नेपालभारत ब्लग साइटमा तपाईलाई स्वागत छ । यो र्साईट भारत मुम्बइमा बस्ने नेपालीहले सञ्चालन गरेको भारतबाट पहिलो ब्लग र्साईट हो । यस र्साईटलाई अझै राम्रो बनाउन के गर्नु पर्ला कृपया आफ्नो सुझावहरु कमेन्टमा लेखि पठाउनु होला ।नेपालभारत ब्लग सम परिवार

July 22, 2009

मुम्बर्इमा हराएका नेपाली

Filed under: News

बीरेन्द्र पौडेल
मुम्बर्इमा प्रत्येक दिनजसो नेपालीहरु हराउने गर्छन । जसमा ५ बर्ष्ाका बालकदेखि युवक र ब ृद्ध तथा काखे बच्चा सहितका महिला समेत पनर्े गर्छन । नेपाल न्यूज दैनिकमा प्रकाशित भएका मानिस हराएका सूचनाहरुलार्इ मात्रै हेनर्े हो भने पनि प्रत्येक दिन यो त्रmम बढ्‍दो छ । नेपाल न्यूजमा सूचना प्रकाशित गरेर अथवा अन्य विभिन्न माध्यमबाट खोजी गर्दा हराएका केहि नेपाली महिला तथा पुरुष्ाहरु फेला परेता पनि सत्तरी प्रतिशतभन्दा बढि नेपालीहरु हराएपछि फेला परेका छैनन्‍ । अभm यसै जुन महिनाको रेर्कडलार्इ हेनर्े हो भने नेपाल देखि मुम्बर्इ आउने त्रmममा थुप्रै नेपालीहरु बिचबाटो मै छुटेर हराएका छन्‍ । कति बिचमै उत्रिएर हराउछन भने कति पानी, खाना आदि बस्तु किन्न जादाँ टे्रन छुटेर अलपत्र पर्छन । साथमा आएका आफन्तहरुको असावधानी र आफू स्वयं चनाखो नभएकोले यसरी दिनप्रतिदिन नेपालीहरु बीच बाटो बाटै हरार्इरहेका छन्‍ । दुर्इहप्ता अघि ११ जुनमा मात्रै पोखरी गाविस ३ डोटीका १३ बष्ािय बालक मुम्बर्इ आउने त्रmममा टे्रनबाट छुटेर हराएका छन्‍ । लखनउबाट पुष्पक एक्सप्रेसमा मुम्बर्इ आउने त्रmममा उनि भोपाल स्टेशनमा बाहिर निस्किएका थिए, त्यसपछि उनि आफन्तबाट छुटेका हुन । उनका आफन्तहरुले भोपाल लगायतका सबै आसपासका क्ष्ोत्रमा खोजी गर्दा पनि उनि फेला परेका छैनन्‍ । यसैगरी नेपाल बाटै मुम्बर्इ आउने त्रmममा धादिङका ४० बष्ािय मुरली गुरुङ पनि मुम्बर्इ आर्इ नपुग्दै बीच बाटो मै छुट्‍न पुगेका छन्‍ । खाल्टे गाविस–१ धादिङ घर भएका उनि गत १४ जुनमा रोजगारको लागि मुम्बर्इ आउने त्रmममा कल्याण्ा स्टेशनबाट छुटेका हुन । हिन्दी बोल्न नजान्ने गुरुङ पनि हालसम्म आफन्तको सम्पर्कमा आएका छैनन्‍ । यसैगरी स्याङग्जा भकुण्डेका क ृष्ण्ा सुवेदी पनि मुम्बर्इमा काम गनर्े त्रmममा हराएका छन्‍ । उनका आफन्तहरुले खोजी कार्य जारी राखेता पनि उनि कहाँ र के गर्दैछन्‍ भन्ने केहि थाह हुन सकेको छैन । क ृष्ण्ा जस्तै थुप्रै युवाहरु मुम्बर्इमा हरार्इरहेका छन्‍ । यसरी टे्रनबाट मुम्बर्इ आउने त्रmममा हराउने मात्र हैन केहि नेपालीहरुको टे्रनबाट खसेर म ृत्यु समेत भएको छ । केहि हप्ता अघि मात्रै रोजगारको लागि सुरत आउने त्रmममा एक नेपाली युवकको टे्रनबाट खसेर म ृत्यु भएको छ । स्यानो श्री ६ बर्दिया घर भएका २० बष्ािय भिम बहादुर दमार्इको जनता एक्प्रेसबाट सुरत आउने त्रmममा राजस्थानको कोटामा टे्रनबाट खसेर म ृत्यु भएको छ । मुम्बर्इ मै पनि काम गनर्े त्रmममा थुप्रै नेपालीहरुको म ृत्यु भएको छ । कोहि काम गरेर बसेको ठाउँमै म ृत अवस्थामा भेटिएका छन्‍ त केहि बिल्डिङबाट तल खसेर मरेका छन्‍ । अभm केहि नेपालीहरु आफ्‍नै साथी भार्इ तथा नेपालीहरुले नै