चिफ एडिटर बने तुलसी गौडेल
सपनाको शहर मुम्बर्इ । यहाँ दिनहुँ जसो सयौं युवाहरु विभिन्न सपनाहरु बोकेर आउने गर्दछन् । बलिउड नगरी मुम्बर्इमा कतिका सपना पुरा हुन्छन त कतिका सपना त्यसै चकनाचुर भएर पनि जान्छन् । तर बलिउड नगरीमा एक पछि अर्को गर्दै नेपाली यूवाहरुले सफलता हासिल गर्दै आएका उदाहरण्ाहरु पनि प्रसस्त रुपमा भेटिदै आएका छन् । ठूलो पर्दाका हिन्दी चलचित्र तथा टेलिसिरियल हरुमा थुप्रै नेपालीहरु काम गरिरहेका छन् । कोहि राम्रो क्यामरामेन बनेका छन् त कोहि डार्इरेक्टर, त्यसैगरी कोहि फार्इट मास्टर बनेका छन् त कोहि राम्रो एडिटर । यस्तै केहि गनर्े सपना बोकेर मुम्बर्इ छिरेका यूवा हुन् तुलसी गौडेल । विगत चार बर्ष्ा अघि वैदेशिक रोजगारको सिलसिलामा गल्फ कन्ट्रीमा पुगेर त्यहाँ भनेजस्तो काम नभएपछि सिधै मुम्बर्इ फर्किएका गौडेल मुम्बर्इमा शुरुका दिनमा पत्रकारिता पेशा अगाल्न पुगे । स्याङग्जा र पोखरामा रहदा त्यहाका स्थानिय पत्रपत्रिका र एफएममा समेत काम गरेका गौडेलले मुम्बर्इमा केहि समय नेपाल सन्देश साप्ताहिक र इण्डो नेपाल समाजमा काम गरे । त्यसपछि उनि अभmै अघि बढ्ने र केहि प्राविधिक ज्ञान लिने सोच बनाएर लोकनाथ पाण्डे र सन्तकुमार पाल्पालीको सहयोगमा हिन्दी सिरियलहरुमा डार्इरेक्शन सिक्न पुगे । ३–४ महिनासम्म उनले युटिभीको ‘हिरो’ भन्ने सिरियलमा चौथो एसिस्टेन्ट डार्इरेक्टरको रुपमा काम गरे । तर हिन्दी त्यति राम्रो नभएपछि उनि बालाजी टेलिफिल्मस्का पोष्ट प्रोडक्सन र्इन्चार्ज रविचन्द्र भट्टरार्इको सहयोगले बालाजी मै एडिटिङ सिक्न गए । जहाँ उनले शुरुमा ‘के स्टि्रट पाली हिल’ मा काम सिक्ने मौका पाए । दिनरातको अथक प्रयास पछि केहि महिनामै उनले टेलिसिरियलहरुको सम्पादनमा राम्रो ज्ञान हासिल गरे । त्यसपछि नेपाली एडिटर बिष्ण्ाु पाण्डेको एसिस्टेन्ट बनेर काम गर्न थाले । गौडेलले जिटिभीको जब लभ हुवा, जीटिभी कै ममता, सोनीको थोडा खुसी थोडा गम, जुम च्यानलको पपकन न्यूज, आर्इडिया लार्इफ बनजाए, कमेडी सर्कस पार्ट १, बाथरुम सिंगर, कभी कभी प्यार कभीकभी यार लगायतका दर्जनौ सिरियल तथा रियालिटी शोहरुमा सहायक तथा मुख्य एडिटर बनेर काम गरे । बालाजीको सिरियल के स्टि्रट पाली हिलबाट एडिटिङको काम शुरु गरेका तुलसी गौडेल हालै सरकारकी दुनियासम्म आर्इपुग्दा चिफ एडिटर बन्न सफल भएका छन् । उनि यतिबेला आरजीभी च्यानलको लागि बनिरहेको रियालिटी शो सरकारकी दुनियाँका चिफ एडिटर हुन् । जसको सुटिङ र प्रशारण्ा भर्इरहेको छ । कर्नाटकको एक टापुमा सुटिङ भर्इरहेको उत्तm सोमा सहभागी अन्य दश एडिटरहरुलार्इ तुलसी गौडेलले नेत ृत्व गरिरहेका छन् । नेपालमा पकवादी ३ उमाकोट स्याङग्जा घर भर्इ गोरेगाव पश्चिममा रहदै आएका २६ बष्ािय गौडेल एडिटिङ गरेर बचेको समय गीत र साहित्यमा खर्चिन्छन । उनले केहि बर्ष्ा अघि समय र मोनिका नामक कथा संग्रह समेत मुम्बर्इबाट निकाली सकेका छन् । गौडेलले आफ्नो एडिटिङ कार्यमा अभmै सफलता हासिल गरुन यहि शुभकामना । –बीरेन्द्र पौडेल

हामीलाई समाचार पठाउनुहोस
सत्य, तथ्य समाचारको लागि सधै अगाडी
नेपाली समाज दैनिक, मुर्म्बई ,
