैन, त्यसकोलागि म ल्याउने प्रयास गरेको छु । नेपालका विभिन्न क्षेत्रमा भएका संस्कृतिहरुलाई अझै स्टेजमा उत्रान नसके को बतानुहुने श्रेष्ठ बिबाह गर्ने इच्छा छ तर हाम्रो नेपाली समाजमा उमेर हुदै विबाह गर्नु पर्दो रहेछ त्यसैले अब राम्रो असल जीवनसाथीको प्रतिक्षामा छु जुन नेपाली समाजसंग मेल खाने हुनर्ुपर्छ भन्नुहुन्छ । बचेको समयमा कम्पुटर संग खेल्ने र कथाहरु पढ्न रुचाउने श्रेष्ठ लगातार रुपमा कलाकारिता मै खटिएका छन र मुर्म्बईमा चर्चित हास्य कलाकार तथा नृत्य निर्देशक हुन् हेरौ उनलाई समय र भाग्यले अझ कहा र कति माथि पुर्‍याउने हो ।

July 8, 2006

मुर्म्बईमा बाणिज्य दुताबास खोलेपछि प्रवासी नेपालीका दुःख,मर्का हेर्ने छ देउवा

Filed under: Interview

पूव प्रधानमन्त्री एवं नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा दश दिने भारत भ्रमणका क्रममा गत शनिवार मुर्म्बई आउनुभएको थियो । मुर्म्बईको मरिनलायन्स स्थित पाटकर हलको एक कार्यक्रममा सहभागि भएपछि नेपालको राजनीतिक गतिविधिको सम्बन्धमा छलफल गर्ने क्रममा नेपाली समाज दैनिकका सम्पादक प्रकाश पौडेल र नेपाली युवा मासिकका सम्पादक दिनमणी आर. पाण्डेले वहासंग वाल्केश्वर स्थित सहयाद्री गेष्टहाउसमा भेटी नेपालको वर्तमान गतिविधिलाई समेटेर मुर्म्बईका प्रवासी नेपालीहरुको समस्या बारे राखेको प्रश्नहरुमा देउवाले दिनुभएको प्रतिक्रियाको सारसंक्षेप हाम्रा पाठकहरु समक्ष प्रस्तुत गरिएको छ .

