नेपालभारत ब्लग साइटमा तपाईलाई स्वागत छ । यो र्साईट भारत मुम्बइमा बस्ने नेपालीहले सञ्चालन गरेको भारतबाट पहिलो ब्लग र्साईट हो । यस र्साईटलाई अझै राम्रो बनाउन के गर्नु पर्ला कृपया आफ्नो सुझावहरु कमेन्टमा लेखि पठाउनु होला ।नेपालभारत ब्लग सम परिवार

November 12, 2006

अन्तर्रर्ााट्रय क्रिकेट प्रतियोगितामा नेपाली टिम विजय

Filed under: News

बीरेन्द्र पौडेल
मुर्म्बई, ९ नोभेम्बर । मुर्म्बईमा भएको अन्तराष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता स्पेशल ओलम्पिक्स् २००६ मा नेपाली टिम विजयी भएको छ । सुस्त मनस्थिति -बौद्धिक अपांग) भएका खेलाडीहरुलाई प्रतिस्पर्धामा उतारिएको सो प्रतियोगिताको बुधबार र बिहिबार भएको खेलमा अफगानिस्तानलाई नेपालले पराजित गरि गोल्ड मेडल जित्न पुगेको हो । गत बुधबार देखि भएको सो प्रतियोगितामा नेपाल लगायत भारत, पाकिस्तान, अफगानिस्तान, वेस्ट इण्डिज, बंगलादेश, श्रीलंका र अष्टे्रलियाका जम्मा बाह्र वटा टिमहरु सहभागी रहेका थिए । खेलमा नेपालले वेस्ट खेलाडी, वेस्ट व्याटमेन को सिल्ड समेत हात पार्न सफल भएको थियो । मुर्म्बईको चर्चगेट स्थित क्रस ग्राउण्डमा भएको सो खेलमा पहिलो पटक नेपाली टिम सहभागी भएको हो । ओलम्पिक्स्मा विजयी टिम तथा खेलाडीहरुलाई अस्ति शनिबार एसएनडिटी कलेज चर्चगेटमा आयोजना गरिएको कार्यक्रममा मेडल तथा प्रमाण प्रत्र प्रदान गरिएको थियो । त्यसैगरी सोहि कलेजमा साझ सास्कृतिक कार्यक्रम को समेत आयोजना गरियो । सास्कृतिक कार्यक्रममा सबै देशका सहभागी खेलाडी तथा अन्य कलाकारहरुले आ आफ्नो देशको गीत तथा नृत्य प्रस्तुत गरेका थिए । नेपालबाट आएको टिमको हेडअफ डेलिकेशनमा खड्क केसी, र्सर्वेश्वरी पण्डित, रमेश कुमार श्रेष्ठ र कोचहरुमा रिकेश लामा र पर्ूण्ाकान्त कोइराला रहनुभएको छ । त्यसैगरी सहभागी खेलाडीहरुमा राम श्रेष्ठ, अजय शाक्य, राजन महर्जन, विकेन महर्जन, देविलाल श्रेष्ठ, केशव टिवडेवाला, सागर वर्जाचार्य, प्रेम गुरुङ्ग ,हरि कुमार खत्री, शिव शरण श्रेष्ठ, नन्दराम महर्जन, निरज कायस्थ र प्रभाकर प्रधान रहेका छन् । खेलाडीहरु सहितको टिम आजै मुर्म्बईबाट नेपाल र्फकने छन् ।

