बलिउडमा नेपाली भिलेन नवराज उफ ‘भिमा पहेलवान’
बीरेन्द्र पौडेल
भयङकर शरीर, डरलाग्दो आखाँ र भmनै डरलाग्दो हेरार्इ भएका ३२ बष्ािय नवराज विश्वकर्मा मराठी चलचित्रका चर्चित भिलेन हुन् । उनले दर्जनौ मराठी चलचित्रहरुमा मुख्य खलनायकको रोल गरिसकेका छन् भने बिसौं हिन्दी चलचित्रहरुमा समेत साहायक भिलेनको रुपमा अभिनय गरिसकेका छन् । विगत १२ बर्ष्ा देखि बलिउडमा सत्रिmय रुपमा लागेका नवराज विश्वकर्माले पहिलो पटक माधुरी दिक्ष्ाित अभिनित हिन्दी चलचित्र म ृत्युदण्डमा मोहन आगशेको साथमा (महन्त) को रुपमा खलनायकको भूमिका निर्वाह गरे । त्यस पछि उनले गंगाजलमा मोहन जोशीका साथमा, हुतुतुतुमा नानापाटेकरको साथमा (लखेतको भूमिका), चिंगारीमा मिथुन चत्रmावतीको साथमा, स्वदेशमा शाहरुख खानको साथमा (भिमा पहलवानको भूमिकामा) काम गरे । त्यसैगरी उनले मराठी चलचित्रहरु कुकु भmाले बैरी, भक्ताच्या पाटी राखा सेवागिरी महाराज लगायतमा समेत मुख्य भिलेनको रुपमा काम गरिसकेका छन् । नेपालमा तिलक पुर–६ चौरी, कैलाली घर भर्इ सानै देखि भारतको पुनामा रहदै आएका विश्वकर्माले भारतीय फिल्म एण्ड टेलिभिजन इन्टिच्युट पुनाबाट ८ बर्ष्ाको कोर्ष्ा पुरा गरेका छन् । उनि यतिबेला वास्तविक घटनामा आधारित सिनेमास्कोप मराठी चलचित्र कालुबार्इ भत्तm सत्याच्या धावची पाटील (नेपालीमा– माहाकालीको सच्चा भत्तm) चलचित्रमा मुख्य खलनायकको रुपमा अभिनय गरि रहेका छन् । नब्बे प्रतिशत छायाङकन सकिएको यस चलचित्रमा नवराज विश्वकर्माले गेण्ाजुनार्इकको भुमिका निभाएका छन् । यस चलचित्रमा चर्चित नायक मिलिद गुण्ााजी, मोहन जोशी, दिपक शिकर्े, राहुल सोलापुरकर, अश्विनी कुलकण्र्ाी लगायतले अभिनय गरेका छन् । अशोक जाधव तथा दिलिप सिंह विश्वकर्मा निर्माता रहेको यस चलचित्रको निदर्ेशन उदयसिंह विश्वकर्माले गरेका छन् । हिष्ाित अभिराजको संगीत रहेको यस चलचित्रका गीतहरुमा अनुराधा पौडवाल, महेन्द्र कपुर, शकुन्तला जाधव लगायतका गायक गायिकाहरुले स्वर दिएका छन् । मराठी फिल्म इतिहासमै सबैभन्दा बढि बजेटमा बन्न लागेको यस चलचित्रलार्इ जनवरीमा रिलिज गरिनेछ । बष्र्ाौदेखि विभिन्न चलचित्रमा अभिनय गरेता पनि यस चलचित्रबाट विशेष्ा चर्चा पाउने आशा गरेको नवराज बताउछन् । कुराकानीको त्रmममा उनि नेपाली चलचित्रमा समेत आफू अभिनय गर्न इच्छुक रहेको बताउछन ।

हामीलाई समाचार पठाउनुहोस
सत्य, तथ्य समाचारको लागि सधै अगाडी
नेपाली समाज दैनिक, मुर्म्बई ,