अहिले तपाईको भारत भ्रमणको मुख्य लक्ष के हो -
अहिले मलाई मुर्म्बईमा “मुर्म्बई र्डाईलग” अन्तरगत नेपालको वर्तमान स्थिती भन्ने विषयमा बोल्नको लागि बोलाइएको हो ।
मुर्म्बईमा प्रवासी नेपालीहरुको समस्यालाई कसरी हर्ेर्नुभएको छ -
मलाई थाह छ दुःख पाएका छन । देशमा रोजीरोटी नपाएर विदेशमा आउछन । आर्थिक समस्या छ । यहा कसैले के गरेका छन त कसैले चौकीदारी गरेका छन् । पैसा कमाउनका लागि नै यहाँ आएका छन । समस्या छ,, बालबच्चा र परिवार छोडेर यहा आएका छन् । कोहि नोकरीको तलासमा आए भने कोहि माओवादीको समस्याले आएका छन् । मैले बुझेको छु सबैलाई एकदम दुःख छ ।
तपाईको सम्मानमा राखिएको स्वागत कार्यक्रममा मुर्म्बईमा वाणिज्य दुतावास बारे कुरा उठाउनु भएको थियो । यसबारे थप प्रष्ट पारिदिनुहुन्छ कि -
बाणिज्य दुतावास खोलेपछि यहाँ नेपालीहरुलाई परेको पिर मर्का र समस्यालाई हेछ । त्यसले सबैको दुःख सुखलाई हेछ । सबैले आफ्ना कुराहरु राख्न र समाधान गर्नलाई सजिलो हुनेछ । मैले म दोस्रो पटक प्रधामन्त्री हुदा जसरी विरगञ्जमा लिखीत रुपमा वाणिज्य दुतावास खोल्ने योजना बनेको थियो त्यस्तो योजना मुर्म्बईमा पनि छ ।
अहिले सरकार र माओवादीबिच वार्ताका कुरा चलिरहेका बेला काग्रेस एकताका कुरापनि सुनिन्छ , त्यो कति सम्भव छ -
त्यो एकता हुन तपाईले सोचे जस्तोगरि सजिलो छैन । हाम्रो पार्टीथिदेखि तलसम्म फूटिसक्यो । अब र्समपण गर्ने होईन एक आपसमा सम्मान जनक रुपमा हेनुपर्छ । म त हिजोपनि त्यही थिएँ आजपनि त्यही छु। त्यसरी सम्मान जनकरुपमा मिल्ने हो भने म तैयार छु ।
अहिले सातदल र माओवादीबीच वार्ताका कुरा चलिरहँदा दुबैपक्षबाट अल्ली उत्तेजक खालका बयानबाजीहरु आएका छन कहि यसले फेरि वार्ता भाँडिने त होईन -
कुरा के छ भने अब जे जसरी भएपनि वार्ता त सफल पार्नु नै पर्‍यो नी । दुबैपक्ष चाडैभन्दा चाडै अब मिल्न आवश्यक छ ।
माओवादीले र अन्य दलहरुले नेपालको परिस्थिती ब्रि्रनुमा मुख्य जिम्मेवार तपाई नै हुनुहुन्छ भन्नछन, किनकी तपाईले चुवाव गराउन नसकेर प्रतिनिधीसभाको विघटन गर्नुभयो -
माओवादीले र दलले के भन्छन त्योसंग मलाई मतलब छैन । किनकी माओवादीले आज एउटा कुरा गर्छन भने भोली अर्को कुरा । मैले माओवादीलाई दबाउन खोजेकै हो । मलाई धन्न माओवादीहरुले मारेका होईन्न । उनीहरु पार्लियामेन्टको पक्षमा छैन्न । मैले म तत्कालमा प्रधानमन्त्री हुदा गिरीजालाई चुवाव गराआंै भने तर वहाले मान्नुभएन माओवादीले पनि चुनाव गराउन नदिने भने । मलाई कसैले सहयोग गरेनन् । त्यतीबेला मलाई हिम्मत दिने बेलामा कसैले दिएनन् । चुनाव गराऔ भन्दा मान्दै मानेनन् कसैसंग कुरा मिलेन त्यसैले मैले संसदभंग गर्न राजालाई लगाए ।
यहाँका राजनितीक पार्टीका समक्ष कस्ता प्रस्तावहरु राख्नुभएको छ त -
अहिले त खासै रुपमा भन्ने हो भने नेपालमा शान्ति स्थापना गर्न पार्टर्ीी र संस्थागत रुपमा विकास गर्ने मुख्य मुद्दा हुन ।
अहिले तपाईहरुले माओवादीको दबाबले फटाफट माओवादी बन्दिहरुलाई रिहा गर्दै हुनुहुन्छ - कहि वार्ता भाडियो भने त महाभारत हुन्छनी त्यसलाई सातदलले कसरी हेरेको छ -
अब हेनुस माओवादी फेरि जंगल पसे भने लर्डाई हुने त हो नी । माओवादी जंगल लाग्छन कि लाग्दैनन् थाह छैन । तर अब माओवादी जंगलतिर जान्छन जस्तो मलाई लाग्दैन । माओवादीले बिना कारण निउ खोज्यो भने लर्डाई हुनेछ । त्यसले म्ँाओवादीलाई ठूलो नोक्सान हुन्छ ।
तपाईलाई अब लाग्छ सातदल र माओवादी बीच स्थायी शान्ति कायमहुन्छ -
अ, अब त स्थायी शान्ति निश्चित रुपमा कायम हुन्छ । हामीले सबैले पनि अब सदाको लागि शान्ति र अमनचैनको कामना गरौ ।
राजाले सबैभन्दा धेरैसमय तपाईलाई बन्दि बनाए, तर अझैपनि तपाईले राजालाई सेनाको प्रमुख राख्नुपर्छ भन्नेकुरा राखेर विवादमा पर्नुभयो - यसमा यहाले के भन्नुहुन्छ-
मैले त्यसो भनेको होईन । मेले राजालाई सेनाको प्रमुख राख्नर्ुपर्छ भनेर कहा“ भने -
तर तपाईले भन्नुभएको भनेर पत्रिकाहरुले छाप्यो नी †
-छापिएको छैन । कस्ले छाप्यो -
हामीलाईर् इमेलबाट पनि तपाईले भनेको सुचना आएको थियो ।
तपाईलाई आएकोर् इ-मेल गलत हो । मैले भनेको के हो भने सेना भन्दामाथि पनि कोई हुन पर्छ भनेर भनेको हो । हेर्नुस न अैले सेनाभन्दामाथि कोईपनि छैन । त्यसैले मैले भनेको हो ।
राजा राख्ने कि नराख्ने भन्नेे विषयमा तपाईको र तपाईको पार्टर्ीीे धारणा कस्तो छ -
म र मेरो पार्टी धारणा भन्नु भन्दा पनि अब राजाको बारेमा त जनताले जे भन्छन त्यही हुन्छ । जनताले राजा राखौ भने राखिन्छ, नराखौ भने राखिदैन । राजाको बारेमा हाम्रो धारणा त्यही हो जो जनताको छ ।

