नेपालभारत ब्लग साइटमा तपाईलाई स्वागत छ । यो र्साईट भारत मुम्बइमा बस्ने नेपालीहले सञ्चालन गरेको भारतबाट पहिलो ब्लग र्साईट हो । यस र्साईटलाई अझै राम्रो बनाउन के गर्नु पर्ला कृपया आफ्नो सुझावहरु कमेन्टमा लेखि पठाउनु होला ।नेपालभारत ब्लग सम परिवार

July 12, 2006

मुर्म्बईमा एघार मिनेट भित्र आठ बिस्फोट, १९० को मृत्यु, ३४९ यात्रुहरु घाइते

Filed under: News

बीरेन्द्र पौडेल
१२ जुलाई मुर्म्बई,ः भारतको दोस्रो प्रमुख शहर तथा आर्थिक शहर मुर्म्बईमा हिजो साझ भएका आठ बम बिस्फोटमा १९० भन्दा बढि मानिसहरुको मृत्युभएको छ । मुर्म्बईमा चल्ने लोकल ट्रेनमा एकपछि एक गरेर लगातार एघार मिनट को बिचमा आठ वटा बमहरु बिस्फोट भएका थिए । बम बिस्फोटमा परि हालसम्म ३४९ भन्दा बढि यात्रुहरु घाइते भएका छन् । विशेषगरी अत्यन्तै व्यस्त समयमा खचाखच भरिएको टे्रनमा साझ ६.२४ बजे पश्चिम रेल्वेको खार स्टेशनमा पहिलो विस्फोट भएको थियो । त्यसपछि लगातार बान्द्रामा ६.२४,जोगे श्वरीमा ६२५, माहिममा ६ः२६, मीरा रोडमा ६ः२९ ,बोरेवलीमा र भायन्दरमा बम बिस्फोट भएको थियो । बम विस्फोट बोरीवलीमा ६ बजेर ३५ मिनट जादा दुइ बिस्फोटनको साथ रोकिएको थियो । बम विस्फोनपछि मुर्म्बईवासीको जिवन
अस्त व्यस्त भएको थियो। आफिस छुटेर घर र्फकने बेला पारेर गरिएको उक्त्त विस्फोटनमा एक नेपालीकोपनि मृत्यु भएको आशंका भएपनि हालसम्म पुष्टि हुनसकेको छैन भने एक नेपाली युवक सामान्य घाइते भएको ले उपचार पश्चात घर फर्किएका छन् । हल्का पानीपरेकोले उद्धार कार्यमा केहि अवरोध पुगेता पनि घाइतेहरुको उद्धारको लागि स्थानिय बासिन्दा,अन्य यात्रुहरु र प्रहरीहरु त्रि्ररुपमा खटेका थिए । केहि घण्टा मुर्म्बईका सबै टेलिफोन तथा मो बाईल लाइनहरु जाम -बन्द) हुन पुगेको थियो जसले गर्दा आफन्त र परिवारहरुको खोजिमा घटनास्थल तर्फभागिरहेका दृश्यहरु देखिएका थिए । बिस्फोट पछि सबै टे्रन सेवा अवरुद्ध भएको थियो भने लामो दुरीबाट मुर्म्बई आउने गाडी हरु समेत बिचमै रोकिएको थियो ।
विशेषगरी मुर्म्बईको चर्चगेट देखि विरार र बोरिवली सम्म चल्ने लोकल टे्रनको पहिलो दर्जाको डिब्बा ति बिस्फोटहरु भएका थिए । बिस्फोटको जिम्मेवारी अझैसम्म कुनै आतंककारी गुटले नलिएपनि प्रारंभिक रुपमा लस्कर ऐ तोयवाको हात रहेकोे अनुमान लगाईएको समाचार स्रो तहरुले जनाएका छन् ।मुर्म्बईमा १९९३ को बम बिस्फोट पछि भएको यो ठुलो बम विस्फोटमा हालसम्म १९० को मृत्यु भएपनि यो सख्या बढ ्ने देखिन्छ तर त्यतिबेला भने २५० भन्दा बढी मानिसहरु मरेका थिए । फरक मात्र यत्ति हो कि तत्तकालिन बम बिस्फोट बिभिन्न सावर् जनिक स्थानहरुमा गरिएका थिए भने अहिलेको बिस्फोन केवल टे्रनमा गर्राईएको छ । बिस्फोट पश्चात तत्काल भारतीय प्रधानमन्त्री मनमोहन सिंहले बैठक बोलाएका थिए भने बिस्फोटनको विस्तृत जानकारी लिन काग्रेस अध्यक्ष सोनिया गान्धी, गृहमन्त्री शिवराज पाटील तथा रेल्वेमन्त्री लालु प्रसाद यादव रातीनै मुर्म्बई आई पुगेका थिए। अहिले मुर्म्बईको जनजीवन समान्य बन्दैगएको छ भने स्कूल तथा सरकारी कार्यालयहरु सुचारु रुपले चालु छन। चर्चगेटबाट बोरीवलीसम्मका रेल सुचारु रुपले चलिसकेका छन भने बोरीवलीबाट बिरार चल्ने गाडी अझै चल्न सकेका छैनन् । बिस्फोनपछि पुरै मुर्म्बई लगाएत गुजरात, दिल्लीमा समेत रेड अर्लट जारी गरिएको छ । बिस्फोट गराउने आतंककारीको खोजी भईरहेको भएता पनि हालसम्म केहि जानकारी प्राप्त भएको छैन । बिस्फोटमा परि मृतक हुनेका परिवारलाई सरकारले एक लाख दिने घोषणा गरेको छ भने घाइतेहरुलाई ५० हजार दिने निर्ण्र्ाागरेको छ । घाइतेहरुको उपचार मुर्म्बईका विभिन्न अस्पतालहरुमा भैरहेको छ ।