ऐतिहासिक सहमतिको र्समर्थन गर्दै मुर्म्बईमा विजय उत्सव

Filed under: News

बीरेन्द्र पौडेल
मुर्म्बई, १२ नोभेम्बर । हालै नेपालमा सात राजनीतक दल र नेकपा माओवादीबीच भएको सफल शिखर वार्ता र ऐतिहासिक सहमतिको दृढ र्समर्थन र स्वागत गर्दै मुर्म्बईमा हिजो आइतबार बृहत विजय उत्सव कार्यक्रमको आयोजना गरियो । नेकपा माओवादी निकट नेपाली जनअधिकार सुरक्षा समिति भारत महाराष्ट्र गोवा राज्य समितिले आयोजना गरेको सो कार्यक्रममा मुर्म्बई लगाएत पुना, नाशिक,कल्याण डोमिवली, थाना सतरा लगाएतका क्षेत्रमा रहेका जिल्ला, इकाई र एरिया कमिटिका सदस्य तथा सयौ प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेपाली जनअधिकार सुरक्षा समिति भारतका केन्द्रीय उपाध्याक्ष इश्वरी भण्डारीले ऐतिहासिक सहमतिलाई तुलनात्मक रुपमा अगाडी बढेको उल्लेख गर्दै जनताको योगदान र सर्घष्ाबाट भएको यो विजय भन्दा पनि अझै माथि जानु पर्ने बताउनु भयो । यो सहमतिलाई पनि विथोल्न थुप्रै शक्ति हरु लाग्न सक्ने भएकोले अतिनै सचेत हुनु पर्ने जनाउदै उहाले यदि यहि उपलब्धीलाई सबै ठानेर बस्यौ भने अझै अर्को ठूलो भूल हुने बताउनु भयो । नेपालको यो सफलताले नेपालमा मात्रै नभएर विश्व क्रान्तिमा समेत थप उपलब्धी हासिल गरेको उल्लेख गर्दै उर्हाले लोकतान्त्रिक गणतन्त्रको स्थापना र राजतन्त्रको अन्तगर्नको लागि नै हामीले यो सहमति गरेका हौ भन्नु भयो । कार्यक्रममा अर्का अतिथि नेपाली जन सर्म्पर्क समितिका केन्द्रीय सदस्य एस.डि.सिंहले हालै भएको सहमतिको स्व्ाागत गर्दै अहिलेको २१ शताब्दी नेपाली जनताको हो भन्नुभयो । उहाले प्रवासमा नेपालीहरुले आफ्नो अस्तित्व टिकाउन र जीवनस्तर उकास्न शिक्षा जरुरी भएको र देशको बारेमा चिन्तन हुनु पर्ने बताउनुभयो । यसैगरी समाजसेवी तथा नेपाली श्रमिक मजदुर युनियनका अध्यक्ष मास्टर थापाले नेपालमा सहमति भएर शान्ति आएकोमा आफू खुसी रहेको उल्लेख गर्दै प्रवासमा कार्यरत नेपालीहरुले आफ्नो हक र अधिकारको बारेमा लड्न सिक्नु पर्छ भन्नुभयो । उहाले युनियनमा शक्ति हुने भएकोले संगठित हुनु पर्ने र सबै नेपालीमा नेपाल प्रति चिन्तन हुनु पर्ने बताउनु भयो । यसैगरी कार्यक्रममा आयोजक समितिकी भूपु केन्द्रीय सदस्य रत्ना मलातीले नेपालको रोल्पाबाट ०५२ सालमा सल्किएको आगो आज विश्वभर दन्किएको उल्लेख गर्दै सबैको एकतामा एउटा शक्ति हुन्छ जस्ले शत्रुहरुलाई पराजित गर्न शक्छ भन्नु भयो । त्यसैगरी आयोजक समितिका सचिव राजेश मयालले देशमा परिवर्तन भएको बेला अब सबै नेपालीहरु स्वदेश फिर्ता हुनर्ुपर्छ र देशमा नै केहि गर्नु पर्छ भन्नु हुदै यस्तो विजय उत्सवमा प्रवासी नेपालीले सहभागीता नजनाएको जनाउनु भयो । कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति तथा आयोजक समितिका अध्यक्ष ललित ताम्राकारले शाहिदको रगत र जनताको सहयोगले यो विन्दुसम्म आउन सफल भएको उल्लेख गर्दै अझै नेपालमा गणतन्त्र आउन बाकी रहेकोले गणतन्त्र स्थापनाको लागि अगाडी बढ्नु पर्ने बताउनु भयो । कार्यक्रममा स्वागत मन्तव्य समितिका सदस्य मोहन देवकर, देउडा गीत जमुना परियारले तथा कलाकारहरुले जनवादी गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी हुन विभिन्न कमिटिका सदस्यहरु तुल,ब्यानरका साथमा नाच्दै गाउदै मुर्म्बईका विभिन्न ठाउबाट आएका थिए । कार्यक्रम बोरिवली पर्ूव मा भएको थियो ।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

पाठकहरु Free Site Counter
Free Site Counter