June 3, 2006

अन्तवार्ता : मैले ऐर्श्वर्य रायलाई चाहदैमा पाउछु र - रामचन्द्र काफ्ले

Filed under: Interview

-बीरेन्द्र पौडेल
विभिन्न पप, आधुनिक र लोक गरि ६०० भन्दा वढि गीतहरु गाईसकेका रामचन्द्र काफ्ले नेपाली लोक पप गायन क्षेत्रका चर्चित गायक हुन । छोटो समयमै लाखौं स्रोता तथा दर्शकहरुको मन जित्न सफल काफ्लेले लोक संगीतलाई एउटा बेग्लै तरीकाले प्रस्तुत गरेर लोक पपको मार्केटमा आफ्नो राम्रो स्थान बनाईसकेका छन् । उनको एकल एल्बम मनकी रानीले व्यापक सफलता पाएपछि उनले थुप्रै एलबमहरु बजारमा ल्याई सकेका छन् । त्यसो त लोक गीतमा नया प्रस्तुतीको रुपमा रहेको लाठी चार्ज नगर मेरो मायामा ले पनि उनलाई चर्चाको शिखरमा पुर्‍याएको छ । उनले आफ्नो बारेमा कुराकानी गर्ने क्रममा यसरी भने-मेरो स्कुलको पर्ढाई सिध्याउने बित्तिकै म ललितकला क्याम्पसमा भर्ना भए भोटाहिटी काठमाण्डौ, स्नातकतह सम्ममा त्यसपछि प्राइभेट क्लास प्रविण कुमार श्रेण्ठसग लिए । शास्त्रिय संगीतको ५ बषिर्य अध्ययन पछि मलाई व्यबसायिक रुपमा गाउन चाही आज भन्दा तीन वर्षअगाडी एकजना रमेश अधिकारी दाई हुनुहुन्छ उहाले गीत लेख्नुभयो र एउटा अवसर दिनुभयो। संसारकै सुन्दर छ हाम्रो नेपाल भन्ने गीतबाट मैले गीत रर्ेकर्ड शुरु गरे । त्यसपछि विमा दिदिले मेरो आवाज मनपर्राई दिनुभयो र यो भाईको आवाजमा दम छ भनेर एउटा गीतमा मौका दिनुभयो। त्यसपछि मैले चौतारी भाग १ मा गाउने मौका पाए र शुरु गरे - उनले आफ्नो सांगीतक यात्राको बारेमा कुराकानीको क्रममा भने । यिनै चर्चित युवा गायक केहि हप्ता अघि मुर्म्बईमा गरिएको नौलो पिरती नामक सांस्कृतिक कार्यक्रमा सहाभागी हुन मुर्म्बई आएका थिए । प्रस्तुत छ उनै गाएक काफ्ले संग विभिन्न विषयमा आधारित रहेर मुर्म्बईमा बीरेन्द्र पौडेले गनुभएको कुराकानीका सारसंक्षेप-
तपाईको पहिलो एल्वम ?
संसारकै सुन्दर छ हाम्रो नेपाल भन्ने हो ।
जीवनको लक्ष्य के हो ?
म सानै देखि गाउथे र मलाई-माधव प्रसाद काफले दाजु)स्कुलमा पनि सानैमा स्टेजहरुमा गाउन लगाइन्थ्यो दाइले पनी गाउनुहुन्थ्यो-मैले रोइला गाउथे र मत एक्कल काटे भन्ने गीत सानोमा गाएको थिए जुन सबैले मन पराएका थिए । सबैले मलाई हौसला दिनुभयो मैले घर नजिकै पनि गीतार र हारमोनियम सिक्न जान्थे यसरी मेरै सग सगै थियो र त्यती बेला पनि मलाई कस्ौले तपाईको लक्ष्य के हो भनेको भए डाक्टर बन्ने या इन्जिजियर बन्ने भन्ने थिएन,गायक बन्ने नै थियो चर्चित गायक बन्ने लक्ष्य हो ।
यस क्षेत्रमा लागेर कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट छु,विचमा धेरै संर्घष्ा गर्नु प-र्यो । त्यो त्याग तपस्या गरेर नै आज तपाईहरुको माझ मुर्म्वईमा आएर पनि कार्यक्रम गर्ने मौका पाए लाखौ श्रोताहरुको माया पाए । पारिश्रमिक पनि पाएको छु थुप्रै देशहरुमा घुम्न पाएको छु,।
