नेपालभारत ब्लग साइटमा तपाईलाई स्वागत छ । यो र्साईट भारत मुम्बइमा बस्ने नेपालीहले सञ्चालन गरेको भारतबाट पहिलो ब्लग र्साईट हो । यस र्साईटलाई अझै राम्रो बनाउन के गर्नु पर्ला कृपया आफ्नो सुझावहरु कमेन्टमा लेखि पठाउनु होला ।नेपालभारत ब्लग सम परिवार

January 1, 2009

बालबाल बचे खड्‍का

Filed under: News

बीरेन्द्र पौडेल
बुधवारको रात जगत खड्‍काको लागि जिन्दगी लम्बिने एउटा रात सावित भयो । मुम्बर्इको कुलबामा भएको आतंकवादी हमलाको बीचमा परेका थिए जगत खड्‍का । घुघुरकोट अछामका ३० बष्ािय खड्‍का कुलावास्थित लियोपोल क्याफे एण्ड बारमा सेक्यूरिटीको काम गर्छन्‍ । सदा भmै बारमा काम गर्न पुगेका खड्‍काले केहि बेरमा घट्‍न सक्ने आत्मघाती घटनाको कल्पना समेत गरेका थिएनन्‍ । रातको सवा नौ बजेको थियो । बारमा आउने गेष्टहरुको भीडभाड पनि बढिरहेको थियो । अचानक क्याफेको ठूलो शिसा फुटेर भुर्इमा भयानक आवाज सहित बभmारियो । भुर्इभरी काचका टुत्रmाहरु छरिए । एकै छिन सबै अवाक भए, त्यो काँच आतंककारीको गोली प्रहारबाट फुटेको थियो । त्यसपछि बारमा ज्यान बचाउनेहरुको कोलाहाल मच्चियो । एकै छिन्‍मा त्यहाँ भएका वेटर र ग्राहकहरु गोली लागेर भुर्इमा लड्‍न थाले । अकस्मातको त्यो भयावह द ृश्यबाट जगत स्तब्ध भए । उनले मेसो पाएनन्‍ अब के गनर्े भनेर । यत्तकिैमा एउटा गोली उनको बायाँ हातमा लाग्न पुग्यो र अर्को गोली पेटको नजिकैबाट छोएर गयो । बारको बाहिर रहेको बरण्डाबाट फायरिङ गर्दै केहि हतियारधारी भित्र पसेपछि एकै छिन्‍मा जगतको अगाडी नै दर्जनौ गेष्ट र आधा दर्जनभन्दा बढि होटलका स्टाफहरुलार्इ गोली लाग्यो । घटनाका प्रत्यक्ष्ादर्शी खड्‍का भन्छन–”मलार्इ त सामान्य चोट लागेको थियो, आफ्‍नो दुखार्इलार्इ सहन सकेको थिए तर सँगै काम गनर्े साथीहरुलार्इ गोली लागेर ढलेको र रगत बगेको देख्न गाह्रो भयो । छटपटार्इ राखेका साथीहरु लार्इ समेत उठाउन र अस्पताल लैजान सकिएन । यदि बीचमा गएको भए पुन: गोलीको शिकार हुनु पथ्र्याे । खड्‍का भन्छन एकतर्फी रुपमा लगातार २० मिनट जति अन्धाधुन्द फायरिङ गरेपछि आतंककारीहरु बारको नजिकै रहेको ताज होटल भित्र पसे । सो बारमा नेपालमा स्याङग्जा, गुल्मी र पाल्पा घर भएका अन्य दश जना नेपालीहरु पनि कार्यरत थिए । तर भाग्यवश ति मध्ये दुर्इजना बुधबारको दिन छुट्‍टीमा भएकोले र आठजना किचनभित्र काम गरिरहेका हुनाले सुरक्ष्ाित रहे । विगत १५ बर्ष्ादेखि त्यस बारमा कार्यरत खड्‍का आफू घार्इते भएपछि नजिकैको एक प्रार्इभेट हस्पिटलमा गएर उपचार गरेपछि बिहिबार बिहान कोठामा पुगेर आरम गरिरहेका छन्‍ । यसैबीच, सोहि बारमा चायनिज सेफको रुपमा विगत ५ बर्ष्ादेखि कार्यरत ४० बष्ािय बिष्ण्ाु शाही आफू म ृत्युको मुखबाट निस्किएको बताउछन्‍ । स्याङग्जा सेखाम ५ घर भएका शाहीका अनुसार बाहिर अन्धाधुन्द फायरिङ हुँदा उनि किचनमा काम गरिरहेका थिए । फायरिङ शुरु भएपछि केहि बच्नको लागि किचन तीर (भित्र) भाग्दै आए, हामी सबै लुकेर भित्रै बसियो । आज अब यत्तकिै होकी भन्ने लागेको थियो, मुटुले ठाउँ छोडी सकेको थियो धन्न बाचियो घटनालार्इ सम्भिmदै नेपाल न्यूजसँग शाही भन्छन्‍ । खड्‍का शाही आफूहरु त्यस्तो आत्मघाती घटनामा बच्न सफल भएकोमा खुसी छन्‍ भने सँगै काम गनर्े साथीहरु गुमाउनु पर्दा उनि अति दु:खी भएका छन्‍ ।

Comments »

The URI to TrackBack this entry is: http://nepalbharat.blogsome.com/2009/01/01/p172/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

पाठकहरु Free Site Counter
Free Site Counter