प्रशान्त तामाङ इण्डियन आइडलमा
दार्जिलिङका नेपाली प्रशान्त तामाङ यतिबेला इण्डियन आइडलको होडमा सहभागी छन्। यतिबेला दार्जिलिङबासी नेपाली गायक तामाङलाई इण्डियन आइडलमा विजयी बनाउंन
मोर्चा नै कसेका छन्। भारतीय पुलिस फोर्स पनि आफ्ना जवान तामाङलाई जिताउंन कम्मर कसेका छन्। तामाङका बुबा भारतीय पुलिसमा कार्यरत रहंदा मृत्यु भएपछि आफ्ना स्वर्गिय बुबाको ठाउंमा उनी भारतीय पुलिसमा प्रवेश गरेका हुन्। उनी कलकत्ता पुलिस फोर्समा सिपोईका 
रुपमा कार्यरत छन्। गायनको कुनै औपचारिक प्रशिक्षण नलिएका तामाङ इन्डियन आइडल प्रतियोगीताको छनोटपछि उनी रातोरात चर्चामा आएका छन्। दार्जिलिङबासी नेपालीहरुले उनलाई जिताउंन हरेक क्षेत्रबाट प्रचार प्रसार गरी भोट हाल्न आग्रह गरेका
छन् भने कलकत्ताका पुलिस फोर्सले पनि उनलाई जिताउंने भरपूर कोशिस गरेका छन्। २४ वर्षिय प्रशान्तले ठूलो गायक बन्ने सपना बुनेका छन्। तर तपाईहरूको आशिर्वाद बिना सम्भव नरहेको प्रशान्त बताउंछन्।

हामीलाई समाचार पठाउनुहोस
सत्य, तथ्य समाचारको लागि सधै अगाडी
नेपाली समाज दैनिक, मुर्म्बई ,
