मुम्बर्इमा विविध कार्यत्रmमका साथ भानुजयन्ती मनार्इयो
मुम्बर्इ, १३ जुलार्इ । आदिकवि भानुभत्तm आचार्यको १९६ आैं जन्मजयन्ती अस्ति आर्इतबार मुम्बर्इको अन्धेरी पूर्वस्थित आरसी मारुती हार्इस्कुलको हलमा ब ृहत साहित्यिक कार्यत्रmमको आयोजना गरि मनार्इएको छ । नेपाल न्यूज दैनिकको आयोजना तथा नेपाल न्यूज रिर्डस क्लबको सत्रिmयतामा सम्पन्न सो साहित्यिक कार्यत्रmममा मुम्बर्इ र मुम्बर्इ आसपासमा रहेका दर्जनौ साहित्य अनुरागीहरुले कविता, गजल, मुत्तmक बाचन गरेका थिए । वरिष्ठ पत्रकार तथा एमएनएस न्यूज सर्विसका सम्पादक अनिल पाण्डे प्रमुख अतिथि रहको सो कार्यत्रmममा संयुत्तm नेपाली महासंघका अध्यक्ष्ा तारा शर्मा, नेपाली एकता मञ्चका केन्दि्रय सदस्य सुरेन्द्र देवकर, एकता मञ्चका महाराष्ट्र–गोवा राज्य अध्यक्ष्ा मोहन देवकर, नेपाली श्रमिक मजदुर युनियनका अध्यक्ष्ा मास्टर थापा, मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका क्ष्ोत्रीय सभापति इन्द्र भेटाल, पोखरा र्इन्जिनियरिङ कलेजका प्रतिनिधि तथा महासंघका भूतपूर्व अध्यक्ष्ा बिष्ण्ाु पौडेल, नेपाली जनसम्पर्क समितिका केन्दि्रय उपाध्यक्ष्ा हर्क बहादुर साउद, प्रवासी नेपाली संघ भारतका केन्दि्रय सदस्य थानेश्वर भट्रार्इ, गोल्डन ग्रेटर्सका प्रोप्रार्इटर तथा व्यवसायी किशोर भट्टरार्इ, व्यवसायी बिष्ण्ाु दत्त, काठमाण्डौ देखि कन्याकुमारीसम्म पैदल यात्रामा निस्किएर मुम्बर्इ आर्इपुगेका डा. योगी कं अनन्तराम केसी, साधक ख्रां श्याम श्रेष्ठ र फलीं नरेन्द्र देव, पत्रकार दिनमण्ाी आर पाण्डे, प्रनेसका प्रेम खड्का, ज्ञानेन्द्र लामिछाने, तरुण्ा दल मुम्बर्इका टंक प्रसाद रेग्मी लगायतका अतिथिहरुको सहभागीता रहेको थियो । कार्यत्रmमलार्इ सम्बोधन गर्दै प्रमुख अतिथि तथा वरिष्ठ पत्रकार अनिल पाण्डेले कुनै पनि देशको कला–साहित्य त्यस देशको पहिचान रहेको उल्लेख गर्दै नेपाल र भारतबीच राम्रो साहित्यिक सम्बन्ध हुनुपनर्े बताए । कार्यत्रmममा सहभागी अतिथिहरुले नेपाली साहित्यमा भानुभत्तmको योगदान महत्वपूर्ण्ा रहेको उल्लेख गर्दै प्रवासमा पनि नेपाली कला र साहित्यको संरक्ष्ाण्ा र विकासको लागि यस्ता कार्यत्रmमहरु जरुरी रहको बताएका थिए । कार्यत्रmममा सबै संघ सस्थाका प्रतिनिधिहरुले यतिबेला प्रवासमा केहि नेपालीहरु चोरी, डकैती जस्ता नराम्रा काममा लागेको र समस्त नेपाली हरु कै इमान्दारी र विश्वसनियतामाथि प्रश्न चिन्ह खडा भएको उल्लेख