मेरो लुकेको कुरा केहि छैन सबै कुरा दर्शकलार्इ भनेकै छु : रमित
बीरेन्द्र पौडेल
नेपाली चलचित्र क्ष्ोत्रका चर्चित नायक रमित ढुंगाना यतिबेला मुम्बर्इमा छन् । उनि नेपाली चलचित्र गुरुदक्ष्ािण्ााको छायाङकनको लागि मुम्बर्इ आएका हुन् । विगत पाँच बर्ष्ायता निक्कै चर्चामा रहेका रमितले हालसम्म पचपन्न भन्दा बढि चलचित्रहरुमा अभिनय गरिसकेका छन् । चलचित्र माया नमारबाट शुरु भएको उनको अभिनय यात्रा धड्कन, मुग्लान, देबरबाबु हुँदै गुरुदक्ष्ािण्ाासम्म आर्इपुगेको छ । सिनामंगल काठमाण्डौमा जन्मिएका रमित ढुंगाना यतिबेला चलचित्र फर्जको छायाङकनमा व्यस्त रहेका छन् भने जीवन म ृत्यु, पलपल लगायतका चौध भन्दा बढि चलचित्रहरु उनका रिलिज हुन बाँकी नै छन् । उनै व्यस्त नायक रमित ढुंगानासँग नेपाल न्यूजले गरेको छोटो कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
मुम्बर्इ किन आउनु भयो ?
म यतिबेला चलचित्र गुरुदक्ष्ािण्ााको छायाङकनको लागि मुम्बर्इ आएको हुँ ।
कस्तो गीतको छायाङकन हुँदैछ मुम्बर्इमा ?
एउटा स्याड सङको सुटिड हुदैछ ।
गुरुदक्ष्ािण्ाामा काम गर्दा कस्तो अनुभव रह्यो ?
एउटा छुट्टै र नयाँ अनुभव रह्यो । नयाँ सोचसहित प्रवासमा बस्नु भएका दाजूहरुले बनाएको चलचित्रमा उहाहरुसँग काम गर्दा अभmै केहि गरौ भन्ने सोच जागेर आयो । चलचित्रमा तपार्इले कस्तो भूमिका निभाउनु भएको छ ?
चलचित्रमा मैले राजेश हमालको चेलाको भूमिका निर्वाह गरेको छु । प्रवासी नेपालीहरुको लगानीमा बनेको चलचित्रमा पहिलो पटक अभिनय गर्दा के कस्तो फरक पाउनुभयो त ?
पक्कै पनि फरक अनुभव भयो । यसको प्राविधिक पक्ष्ा पनि निकै स्तरीय र राम्रो छ साथै चलचित्रको कथा बस्तु पनि नयाँ र प ृथक छ ।
यसभन्दा अघि पनि मुम्बर्इ आउनु भएको थियो त्यति बेला प्रवासी नेपालीहरुलार्इ भेट्दा कस्तो अनुभूति रह्यो ?
धेरै खुसी लागेको थियो । केहि बर्ष्ा अघि मुग्लानको सुटिङमा आउदा एउटा कार्यत्रmममा पनि सहभागी भएको थिए । सोहि अवसरमा सबैसँग भेट भयो । नेपाली चलचित्र क्ष्ोत्रलार्इ अभmै विकसित गर्न के गनर्ु पर्ला ? चलचित्र क्ष्ोत्र विकसित हुनलार्इ मुख्य कुरा कथा राम्रो हुनुपर्छ । त्यसपछि चलचित्रको प्रविधि पक्ष्ा राम्रो हुनुपर्छ ।
तपार्इलार्इ मन पनर्े नायिका ?
त ृप्ती नाटकर दिदी ।
प्रेम के हो ?
प्रेम मानिसलार्इ चाहिने चिज अर्थात आवश्यकता हो ।
तपार्इको ल्ाक्ष्य नि ?
संघर्ष्ा गनर्ु पर्छ प्राप्तीको लागि कर्म गनर्ु पर्छ, लक्ष्य पुरा भै हाल्छ ।
भोलि गएर आफै चलचित्र निर्माण्ा गनर्े वा डार्इरेक्सन गनर्े बिचार छ कि ? पहिलो चलचित्र माया नमार हामीले नै बनाएका हौ र हामीले अहिले पुन: अर्को चलचित्र बनाउदै छौ जसको गीतको काम भर्इरहेको छ ।
एउटा नेपाली चलचित्र खेले बापत कति पारिश्रमिक लिनु हुन्छ ?
हास्दै….नभनौ होला ।
भन्नुस् न बढिमा कति घटिमा कति ?
ल..ल..दुर्इ लाखदेखि तिन लाखसम्म ।
फुर्सदमा के गनर्ु हुन्छ ?
साथी भार्इ भेटने । नेपालका रमण्ाीय ठाउँहरु घुम्न जाने ।
तपार्इको बारेमा तपार्इका फ्यानहरुले थाह नपाएको कुरा ?
मेरो बारेमा सबै कुरा थाह छ । कुनै लुकेको कुरा छैन, मैले सबै कुरा दर्शकलार्इ भन्दै आएको छु ।
बलिउडमा खेल्ने रहर कत्तकिो छ ?
भर्खर मैले हलिउडको फिल्म जिनायलमा अभिनय गरेको छु । जसको सुटिङ अमेरिकामा भएको थियो । कलाकारको लागि विभिन्न देशका र विभिन्न भाष्ााका चलचित्रमा खेल्न पाउनु खुसीको कुरा हो । तर भित्री सन्तुष्टी र आत्मियता भने नेपाली चलचित्र खेल्दा नै हुन्छ ।
अन्तमा प्रवासी नेपालीहरुलार्इ केहि भन्न चाहनुहुन्छ कि ? सबै प्रवासी नेपालीहरुलार्इ श्री पशुपति नाथ जिले रक्ष्ाा गरुन । यहि भन्न चाहन्छुु ।

हामीलाई समाचार पठाउनुहोस
सत्य, तथ्य समाचारको लागि सधै अगाडी
नेपाली समाज दैनिक, मुर्म्बई ,
