हत्या गरी लाखौ रुपैया चोरी गर्ने बहादुर सिंह कडायत पक्राउ
एक जमाना यस्तो थियो जति बेला नेपाली भनेपछि बहादुर र इमान्दार भन्ने बुझिन्थ्यो र जो कोहिले पनि नेपालीलाई अति नै विश्वासको दृष्टिकोणले हर्ेर्ने गर्थे । सोहि अनुरुप देश विदेशमा उनिहरु विभिन्न रोजगार गरिरहेका छन् । नेपालीहरुको विश्वासले गर्दा नै अझै पनि भारतमा गोर्खा रेजिमेन्ट रहिआएको छ । तर, केहि बर्षयता आएर केहि नेपालीहरुको गलत क्रियाकलाप र संक्रिण सोचले गर्दा नेपालीहरुको विश्वसिनीयता प्रति हृास आएको छ । मुर्म्बईकै कुरा गर्ने हो भने पनि यहा नेपालीहरु प्रति जुन इज्जत र विश्वास पहिला थियो त्यति अहिले छैन । विगतका दर्ुइ तीन बर्षाई हर्ेर्नेहो भने विभिन्न चोरी,हत्या र अन्य नराम्रा कार्यहरुमा नेपालीहरुको हात बढि रहेको पाइएको मुर्म्बई पोलिस सुत्रले समेत जनाएको छ । यसैबीच अहिले सम्मकै ठूलो घटना गत जुलाई २६ तारिखमा चारकोप कादिंवलीमा घटेको छ । जुन घटनामा समेत नेपालीको हात रहेको छ । अछाम जिल्ला शोडषा गा.वि.स. वडा न.४ घर भएका जित बहादुर कडायतका जेठा छोरा बर्ष२० का बहादुर सिंह कडायतले गरेको सो घटनाले सारा नेपालीको विश्वासलाई धक्का पुर्याएको छ ।
कादिवली चारकोपको त्रिशुल बिल्डीङ्गमा दिपक पाटिलकोे घरमा बिगत साढे तिन साल देखि एकदमै बिश्वासिलो भई घरमा छोरा जस्तै भएर काम गदै आएका बहादुर सिंह कडायतले सोहि घरको नगद रु बीसलाख रुपैया भन्दा बढि आईसी रुपैया,गरगहना र कपडा चोरी गरेका छन् । त्यति मात्र होइन सोहि घरमा काम गर्ने एक ३२ बषर्ीय बाई -काम गर्ने महिला)को हत्या गरी सो रकम चोरेको प्रहरी स्रोतले जनाएको छ । बहादुरलाई सोहि दिन प्रहरीले चारकोप बाटै पक्राउ गरेको छ भने चोरी गरेको नगद र गरगहना समेत प्रहरीले फेला पारेको छ । बहादुर सिंह कडायतले सो चोरीको ब्याग उनकै गाउँको भाई भिम बहादुर कडायतको चिनजानले गर्दा कुनै कुरा नबताई म भोलि आउछु यो ब्याग राख्छु भनि हज्जारौ नेपाली हरुको विश्वास र धड्कन रहेको नेपाली समाज दैनिकको अफिसमा ल्याएर छोडेका थिए । जब हामीलाई त्यो ब्याग चोरीको हो भन्ने शंका भयो तुरुन्तै मुर्म्बई पोलिसलाई फोन गरेर ब्यागलाई जस्ताको तस्तै बुझाईयो । सो ब्यागलाई पोलिस स्टेशनमा खोल्दा मात्र थाह भयो कि ब्यागमा -सुटकेश) मा नगद बीसलाख भन्दा बढि रकम र गरगहना रहेको थियो । हत्या र चोरीको घटना भएकोले नेपाली समाज दैनिकको सबै टिमले त्यस दिन पुलिस स्टेशनमा जानु पर्यो । सोहि कारणले गर्दा जुलाई २८ तारिखका दिन नेपाली समाज दैनिक समेत प्रकाशित गर्न सकिएन् । केहि बेरको पुछताछ पछि हाम्रो टिम पुनः कार्यालय फर्कियो । सो ब्याग पुलिसलाई बुझाएर नेपाली समाज दैनिकले आफ्नो विश्वास, इमान्दारिता र कतर्व्य पुरा गरेर नेपालीहरु इमान्दारी छन भन्ने उदाहरण पेश गरेको छ । अहिले अभियुक्त बहादुर सिंह कडायतले आफ्नो सबै अपराध लाई पुलिस समक्ष कबुल गरिसकेका छन र उनलाई अपराध अनुसारको कारबाही हुने छ । यो मात्रै घटना हैन यस भन्दा अगाडी विभिन्न ठाउमा पनि थुप्रै घटनाहरु घटेका छन् जस्ले नेपालीहरुको विश्वसिनीयता माथि प्रश्न चिन्न खडा गरको छ । त्यसैले यस्ता गलत क्रिया कलापहरुबाट बच्च सबैमा चेतना फैलाउनुका साथै सचेत हुन जरुरी देखिएको छ । अतः प्रवासमा कार्यरत सबै प्रवासी नेपालीहरुले आफ्नो इमान्दारीतालाई बचाई राख्न मेहनत र इमान्दारीले काम गरौ नेपाली अस्मिता र स्वाभिमानलाई जोगाई राखौ हाम्रो यहि आग्रह छ ।
