वरिष्ठ चित्रकार मानन्धर म ृुम्बर्इमा
नेपालका बरिष्ठ चित्रकार किरण्ा मानन्धर यतिबेला मुम्बर्इमा छन् । उनि आगामी १८ जुनदेखि २४ जुनसम्म मुम्बर्इको जंहागिर आर्ट ग्यालरीमा हुने चित्रकला प्रदर्शनीमा सहभागी हुन यसै हप्ता मुम्बर्इ आर्इपुगेका हुन । ५७ बर्ष्ाको उमेरमा पनि उनि उहि जोश र जागरका साथ चित्र कोर्न तल्लिन रहेका छन् । विगत दुर्इदशक देखि अनवरत रुपमा चित्रकलामा खटेका किरण्ा मानन्धरले हालसम्म देश विदेशमा गरी १५० भन्दा बढि एकल चित्रकला प्रदर्शनीहरु गरिसकेका छन् । त्यसो त, उनले सामूहिक रुपमा गरेको प्रदर्शनीको सख्या समेत यो भन्दा कम छैन । १९७० मा बनारसबाट मास्टर अफ फार्इन आर्टस गरेका किरण्ा १९७२ मा काठमाण्डौ पुगेर आफ्नो चित्रकलालार्इ अगाडी बढाए । साढे नौ बर्ष्ाको बनारस बसार्इमा उनले भारतका विभिन्न शहरहरुमा समेत आफ्नो चित्रकला प्रदर्शनी गरे । उनले १९८१ मा काठमाण्डौमा आफ्नै प्रार्इवेट पल्पसा नामक आर्ट ग्यालरी खोले । त्यसपछि उनि १९८३ मा चित्रकारको रुपमा सेलेक्ट भएर प्रmान्स पुगे, त्यहाँ उनी केहि बर्ष्ा विभिन्न देशका चित्रकारहरुसँग बसे । उनले प्रmान्समा रहँदा त्यहाँबाटै आटिस्ट रेजिडेन्स पुरस्कार समेत प्राप्त गरे । नेपालमा समेत थुप्रै पुरस्कार तथा सम्मानहरु हात पारेका किरण्ा मानन्धर कलाकार समाजका अध्यक्ष्ा समेत रहेका थिए भने अहिले ललितकलाका संयोजकको रुपमा रहेका छन् । आफ्ना चित्रकलाको प्रदर्शनीको लागि विभिन्न देशहरुमा पुगि सकेका किरण्ाले मुम्बर्इमा यसभन्दा अघि चार पटकसम्म प्रदर्शनी गरिसकेका छन् । उनि यतिबेलाको प्रदर्शनी विशेष्ा महत्वको रहेको बताउछन । उनले नयाँ सोच र नयाँ उत्साह भएका नयाँ पुस्ताहरु पनि यो प्रदर्शनीमा सहभागी हुने भएकोले नेपालको लागि यो उदाहरण्ािय प्रदर्शनी बन्ने बताए । उनले सो प्रदर्शनी नेपालीहरुको लागि गर्वको कुरा रहेको उल्लेख गर्दै प्रदर्शनीमा सबै प्रवासी नेपालीहरुलार्इ उपस्थित हुन समेत आग्रह गरे । कला र संस्क ृतिको माध्यमबाट नेपाललार्इ विश्वमा चिनाउन कलाकारहरुको ठूलो भूमिका रहने उल्लेख गर्दै उनले नेपालमा एेकेडमी स्थापना भएमा सरकारको प्रतिनिधित्व गर्दै विभिन्न देशहरुमा प्रदर्शनीमा सरिक हुन जानसक्ने र विदेशका कलाकारहरुलार्इ समेत नेपालमा बोलाउन सकिने बताए । कलासँग सम्बन्धित नेपाल अधिराज्यभरका विभिन्न १२२ वटा संघ सगठनहरुलार्इ एक ठाउँमा गाभेर ललितकलाको स्थापना गरेको उनि बताउछन् । जनआन्दोलनको समयमा ललितकता लोकतान्त्रिक अभियानले काटर्ुन बनाएर, विभिन्न चित्रहरु कोरेर र रंग पोखाएर समेत आन्दोलनमा एेक्यवद्धता जनाएको किरण्ा बताउछन । नेपालमा एेकेडमीको जरुरी रहेको उल्लेख गर्दै उनले एेकेडमीको माध्यमबाट विभिन्न प्रदर्शनीहरु गर्न सकिने, त्यसको प्रतिनिधित्व गरेर विदेशमा जान सकिने र विदेशबाट समेत कलाकारलार्इ नेपालमा आमन्त्रण्ा गर्न सकिने बताए । उनले नेपालमा समेत राम्रा कलाकारहरु र सम्भावना रहेको तर विशेष्ा अवसर नपाएको हुनाले चित्रकारहरुपछि पनर्ुपरेको यर्थाथता बताउदै नेपालमा पनि चित्रकला सिक्ने राम्रो इस्टि्रच्युटको आवश्यकता रहेको बताए । कला, भाष्ाा–साहित्य, संगीत, नाट्य गरी छुट्टाछुट्टै ललितकला हुनुपनर्े माग आफूहरुले गरिरहेको उल्लेख गर्दै उनि कुनै परि सरकार स्थिर नरहेको हुनाले हाल सम्म पनि योजना पुरा हुन नसकेको बताउछन । मुम्बर्इमा हुने चित्रकला प्रदर्शनीमा उनिहरुद्धारा तयार पारिएका विभिन्न समसामयीक पेन्टिङहरु प्रदर्शन गरिनेछ । किरण्ा सहित सो प्रदर्शनीमा सहभागी हुन चित्रकार उमा शंकर शाह, सिमा शर्मा र मनिष्ा लाल श्रेष्ठ पनि मुम्बर्इ आर्इसकेका छन् । यतिबेला उनिहरु प्रदर्शनीको तयारीमा जुटेका छन् । –बीरेन्द्र पौडेल

हामीलाई समाचार पठाउनुहोस
सत्य, तथ्य समाचारको लागि सधै अगाडी
नेपाली समाज दैनिक, मुर्म्बई ,