July 8, 2006

महासंघद्धारा विद्यार्थीहरुलाई निशुल्क नोटबुक वितरण

Filed under: News

बीरेन्द्र पौडेल
मुर्म्बई, १९ असार । प्रत्येक बर्षजस्तै यसबर्षपनि संयुक्त नेपाली महासंघ मुर्म्बईले विद्यार्थीहरुलाई निःशुल्क नोटबुक वितरण तथा सफल विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न गरेको छ । अस्ति आइतबार मुर्म्बई मराठी साहित्य संघ गिरगाउ चर्नि रोडमा सम्पन्न सो कार्यक्रममा शिशु कक्षा देखि विश्वविद्यालयसम्म अध्यनरत विद्यार्थीहरुलाई निशुल्क नोटबुक प्रदान गरिएको थियो । महासंघका शिक्षा तथा संस्कृति उपाध्यक्ष प्रेमनाथ ढकालको अध्यक्षता र महासंघका अध्यक्ष जगत बहादुर सिंहको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको प्रमुख अतिथि मा जयगोपाल मन्दिरका महन्त तथा माहात्मा हिमालय बाबा रहनुभएको थियो । कार्यक्रमको अन्य अतिथिहरु मा प्रतिनिधि सभाका सांसद गोविन्द बहादुर शाह तथा नेपाली काग्रेस प्रजातान्त्रिकका सदस्य अर्जुन थापाको सहभागीता थियो । यसैगरी महासंघका सल्हाकार सदस्य रामु शर्मा, झपट एल.सिंह, पूव अध्यक्ष विष्णु पौडेल, प्रोफेसर र्सूयबाहादुर सिंह,नेपाली समाज दैनिकका सहसम्पादक बीरेन्द्र पौडेल लगाएतका अतिथिहरुको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि हिमालय बाबाले सदा आफ्नो माया र सहयोग महासंघ र नेपाली समुदायमा रहने उल्लेख गर्दै विद्यार्थीहरुले सदा मेहनत र राम्रो कर्म गर्नुपर्छ भन्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गोविन्द बहादुर शाहले प्रवासमा रहेर पनि आफ्ना आमा बुबाहरुले दुःख गरेर पढाएका हुनाले यहा भएका विभिन्न अवसरहरुलाई सदुपयोग गरी ठूलो मान्छे बन्नु पर्ने बताउनु भयो । उहाले प्रवासबाटै विभिन्न क्षेत्रमा सफलता प्राप्त गरी नेपाललाई चिनाउनको लागि पनि विद्यार्थीले भूमिका खेल्नु पर्ने हुन्छ भन्नुभयो । त्यसैगरी अर्का वक्ता अर्जुन थापाले प्रवासमा अध्ययन रत नेपाली विद्यार्थीहरुलाई समेत भारत सरकारले छात्रवृति प्रदान गर्नु पर्ने र त्यसको लागि पहल गर्न राजदुतावासमा आग्रह गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा प्रोफेसर र्सृयबहादुर सिंह, पूव अध्यक्ष विष्णु पौडेल, झपट एल सिंह लगाएतका वक्ताहरुले विद्यार्थीहरुको लक्ष्य हुनुपर्ने र त्यहि लक्ष्य प्राप्त गर्नको लागि सधै प्रयास गर्नुपर्ने बताउनु भयो । प्रत्येक बर्षजस्तै एसएससी, एचएससी र टिवाईमा राम्रो प्रतिशत ल्याएर उर्तिण हुने नेपाली विद्यार्थीलाई सम्मान गरिने कार्यक्रम अन्तरगत आइतबारको कार्यक्रममा पनि एसएलसीमा डढ प्रतिशत ल्याउने रविन्द्र एस सुवेदी, एसएससीमा नै डण् प्रतिशत ल्याउने सुहासिनी सिंह, एचएससीमा ठट प्रतिशत ल्याउने निता जे.सिंह र टिवाईमा टद्द प्रतिशत ल्याउने शिला पौडेललाई नगद पुरस्कार एकहजार एक तथा सात सय एक एंव नोट बुक प्रदान गरिएको थियो । महासंघ का महामन्त्री तारा शर्माको सञ्चालनमा सम्पन्न सो कार्यक्रम लाई सफल तुल्याउन सम्पूण् महासंघ परिवार लागि परेको थियो । मुर्म्बईका अन्यक्षेत्रहरु गोरेगाव, वडाला, कुला कमानी तथा तुंगा गावमा समेत विद्यार्थीहरुलाई निशुल्क नोटबुक वितरण गरिने कार्यक्रम रहेको कुरा महामन्त्री तारा शर्माले नेपाली समाज दैनिक लाई बताउनु भयो ।

