अन्तर्रर्ााट्रय क्रिकेट प्रतियोगितामा नेपाली टिम विजय
बीरेन्द्र पौडेल
मुर्म्बई, ९ नोभेम्बर । मुर्म्बईमा भएको अन्तराष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता स्पेशल ओलम्पिक्स् २००६ मा नेपाली टिम विजयी भएको छ । सुस्त मनस्थिति -बौद्धिक अपांग) भएका खेलाडीहरुलाई प्रतिस्पर्धामा उतारिएको सो प्रतियोगिताको बुधबार र बिहिबार भएको खेलमा अफगानिस्तानलाई नेपालले पराजित गरि गोल्ड मेडल जित्न पुगेको हो । गत बुधबार देखि भएको सो प्रतियोगितामा नेपाल लगायत भारत, पाकिस्तान, अफगानिस्तान, वेस्ट इण्डिज, बंगलादेश, श्रीलंका र अष्टे्रलियाका जम्मा बाह्र वटा टिमहरु सहभागी रहेका थिए ।
खेलमा नेपालले वेस्ट खेलाडी, वेस्ट व्याटमेन को सिल्ड समेत हात पार्न सफल भएको थियो । मुर्म्बईको चर्चगेट स्थित क्रस ग्राउण्डमा भएको सो खेलमा पहिलो पटक नेपाली टिम सहभागी भएको हो । ओलम्पिक्स्मा विजयी टिम तथा खेलाडीहरुलाई अस्ति शनिबार एसएनडिटी कलेज चर्चगेटमा आयोजना गरिएको कार्यक्रममा मेडल तथा प्रमाण प्रत्र प्रदान गरिएको थियो । त्यसैगरी सोहि कलेजमा साझ सास्कृतिक कार्यक्रम को समेत आयोजना गरियो । सास्कृतिक कार्यक्रममा सबै देशका सहभागी खेलाडी तथा अन्य कलाकारहरुले आ आफ्नो देशको गीत तथा नृत्य प्रस्तुत गरेका थिए । नेपालबाट आएको टिमको हेडअफ डेलिकेशनमा खड्क केसी, र्सर्वेश्वरी पण्डित, रमेश कुमार श्रेष्ठ र कोचहरुमा रिकेश लामा र पर्ूण्ाकान्त कोइराला रहनुभएको छ । त्यसैगरी सहभागी खेलाडीहरुमा राम श्रेष्ठ, अजय शाक्य, राजन महर्जन, विकेन महर्जन, देविलाल श्रेष्ठ, केशव टिवडेवाला, सागर वर्जाचार्य, प्रेम गुरुङ्ग ,हरि कुमार खत्री, शिव शरण श्रेष्ठ, नन्दराम महर्जन, निरज कायस्थ र प्रभाकर प्रधान रहेका छन् । खेलाडीहरु सहितको टिम आजै मुर्म्बईबाट नेपाल र्फकने छन् ।

हामीलाई समाचार पठाउनुहोस
सत्य, तथ्य समाचारको लागि सधै अगाडी
नेपाली समाज दैनिक, मुर्म्बई ,
