लाखौ रुपैया लिएर दलाल फरार
रोजगारीको लागि विदेश जान भनि पैसा बुझाएपछि दलाल फरार भएकोले झापाका पा“च यूवाहरु अन्तत ठागिएका छन् । ति पा“च युवाहरुले झापाकै घैला डुब्बा गाविस वर्डर्ाां. ८ मा स्थायी बसोबास गरी बस्ने वर्ष४२ का युवराज उप्रेती उपनाम राजु उप्रेतीलाई विदेश पर्ठाईदिने भनि मुर्म्बईमा जम्मा ४ लाख सत्तरी हजार रुपैया बुझाएका थिए । उप्रतीले विदेश पर्ठाईदिन्छु भनि पृथ्वीनगर- ७ झापाका एकराम खनालबाट १,४०००० ।- रुपैया पृथ्वी नगर ७ झापाकै टिका प्रसाद नेपालीबाट ४००००।- रुपैया, बुटबलका बिद्या सागर भटर्राई बाट १५००००।-रुपैया, धादि्रङ कुमपुर २ का कमल बहादुर बाट ३२०००।- रुपैया र झापा गरामनी ४ का भक्ति प्रसाद उप्रेृती बाट ४५०००।- रुपैया लिएका थिए । यि ५ जना युवा मध्ये एकाराज खनालको पासपोर्स्ट दिएको र बाकी ४ जनाको पासपोर्स्ट पनि दालाल उप्रेतीले नै लगेको पिडितहरुले जनाएका छन् । उनिहरुलाई युवा राज उप्रेतीको भाई पर्ने ओमनाथ उप्रेतीले उनको घरलगी गाउमा परिचय गर्राई मान्छे बिदेश पठाउछ भनी विश्वस दिलाएको पिडितले नेपाली समाजलाई बताएका छन् । उनै ओमनाथ भरपरी एकराज खनाल र टिका प्रसाद नेपाल २०६२ - ११-२४ गते बर्म्बई आई पुगेको थिए भने त्यसको १५ दिन पछी पैसा मगाउन लगाएरु १,७००००।- रुपैया जीत बहादुर थापा -प्रभू मनि ट्रान्सफर) मार्फ लिई लगेको जनाईएकोे छ । बिदेश पठाउने बहानामा भिसा दिई प्लेन टिकट समेत देखाई भर पारेर पैसा लिई दलाल उप्रेतीले जुन २९ देखि सर्म्पर्कमा नरहेको पिडितले जनाएका छन् । पिडितहरु १०,१५ दिनसम्म मोबाइल सर्म्पर्क भइरहेको तर हाल सर्म्पर्क नरहेकोे बताउछन । नेपाली समाज दैनिकले उनका भाई ओमनाथ उप्रेतीलाई फोन मार्फ सोधपुछ गर्दा उनि आफै युवराज उप्रेती बाट ठगिएको र उनि आफ्नो सहोदर दाजु नभएको बताएका छन् । भने आफुसमेत उनिहरुलाई पार्सपोट र पैसा दिनु पर्छ भन्ने पक्षमा रहेको बताउछन् । नेपाली समाज दैनिकले पिडितहरुले कार्यालयमा पेशगरेको पार्सपोर्ट र अन्यविवरणको आधारमा युवराज उप्रेतीको मोबाईलमा सर्म्पर्क गरे पनि नलागेकोले उनलाई नजिक बाट चिन्ने र जान्ने अन्य केहि व्यक्तिहरु संग समेत र्सर्म्पक गरेको थियो तर उनको कुनै सर्म्पर्क नरहेको उनिहरुले बताए । हामीलाई प्राप्त सुतना अनुसार उप्रेती अहिले दिल्लीमा रहेका छन् भने पिडितहरु उनको खोजीमा जुटेका छन् ।

हामीलाई समाचार पठाउनुहोस
सत्य, तथ्य समाचारको लागि सधै अगाडी
नेपाली समाज दैनिक, मुर्म्बई ,