आथिक रुपमा कस्तो छ ?
भगवानले पनि स्वरको लागि साथ दिनर्ुपर्छ र परिश्रम गर्नर्ुपर्छ,फुल फाले फुल आउछ,ढुंगा फाले ढुंगा हुन्छ त्याग तपस्या गर्नुपर्छ एउटा क्यासेट चल्दैमा अर्को चल्छ भन्ने जरुरी छैन त्यसको लागि झन् मिहेनत गर्नुपर्छ नया कम्पोज र नया शब्दहरु तयार गर्नुपर्दछ स्वरले मात्रै सदावहार हुन सक्दैन,मेहनत गरे प्रतिफल मिल्दैन-
केहि बर्षयता आएर लोकसंगीत राम्रो हुनुको कारण के होला जस्तो लाग्छ ?
पहिला पनि लोकगीत राम्रै चलेको हो बरु व्यवसायिक रुपमा राम्रो छैन त्यतीवेला हुन्थ्यो त्यो वेला राम्रो सेल हुन्थ्यो तर चर्चित हुदैनथ्यो अहिले मिडीयाले वढि पपुलर बनाईदिएको छ पहिला हिन्दी गीतहरु धेरै बज्थे तर अहिले दोहोरीलाई रामा्रे सपोर्ट गरेर सवैको कान कानमा गुन्जिने मौका पाए ।लोकगीतमा आफ्नै मिठास हुन्छ
तपाई कस्तो गायक पप या लोक ?
म एउटा कलाकार हो मैले सवै प्रकारका गीत गाउन सक्नर्ुपर्दछ र म कोशिष गर्नेछु त्यसको लागि मिल्नर्ुपर्छ म सम्पर्ुण्ा संगीतलाई मन पराउछु ।आखिर साततालमा नै सुरमा नै हुन्छ । सारेगमापधनिस मा नै हुन्छ।
हाल सम्ममा तपाईको प्रकाशित एल्वमहरु ?
भर्खरै हामीले त्रिपक्षीय वार्ता रहेको दोहोरी वजारमा ल्याएका छौ -लोक तिहेरी)सासु,सम्धिनी,छोरी र ज्वाई,छोरीको वावु र आमा अहिलेको बर्तमान स्थितिलाई व्यङगात्मक रुपमा सो एल्वममा प्रस्तुत गरेका छौ त्यसलाई मायामा ढालेका छौ। मनकी एनी,लाठी चाज,बिमा दिदी संग मायाको चिनो-गामवेसी,एकल एल्बम)हरियो डाडा माथि हलो जोत्ने साथी वोलको गीतलाई रिमिक्स बनाएको छु । -उदारणिय बनेको छ) अहिलेको जेनेरसनले मन पराउने गरी बनाउनर्ुपर्छ ।अहिलेको माहोलले गर्दा, नाकावन्दी र नेपाल बन्दले गर्दा म्युजिकको बजार खस्किएको छ ।
लोक गीत लाई कसरी परिमार्जीत गर्नुहुन्छ ?
लोक गीत यस्तो गीत हो,जुन आज भन्दा धेरै बर्षपहिलानै संयोजन -कम्पोज) गरिएको गीत हो र त्यो गीत त्यही क्षेत्रमा भेगमा चर्चित हुन्छ पर्ुव पश्चिम आ आफ्नै ठाउमा एउटा ठाउमा प्रचलित लय हो त्यती वेला त्यही स्थानमा रहयो तर आज संचारको माध्यमले गर्दा पुरानो लय चारैतिर फैलिन्छ त्यो लयले त्यहाको माटो चिनाउछ,भेग चिनाउछ,ठाउको परिचय गराउछ।बाजे देखी नाती सम्म गुन गुनाउदै आएको भाका हो लोक गीत ।
कस्ता गीत गाउन मन लाग्छ ?
नेपाली लोक संगीतलाई अत्यन्तै माया गर्छर्ुुलाकार भनेको त्यो देशको गहना हो । उस्ले गाएको गीतमा त्यो देशको लय भाका र शब्द भेटिनु पर्छ । मैले गाएका गितमा पहाडको लय फिलिङ्स नेपाली पन होस् पाखा पखेराको होस् त्यस्ता गीत गाउन रुचाउछु ।
लोक र लोक पपमा फरक छ ?