कार्यक्रममा स्वागत मन्तव्य समितिका उपाध्यक्ष मिन बहादुर खत्रीले दिनुभएको थियो भने कार्यक्रको अध्यक्षता अध्यक्ष जगत बहादुर सिंहले र कार्यक्रमको सञ्चालन महामन्त्री तारा शर्माले गर्नु भएको थियो । कार्यक्रममा उपस्थित विभिन्न अतिथि तथा महासंघका सक्रृय पदाधिकारी तथा पर्ूव पधादिकारीहरुलाई महासंघको स्मृती चिन्ह तथा श्रीफल प्रदान गरिएको थियो । प्रतियोगितामा शिवडी समूह प्रथम भएको छ । जसमा ज्योति खिम पून,उमा हिरा कुवर सुन्तली तोप बहादुर कुवर,पुष्पा नरेश बिष्ट,पूर्णर्ीमा एम. बिष्ट र तुल कुमारी सिंह पुनलगाएतका दिदीबहिनीहरु रहनुभएको थियो भने दोस्रो भएको छ सीता पौडेलको समूह । सो समुहमा श्रीमति सीता पौडेल,रीता अर्याल,राधा रेग्मी,विष्णु रेग्मी,चन्द्रकला तिवारी,सीता रेग्मी र निमिशा काफ्ले रहनुभएको छ । त्यसैगरी प्रतियोगितामा तेस्रो भएको छ कुलवा समूह । कुलवा समूहमा सीता भट्टर्राई,राधा पौडेल,सीता भण्डारी,देवि पाण्डे,सीता सुवेदी र काजल थापा रहनु भएको छ । यसैगरी प्रतियोगितामा कान्दिवली नेपाली चाल समूह र संगम सास्कृतिक समूह सान्तोवना भएका छन । कांदिवली नेपाली चाल समूहमा रक्षा भट्टर्राई, सुनिता भट्टर्राई,सरस्वती भट्टर्राई, कालिका पौडेल,सरस्वती ओझा,राधिका न्यौपाने,र जमुना शर्मा रहनु भएको थियो भने संगम सांस्कृतिक समुहमा दिपक परियार, मोहन वि.क.,मिलन वि.क.,विनोद परियार, विजया ज्ञवालीर्,अर्चना ज्ञवाली र पूजा भण्डारी रहनु भएको थियो ।प्रतियोगितामा उत्कृष्ट नृत्यमा देवि पाण्डे, उत्कृष्ट पोशाकमा सीता रेग्मी र उत्कृष्ट प्रस्तुतीमा ज्योती खिम पुन विजयी हुनुभएको थियो । सो प्रतियोगिताको निर्ण्ाायकहरुमा प्रो.एस.डी.सिंह, पत्रकार दिनमणी आर.पाण्डे र समाजसेवी अम्बिका तिवारी रहनुभएको थियो भने नृत्यहरुको संयोजकमा नृत्य निर्देशक प्रतियोगिताको बीचबीचमा बिभिन्न नृत्य तथा गीतहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमका अतिथि तथा चर्चित देउडा गायक राजाराम भाटको सुनसबै दिदी भाई सुन दिदी बहिनी बोलको देउडागीतले सबैको मन जित्न सफल भएको थियो भने कार्यक्रममा प्रस्तुत गरिएको गडवाली र नेपाली मिक्स नृत्यमा दिनेश चन्द्र र अंशिखा अरोरा, दिपिका श्रेष्ठको आज बाह्र हाते पटुकीको कुरा गर मायालुका साथै गोपिकृष्ण खनाल र अशिंखा अरोराको गाईलाई चराउदै बोलको गीतमा गरिएको नृत्यले कार्यक्रमलाई थप रोचकता प्रदान गरेको थियो । कार्यक्रममा गायक कृष्ण प्रधान,चन्दन बोहोरा र मिलन बिकले गीत प्रस्तुत गरेका थिए भने हास्यकलाकार बलबहादुर थापाले केहिबेर दर्शकहरुलाई हसाउनु भएको थियो । कार्यक्रम मा र्सवाधिक दर्शकहरुको सहभागीता भएपछि हलमा हलको क्षमता भन्दा झण्डै दर्ुइसय भन्दा बढि दर्शकहरुको उपस्थिति रहेको थियो । महासंघका अध्यक्ष जगतबहादुर सिंहद्धारा गणेश भगवानको फोटोमा माल्यापर्ण्र्ााथा दीपप्रज्वलीत तथा महासंघको प्राथर्नाबाट कार्यक्रमको शुभारम्भ गरिएको सो कार्यक्रममा गणेश स्थापनाको विशेष अवसर परेको हुनाले कलाकार गोपिकृष्ण खनालले गायन्त्री मन्त्र तथा गणेशस्तुती प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको भिडियो सुटिङ ए.एस भिजनले गरको थियो भने त्यसको ब्यवस्था महासंघका सल्लाहकार राम शर्माले गर्नुभएको थियो । प्रतियोगितामा विजयी समूहहरुलाई महासंघका अध्यक्ष जगत बहादुर सिंहको हातबाट पुरस्कार प्रदान गरिएको सो कार्यक्रमको सञ्चालन बीरेन्द्र पौडेलले गर्नुभएको थियो भने नृत्य व्यवस्थापन सहयोगीमा तर्फखत्री, प्रकाश आउजी, कृष्ण खत्री एंव बाद्ययवादन तर्फबलबहादुर थापा, मोहन विक, सम्भु सुनार र साथीहरु रहनु भएको थियो । -बीरेन्द्र पौडेल,मुर्म्बई
हामीलाई समाचार पठाउनुहोस
सत्य, तथ्य समाचारको लागि सधै अगाडी
नेपाली समाज दैनिक, मुर्म्बई ,