गर्दै यस्ता गतिविधिहरु कम गर्न सबै एक हुनुपनर्े र चेतनाको विकास गनर्ुपनर्े जनाएका थिए । कार्यत्रmमको बीचमा पोखरा र्इन्जिनियरिङ कलेजको प्रतिनिधित्व गर्दै मुम्बर्इ आउनु भएका र्इ. बिष्ण्ाु प्रसाद पौडेलले पोखरा इन्जिनियरिङ कलेजको बारेमा जानकारी दिनु भएको थियो । उहाँले पोखराको सो कलेजमा प्रवासी विद्यार्थीहरुलार्इ समेत सुलभरुपमा अध्ययन गनर्े मौका प्रदान गनर्े बताउनुभयो । भानुभत्तmको तस्वीरमा माल्यापर्ण्ाबाट शुरु भएको सो कार्यत्रmममा ध्रुब ढकाल, कमल परियार, बिष्ााल पाण्डे, देवेन्द्रराज अधिकारी, वित्रmम भण्डारी, सुमन थुलुङ रार्इ, ज्योति अर्याल, शंकरमान बोहोरा, राजेन्द्र ओभmा, हर्क बिशाल खनाल, केशव सिग्देल लगायतका प्रवासमा कलम चलाउने यूवाहरुले विभिन्न गजल तथा कविताहरु बाचन गरेका थिए । हरिष्ा इन्टरटेनमेन्टका कलाकारहरु हरिश विक र मीरा सिंहले विभिन्न न ृत्य प्रस्तुत गरेको सो कार्यत्रmममा यूवागायक संजय सोनी, मनिकुमार तामाङ, राम प्रसाद पौडेल लगायतका कलाकारहरुले गीत प्रस्तुत गरेका थिए । कार्यत्रmममा नेपाल न्युज दैनिकमा प्रकाशित गजल, कविता, मुत्तmक र देउडाबाट छनौट गरी एक–एक जनालार्इ सम्मान स्वरुप पुरस्कार प्रदान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा गजलमा प्रकाश अजनवी पौडेल, मुत्तmकमा कमल परियार जलन आशु, कवितामा जनक वियोगी श्रेष्ठ र देउडामा शितल बलायर रहेका छन् । कार्यत्रmममा सहभागी नभएका सम्मानीत साहित्यकारहरुले आफ्नो पुरस्कार नेपाल न्यूज दैनिकको कार्यालयबाट प्राप्त गर्न सक्नु हुनेछ । कार्यत्रmममा रिर्डस क्लबका १६ जना सदस्यहरु देवेन्द्रराज अधिकारी, विशाल पाण्डे, मण्ाि पाण्डे, इश्वरी सापकोटा, टिकाराम सापकोटा, गोविन्द भुष्ााल, हर्क विवश खनाल, दिपक भट्टरार्इ, सुदन कडेल, केशव भण्डारी, भानु पाण्डे, इन्द्रमण्ाि पाण्डे, चन्द्र पन्थ, रिपलाल प्यासी, अजर्ुन अर्याल र केशव भुष्ााललार्इ अतिथिहरुबाट टिका लगाएर पुष्पगुच्छाद्धारा सम्मान गरिएको थियो । नेपाल न्यूज दैनिकका सहसम्पादक बीरेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न सो कार्यत्रmमको सञ्चालन रिर्डस क्लबका सदस्य दिपक भट्टरार्इले गरेका थिए । कार्यत्रmममा प्रवासमा रहेर कलम चलाउदै आएका साहित्यअनुरागी यूवा तथा प्रवासी नेपालीहरुको उत्साहजनक सहभागीता रहको थियो ।

हामीलाई समाचार पठाउनुहोस
सत्य, तथ्य समाचारको लागि सधै अगाडी
नेपाली समाज दैनिक, मुर्म्बई ,
