विद्यार्थीलाई पुरस्कार तथा निःशुल्क नोटबुक वितरण
मुर्म्बई ६ जुलाई । विगत बर्षरुमा जस्तै यसबर्षपनि संयुक्त नेपाली महासंघ मुर्म्बईले प्रवासमा अध्ययनरत नेपाली विद्यार्थी हरुको हौसला अभिवृद्धि गर्ने उदेश्यले पुरस्कार तथा निशुल्क नोटबुक वितरण गरेको छ । मुर्म्बईको चर्निरोड स्थित मुर्म्बई मराठा साहित्य संघमा आयोजित महासंघको २५ औं बाषिर्क साधारण सभा तथा निशुल्क नोटबुक वितरण समारोहमा नर्सरी देखि विश्व विद्यालय स्तरका सयौं विद्यार्थीहरुलाई निशुल्क नोटबुक वितरण गरियो ।
सोहि अवसरमा हालै अत्याधिक अंक ल्याएर एसएससी, एचएससी र टि.वाईमा उर्तिण भएका विद्यार्थीहरुलाई समेत नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा एसएससीमा सबैभन्दा धेरै प्रतिशत ल्याउने चन्द्रकला शर्मा -८४५), चन्द्रकान्त शर्मा -८३५) र माधव पन्थी -८१५) लाई पुरस्कृत गरिएको थियो । यसैगरी एचएससीमा -७६५)ल्याउने आरती पाण्डे र टि.वाईमा -७३५) ल्याउने डोमकला बराललाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृत विद्यार्थीहरुलाई कार्यक्रमका अतिथि तथा महासंघका सल्लाहकारद्धय राम विष्णु शर्मा र झपट एल सिंहले पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रमका अतिथि झपट एल सिंह, राम विष्णु शर्मा , महासंघका अध्यक्ष जगत बहादुर सिंह,पत्रकार वीरेन्द्र पौडेल, शिक्षक सुरेन्द्र केसी लगाएतका वक्ताहरुले पुरस्कृत विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्दै उनिहरुको उज्वल भविष्यको कामना सहित महासंघ सहृाना गरेका थिए । महासंघलाई निशुल्क नोट बुक वितरण गर्नको लागि -स्व.बुबा गगन सिंह बोहोरा को नाममा) कमलेश बोहोरा, झपट एल सिंह, राम शर्मा, शान्ता शर्मा ,प्रेम बईक, गौतम सिंह, सालिकराम तिवारी लगाएतका व्यक्तिहरुले विशेष सहयोग पुर्याउनु भएको थियो । महासंघका शिक्षा तथा खेलकुद उपाध्यक्ष प्रेमनाथ ढकालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन महामन्त्री तारा शर्माले गर्नुभएको थियो । -वीरेन्द्र पौडेल

हामीलाई समाचार पठाउनुहोस
सत्य, तथ्य समाचारको लागि सधै अगाडी
नेपाली समाज दैनिक, मुर्म्बई ,