म आफै पनि ठेट लोकगित गाउछु भनेर भन्दिन तर म टिपिकल्ली गाउन प्रयास गर्छर्ुुर अहिलेको जेेनरेसनलाई हेरेर पनि उनिहरुले चाहे जस्तो गरेर गाउनु पर्दछ,अलिकती एडभान्स गर्नुपर्छ।परिमार्जीत हुनर्ुपर्छ।समय अनुसार लोकगीत गाउन सक्नु भने पनि गाह्रो छ जस्तै पर्ुवको गीत गाईरहेकोलाई पश्चिमका गीत गाउन गाह्रो हुन्छ तर सबै प्रकारका गीत गाउन सक्नु कलाकारको खुबी हो।
यो क्षेत्रमा लागेर अवार्ड पुरस्कार ?
जनताको माया पाएको छु। त्यहि नै मेरो लागी ठुलो अवार्ड हो । पोखरामा २०६१।२०६२ ढुकढुकी अवार्ड पाए,क्याम्पस स्तरियमा पनि म र सिन्धु मल्लले भाग लिएर प्रथम भएका थियौ ।
-प्रशङ्ग बदलौ) तपाइको विवाह भयो ?
अ ह । भएको छैन ।
कतै लभ चलेको छ की ?
त्यो पनि छैन ।
तपाई चर्चित यूवा गायक हुनुहुन्छ,ब्ल्याककल कत्तिको आउछ ? यदि कसैले तपाईलाई नपाए म मर्छर्ुुनेमा के गर्नुहुन्छ ?
हास्दै,अब आत्महत्या त गर्दैनन् होला कसैले चाहदैमा त्यहि कुरा पाईन्छ भन्ने त छैन नी । मानिलिउ मैले ऐर्श्वर्य रायलाई बिहे गर्छर्नेर पाउछु र - पाउदिन,अब मलाई नपाए झुण्डियर मर्छर्नेका छन् भने पनि,तर त्यती धेरै एक्र्साईटेड हुनु हुदैन ।
लभ गर्नु भएकै छैन त् ?
मेरो स्कुल जिबनमा एउटा थियो तर उसको विवाह भैसक्यो त्यस्तो डिप पनि थिएन । हल्का नै थियो, तर अहिले त त्यस्तो लभ गर्ने तिर मन नै जादैन ।
यस क्षेत्रमा लागेकाहरुको पारिवारीक जीवन सफल हुदैन भन्छन नी ?
अ-त्यो चाहि हुन्छ, त्यो के हो भने म अहिले मुर्म्वईमा छु,मैले एक हप्ताको लागि परिवारलाई छोडेर आएको छु त्यो विचमा विभिन्न शंका उपश्ांका हुन सक्छ,उसले के गरेको होला,अर्कै सग बसेको र घुमेको होला,म पनि जान पाएको भए हुन्थ्यो म भन्दा राम्री पाएमा छोड्छ कि भन्ने कुराहरु श्रीमति वा श्रीमानलाई लाग्न सक्छ । म एक हप्ता पोखरा हुन्छु,एक हप्ता काठमाण्डौं हुन्छु तर जहा गयो त्यही श्रीमति लाई लान त सकिदैन। त्यसैले त्यस्तो शंकाले गरेर जीवनमा असन्तुस्टि हुन सक्छ । यो मेरो सोचाई मात्र हो भोगाई भने होइन ।
- विवाह कहिले गर्ने त ?
विवाह त अझै तीन चार बर्षगर्दिन होला सोच छ तर भन्न सकिन्न । जीवन साथी कस्तो खोज्दै हुनुहुन्छ यसै क्षेत्रसग सम्वन्धित या अन्य - यहि क्षेत्रसग सम्बन्धित भए राम्रो हुन्थ्यो । किनकी उसले पनि राम्रो सग बुझ्थ्यो होला,जे होस् मलाई बुझ्न सक्ने,कलाकारीता बुझ्ने केटी हुनर्ुपर्छ । जो मेरो हर पाइलामा साथ्ा दिने होस ्।
प्रेमलाई कसरी परिभाषिर्त गर्नु हुन्छ ?
आत्मवाट आउने एउटा फिलिङ्ग्स हो यो । जो कसैलाई पनि गर्न सकिन्छ । त्ापाईलाई पनि,परिवारलाई पनि गर्न सकिन्छ र देशलाई पनि गर्न सकिन्छ ।
अन्तमा केही ?
तपाईहरु सबैको माया पाएको छु जसले गर्दा बर्म्वई सम्म आएर कार्यक्रम गर्ने मौका पाए । यहि अनुसार अरु केहि गर्नु पर्छ प्रतिक्रियाहरु पाउ । त्रुटी भएमा गाली पनि गर्नुस मैले सिक्ने मौका पाउछु यो माया सधै पाईराखौ ।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

पाठकहरु Free Site Counter
Free Site Counter