नेपालभारत ब्लग साइटमा तपाईलाई स्वागत छ । यो र्साईट भारत मुम्बइमा बस्ने नेपालीहले सञ्चालन गरेको भारतबाट पहिलो ब्लग र्साईट हो । यस र्साईटलाई अझै राम्रो बनाउन के गर्नु पर्ला कृपया आफ्नो सुझावहरु कमेन्टमा लेखि पठाउनु होला ।नेपालभारत ब्लग सम परिवार

September 2, 2007

स्याबास प्रशान्त, तिमी इण्डियन आईडल बन हामी तिम्रो साथमा छौ

Filed under: News

बीरेन्द्र पौडेल
अगष्ट, ३१ मुर्म्बई
प्रशान्त तामाङ हज्जारौ प्रतिश्पर्धी हरुलाई उछिन्दै इण्डिया आईडलको T0p 3 मा पुगेका छन् । एकपछि अर्को सफलताको शिखर चढ्दै गरेका प्रशान्तलाई यतिबेला सबै नेपालीले भनेका छन्- स्याबास् प्रशान्त । दार्जलिङको तुङसुङमा जन्मिएर कलकत्ता पुलिस फोर्समा कार्यरत प्रशान्तलाई इण्डिया आईडल बनाउनको लागि दार्जलिङ, सिक्किम, तुङसुङ, कालेबुङ, गान्टोक लगायतका अन्य क्षेत्रहरुमा विभिन्न कार्यक्रम, खेलकुद प्रतियोगिता, प्रचारर्‍याली तथा सामुहिक भोटिङ जस्ता कार्यहरु भैरहेका छन् । दार्जलिङका सडक-चोक र घरहरुमा भोट फर प्रशँन्त लेखिएका ब्यानरहरु टागिएका छन् । प्रशान्तको सर्पोटको लागि केहि हप्ता अघि मुर्म्बई आएका हिमालयन दपर्ण्रा पत्रकार ज्ञानेन्द्र अर्याल यतिबेला सिमलामा छन् । उनि मुर्म्बईबाट कलकत्ता हुदै, देहरा दुन, धर्मशाला र उत्तराञ्चलका विभिन्न क्षेत्रहरुमा प्रशान्तको सर्पोटको लागि हस्ताक्षर अभियानमा जुटेका छन् । अर्यालले दिएको जानकारी अनुसार चारै तीर प्रशान्तको राम्रो र्समर्थन जुटेको छ । मुर्म्बईमा रहेका नेपालीहरुले समेत प्रशान्तलाई लाखौं एसएमएस गरिरहेका छन् । सबै नेपालीहरुको एउटै आवाज छ- तिमी इण्डिया आईडल बन हामी तिम्रो साथमा छौ ।” नियमित इण्डिया आईडल हेरी प्रशान्तलाई सयौं एस एमएस गर्ने नेपालमा स्याङग्जा घर्रभई हाल अन्धेरी बस्ने दिपक थापा भन्छन्- प्रशान्त हामी सबै नेपालीहरुका गौरव हुन् उनलाई हामीले जसरी भएपनि इण्डिया आईडल बनाउनु पर्छ । यसैगरी नेपालमा चितवन घर्रभई वर्साईमा रहदै आएका मिलन गिरी पहिलो नेपालीभाषी प्रशान्तलाई इण्डिया आईडल बनाउन अब अझै सबैले धेरै एसएमएस गर्नुपर्ने बताउछन् । उनि मुर्म्बईका संघ-संस्था र पत्रपत्रिकाहरुले समेत उनको सर्पोटमा दार्जलिङ लगायतका क्षेत्र हरुमा जस्तै विभिन्न कार्यक्रमहरु गर्नुपर्ने बताउछन् । यसैगरी दुलेगौडा, तनहु घर्रभई पिम्प्री पुनामा बस्ने दिनेश खत्री भन्छन- प्रशान्त एउटा साधारण परिवारमा जन्मिएर कुनै गीत -संगीतको ट्रेनिङ नलिईकन यति माथि पुग्न सक्छन् भने यदि हामीले उनलाई इण्डिया आईडल बनायौ भने र अवसर पाए भने उनी आगामी दिनमा अझै प्रख्यात गायक बन्न सक्छन् । प्रत्येक शुक्रबार र शनिबार रात ९ बजेदेखि सोनी इन्टरटेन्टमेन्ट टेलि भिजनबाट प्रशारित हुने इण्डिया आईडलबाट प्रत्येक हप्ता एक जना गायकलाई बाहिर गरिन्छ । अब चार जना प्रतिस्पर्धीहरु - प्रशान्त, अमित इमोन र अंकिता) रहेकाछन् । प्रशान्त लाई इण्डियन आईडल बनाउनको लागि सबैको र्समर्थन र धेरै भन्दा धेरै एसएमएसको आवश्यकता परेको छ । नेपालीको गौरव नेपालीभाषी गायक प्रशान्तलाई इण्डिया आईडल बनाउन नेपालका विभिन्न जिल्लाहरु र दार्जलिङ गलायतका क्षेत्रहरुमा जस्तै अन्य क्षेत्रहरुमा पनि कार्यक्रमहरुको आयोजना गरौ र प्रशान्तलाई धेरै भन्दा धेरै एसएमएस गरौं । नेपाल र नेपालीको नाम उच्च राखौ यहि सबैको कतर्व्य हो ।

Comments »

The URI to TrackBack this entry is: http://nepalbharat.blogsome.com/2007/09/02/p154/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

पाठकहरु Free Site Counter
Free Site Counter