हत्या गरेर मरेका घटनाहरु समेत प्रकाशमा आएका छन्‍ । यसरी दिनहुँ जसो नेपालीहरु मुम्बर्इमा हराउने र रहस्यमय तरिकाले मनर्े त्रmम बढ्‍दो छ । यसप्रति सबै प्रवासी नेपालीहरुले गम्भिर भएर सोच्नु पनर्े बेला आएको छ । दिनहुँ जसो विभिन्न सपनाहरु बोकेर मुम्बर्इ छिनर्े हज्जारौ नेपालीहरुको बीचमा यसरी केहि नेपालीहरु किन हराउछन्‍ त ? यो सोचनीय विष्ाय बनेको छ । मुम्बर्इमा नेपाली हराउने थुपर््रै कारण्ाहरु छन्‍ । बष्र्ाौ देखि मुम्बर्इको बातावरण्ामा रमेका केहि नेपालीहरु घर परिवार भुलेर बष्र्ाौदेखि नेपाल नफर्किकन यतै घरबार गरेर बसेका हुन्छन्‍ । चिठ्‍ठी पत्र र खबर केहि नभएपछि परिवारले उसलार्इ हराएको भनेर खोजि गर्न थाल्छन भने केहि नेपालीहरु नौलो भाष्ाा र नौलो ठाउँ भएकोले आफन्तबाट छुट्‍न गर्इ हराउछन । त्यति मात्रै हैन पहिलो पटक मुम्बर्इ आएका नेपाली मुम्बर्इको लोकल ट्रेनको भीडभाडले गर्दा सम्बन्धित ठाउँमा उत्रन नसकेर पनि हरार्इरहेकाछन्‍ । मुम्बर्इमा यसरी हराउनेमा केहि प्रतिशत महिलाहरु पनि छन्‍ । लोकल टे्रनमा धेरै भीड हुने भएकोले टे्रनमा महिलालार्इ लेडिज डिब्बामा चढाएर पुरुष्ा अर्को डिब्बामा चढेपछि पहिलो पटक यात्रा गरेका महिलाहरु बीचमै उत्रिएपछि छुट्‍न पुग्छन । यसरी छुटेका महिलाहरु केहि नेपालीहरुको शरण्ामा पुगेपछि फेला परेका छन्‍ भने केहि कहाँ जान्छन र के हुन्छ केहि पत्ता लाग्दैन । बष्र्ाौसम्म उनिहरुका आफन्तहरु खोजीरहेका हुन्छन्‍ । आफन्तहरु पीडामा तड्‍पिरहेका हुन्छन्‍ । नेपालमा घर–परिवार र सा–साना छोराछोरी उनिहरु फर्कने आशामा बाटो हेरिरहेका हुन्छन्‍ । यस्ता प्रकारका घटनाहरुबाट बच्न सबै नेपाली अत्यन्तै सजग र चनाखो हुन जरुरी छ । कुनै पनि नयाँ ठाउँमा जानु भन्दा पहिला त्यस ठाउँको बारेमा विस्त ृत जानकारी हुन जरुरी हुन्छ । त्यति मात्रै हैन नयाँ व्यत्तmिले आफूसँग रहेको सम्बन्धित व्यत्तmि (बुबा, श्रीमति, छोरा आदि) को टेलिफोन नम्बर र सम्भव भएमा ठेगाना पनि साथमा लिनुपर्छ जस्ले गर्दा नयाँ ठाउँमा छुटि हाले पनि सम्पर्क गर्न सजिलो हुन्छ । त्यसैगरी नेपालदेखि मुम्बर्इ आउने त्रmममा पनि अलि जाने बुभmेको (थुपर््रै पटक यात्रा गरेको ) व्यत्तmिको साथमा यात्रा गनर्ुपर्छ । साथै यात्राको त्रmममा टे्रनबाट बाहिर ननिस्कने, अपरिचित व्यत्तmिहरुले दिएको चिज नखाने र टे्रनमा आफूसँगै आएको व्यत्तmिसँगै रहने जस्ता सावधानी अपनायमा पनि यस्ता घटनाहरु बाट केहि हदसम्म भएपनि बच्न सकिन्छ । यदि कुनै नौलो ठाउँमा छुट्‍न गएमा आफु छुटेको स्थानमै केहि बेर बस्ने, सम्भव भए नजिकै कोहि नेपाली छन्‍ कि भनेर खोजि गनर्े र स्थानिय पुलिसचौकीमा गएर आफू छुटेको जानकारी गराएमा पनि आफू सहज रुपमा उद्धार हुन सकिन्छ । अत: यस्ता घटनाहरुलार्इ कम गर्न सम्पूर्ण्ा प्रवासी नेपाली दाजुभार्इ तथा दिदीबहिनीहरु सजग हुन जरुरी छ । अस्तु :

Comments »

The URI to TrackBack this entry is: http://nepalbharat.blogsome.com/2009/07/22/p185/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

पाठकहरु Free Site Counter
Free Site Counter