मुम्बर्इमा नेपाली गजल सग्रह विमोचन
बीरेन्द्र पौडेल
मुम्बर्इ, २३ डिसेम्बर । यूवा गजलकार रुपक बनवासीको तेस्रो गजल क ृति ओ इरानकी मेनकाको विमोचन वरिष्ठ भारतीय साहित्यकार नन्दकिशोर नौटियालले गत आइतबार मुम्बर्इमा गरेका छन् । नेपाल भारत मैत्रीपूर्ण्ा यूवा कवि सम्मेलनमा सहभागी हुन यहाँ आर्इपुगेका गजलकार बनवासीले विमोचित क ृतिबाट केहि गजलहरु वाचन गरेका थिए । सग्रहभित्र व्यङग्य, प्रण्ायसँग सम्बन्धित ५५ वटा गजल समाहित गरिएको छ । सो अवसरमा नेपालका गजलसम्राट ज्ञानुवाकर पौडेल, भारतका चर्चित गजलकार सैयाद रियाज रहिम, कवि आलोक भट्टचार्य, कवि शितला प्रसाद निराला लगायतका साहित्यकारहरु उपस्थित थिए । बनवासीको यस अघि दुर्इ वटा गजल संग्रह अवरुद्ध गलाहरु र हल्का मद्यपान बजारमा आर्इसकेको छ ।

हामीलाई समाचार पठाउनुहोस
सत्य, तथ्य समाचारको लागि सधै अगाडी
नेपाली समाज दैनिक, मुर्म्बई ,
