सबै एक भएमा मात्रै समस्याको समाधान गर्न सकिन्छ : ओली
बीरेन्द्र पौडेल
मुम्बर्इ, २७ डिसेम्बर । नेपाली दुतावास दिल्लीका प्रथम सचिव एवं बि.पि. कोइराला भारत नेपाल फाउण्डेशन दिल्लीका सचिव धन बहादुर ओलीले प्रवासी नेपालीहरुको मुलभूत समस्या समाधानको लागि प्रवासमै कार्यरत संघ संस्था र संगठनहरु एक हुनुपनर्े बताएका छन् । गत शनिबार साँभm मुम्बर्इको दादर पश्चिममा संयुत्तm नेपाली महासंघ मुम्बर्इले आयोजना गरेको परिचयात्मक अन्तरत्रिmया कार्यत्रmममा बोल्दै ओलीले सो कुरा बताएका हुन । प्रमुख अतिथिको मन्तव्य दिने त्रmममा ओलीले आफू कुनै राहतको प्याकेज लिएर दुतावासबाट नआएको तर प्रवासी नेपालीहरुका समस्याहरु बुभm्न र आफूले बुभmेका कुराहरु सम्बन्धित निकायमा पुर्याएर समाधान गर्न मुम्बर्इ आएको बताए । उनले प्रवासमा रहेका नेपालीहरुका थुप्रै समस्याहरु रहेको तर त्यसमा पनि सबै भन्दा जटिल वैदेशिक रोजगारमा अलपत्र, चेलीबेटी बेचबिखन र एचआर्इभी एड्सको संत्रmमण्ा रहेको उल्लेख गर्दै त्यसको समाधानको लागि नेपाली दुतावास तथा नेपाल सरकारले भन्दा प्रवासमै रहेका नेपाली संघसस्थाहरुले महत्वपूर्ण्ा कार्य गर्न सक्ने बताए । उनले चेलीबेटी बेचबिखन र एड्स रोकथामको लागि नेपाली संघसस्थ्ााहरुले विभिन्न कार्यत्रmमहरुमा चेतनामूलक प्रस्तुती (गीत, नाटक र मनतव्य) प्रस्तुत गनर्े र त्यसको लागि चाहिने श्रोत र साधन बि.पि कोइराला फाउण्डेशनले सहयोग गनर्े बताए । ओलीले प्रवासी नेपालीहरु समान्य कान्छा, दरबान र तल्लो स्तरमा काम गनर्े मात्रै नभएर उच्च स्तरमा समेत रहेको उल्लेख गर्दै नेपालीहरुको छवि राम्रो राख्न सबैले सक्दो प्रयास गनर्ु पनर्े बताए । महासंघका अध्यक्ष्ा ताराप्रसाद शर्माको अध्यक्ष्ातामा सम्पन्न सो कार्यत्रmममा नेपाल देखि आएका गजलसम्राट ज्ञानुवाकर पौडेल, प्रवासी नेपाली संघ भारतका केन्दि्रय सदस्य डम्बर रावल, थानेश्वर भट्टरार्इ, गिरिराज बेलबासे, नेपाली जनअधिकार सुरक्ष्ाा समिति भारत महाराष्ट्र गोवा राज्य समिति सचिव मोहन देवकर, नेपाली जनसम्पर्क समितिका केन्दि्रय कोष्ााध्यक्ष्ा ऋष्ािराम शर्मा, खड्क सिंह बम, सालिकराम तिवारी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका क्ष्ोत्रीय सभापति इन्द्र भेटाल, केशव गाहा, नेपाली एकता समाजका हेमराज ढुंगाना, नेपाल शिवसेनाका राम शर्मा, संयुत्तm नेपाली महासंघका उपाध्यक्ष्ा प्रेमनाथ ढकाल, महामन्त्री भरत रावल, इन्द्र बहादुर कुँवर, पूर्व अध्यक्ष्ा नारायण्ा गोतामे, साथी नेपालका भूतपूर्व सुपरभार्इजर केशर शाह, पत्रकार पूर्ण्ा कुमाल लगायतका वत्तmाहरुले प्रवासमा नेपालीहरुको अवस्था र उनिहरुको समस्याबारे आ आफ्ना बिचार नेपाली दुताबासका सचिव डि.वि ओली समक्ष्ा राखेका थिए । कार्यत्रmममा रेस्क्यू फाउण्डेशनकी प्रमुख त्रिवेण्ाी आचार्य, नेपाल शिवसेनाका उपसम्पर्क प्रमुख अशोक नेपाली, नेपाली श्रमिक मजदुर युनियनका अध्यक्ष्ा मास्टर थापा, पत्रकार दिनमण्ाी आर पाण्डे लगायतका व्यत्तmिहरुको समेत उपस्थिति रहेको थियो । प्राय सबै संघ संगठनका प्रतिनिधिहरु सहभागी रहेको सो कार्यत्रmमको सञ्चालन प्रो. एस.डि. सिंहले गरेका थिए ।

हामीलाई समाचार पठाउनुहोस
सत्य, तथ्य समाचारको लागि सधै अगाडी
नेपाली समाज दैनिक, मुर्म्बई ,
