सानै उमेरमा ठूलो सफलता
सौर्यजीत बास्कोटा–यो नाम कता–कता सुनिरहेको नाम जस्तो लाग्न सक्छ । हो ¤ सौर्यजीत स्थापित संगीतकार शम्भूजीत बास्कोटाका छोरा हुन । बुवाको नामसँग मिल्दोजुल्दो नाम भएकोले पनि यो नाम कताकता सुनेजस्तो लाग्नु स्वभाविक हो । तर सौर्यजीतलार्इ चिनिनको लागि बुुवाको नाम जोड्नु पनर्े आवश्यकता नै छैन । उनको काम नै काफी छ उनको नाम चिनाउनको लागि । अहिले उनी बेलायतमा बस्ने पञ्जावीहरुले तयार गर्न लागेको पञ्जाबी एल्बमको काम सकेर मुम्बर्इ फकर्ेका छन् । तर उनको यो पञ्जाबी एल्बम भने पहिलो होर्इन । यसअघि पनि उनले अरु दुर्इ–तीन वटा पञ्जावी एल्बमहरुमा संगीत दिर्इसकेका छन् । बुवाले अंगालेको पेशा आँपूmले अंगालेकोले र बाबु छोराको काम पनि एउटै हुनाले श्रोताहरुलार्इ नामको समरुपतामा कन्Çयुजन हुन सक्छ तर कलिलै उमेरमा कुसुमेरुमाल जस्तो महंगो र महत्वाकांक्ष्ाी चलचित्रमा संगीत दिएर एकै भmट्कामा चर्चाको शिखर चुमेका छन–सौर्यजीत बास्कोटाले । बुवाको सांगीतिक धरातलभन्दा सौर्यजीतको सांगीतिक धरातल निकै फराकिलो छ । किनकी उनी बलिउड मै संगीत सिकेका बार्इस वष्ािय कलिला संगीतकार हुन् । कुसुमेरुमालको दोस्रो भागको संगीतपछि उनले आप्mनो अनुभव साप्ताहिकलार्इ यसरी सुनाए– “बार्इस वर्ष्ा अघि बरिष्ठ संगीतकार रञ्जित गजमेर ज्यू ले संगीत दिनुभएको फिल्म कुसुमे रुमालको अहिलेको दोस्रो भागमा मैले संगीत भनर्े अवसर पाएँ, यसैमा मलार्इ गर्व लागेको छ । त्यसमाथि पनि मैले संगीत गरेको गीतहरुले चर्चा पार्इरहेको हुनाले धेरै खुसी लागेको छ ।” त्यसो त पछिल्लो पुस्ताका यूवा गायक आदित्य नारायण्ा भmाले स्वर दिएका दुर्इवटा गीतहरुमा समेत सौर्यजीतले संगीत दिएका हुनाले कुसुमे रुमाल– २ को गीत संगीत अहिलेका टिन एजरहरुको लागि चासो र चर्चाको बिष्ाय बनेको छ ।

हामीलाई समाचार पठाउनुहोस
सत्य, तथ्य समाचारको लागि सधै अगाडी
नेपाली समाज दैनिक, मुर्म्बई ,