मुर्म्बईमा बाणिज्य दुताबास खोलेपछि प्रवासी नेपालीका दुःख,मर्का हेर्ने छ देउवा

Filed under: Interview

पूव प्रधानमन्त्री एवं नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा दश दिने भारत भ्रमणका क्रममा गत शनिवार मुर्म्बई आउनुभएको थियो । मुर्म्बईको मरिनलायन्स स्थित पाटकर हलको एक कार्यक्रममा सहभागि भएपछि नेपालको राजनीतिक गतिविधिको सम्बन्धमा छलफल गर्ने क्रममा नेपाली समाज दैनिकका सम्पादक प्रकाश पौडेल र नेपाली युवा मासिकका सम्पादक दिनमणी आर. पाण्डेले वहासंग वाल्केश्वर स्थित सहयाद्री गेष्टहाउसमा भेटी नेपालको वर्तमान गतिविधिलाई समेटेर मुर्म्बईका प्रवासी नेपालीहरुको समस्या बारे राखेको प्रश्नहरुमा देउवाले दिनुभएको प्रतिक्रियाको सारसंक्षेप हाम्रा पाठकहरु समक्ष प्रस्तुत गरिएको छ .

अहिले तपाईको भारत भ्रमणको मुख्य लक्ष के हो -
अहिले मलाई मुर्म्बईमा “मुर्म्बई र्डाईलग” अन्तरगत नेपालको वर्तमान स्थिती भन्ने विषयमा बोल्नको लागि बोलाइएको हो ।
मुर्म्बईमा प्रवासी नेपालीहरुको समस्यालाई कसरी हर्ेर्नुभएको छ -
मलाई थाह छ दुःख पाएका छन । देशमा रोजीरोटी नपाएर विदेशमा आउछन । आर्थिक समस्या छ । यहा कसैले के गरेका छन त कसैले चौकीदारी गरेका छन् । पैसा कमाउनका लागि नै यहाँ आएका छन । समस्या छ,, बालबच्चा र परिवार छोडेर यहा आएका छन् । कोहि नोकरीको तलासमा आए भने कोहि माओवादीको समस्याले आएका छन् । मैले बुझेको छु सबैलाई एकदम दुःख छ ।
तपाईको सम्मानमा राखिएको स्वागत कार्यक्रममा मुर्म्बईमा वाणिज्य दुतावास बारे कुरा उठाउनु भएको थियो । यसबारे थप प्रष्ट पारिदिनुहुन्छ कि -
बाणिज्य दुतावास खोलेपछि यहाँ नेपालीहरुलाई परेको पिर मर्का र समस्यालाई हेछ । त्यसले सबैको दुःख सुखलाई हेछ । सबैले आफ्ना कुराहरु राख्न र समाधान गर्नलाई सजिलो हुनेछ । मैले म दोस्रो पटक प्रधामन्त्री हुदा जसरी विरगञ्जमा लिखीत रुपमा वाणिज्य दुतावास खोल्ने योजना बनेको थियो त्यस्तो योजना मुर्म्बईमा पनि छ ।
अहिले सरकार र माओवादीबिच वार्ताका कुरा चलिरहेका बेला काग्रेस एकताका कुरापनि सुनिन्छ , त्यो कति सम्भव छ -
त्यो एकता हुन तपाईले सोचे जस्तोगरि सजिलो छैन । हाम्रो पार्टीथिदेखि तलसम्म फूटिसक्यो । अब र्समपण गर्ने होईन एक आपसमा सम्मान जनक रुपमा हेनुपर्छ । म त हिजोपनि त्यही थिएँ आजपनि त्यही छु। त्यसरी सम्मान जनकरुपमा मिल्ने हो भने म तैयार छु ।
अहिले सातदल र माओवादीबीच वार्ताका कुरा चलिरहँदा दुबैपक्षबाट अल्ली उत्तेजक खालका बयानबाजीहरु आएका छन कहि यसले फेरि वार्ता भाँडिने त होईन -
कुरा के छ भने अब जे जसरी भएपनि वार्ता त सफल पार्नु नै पर्‍यो नी । दुबैपक्ष चाडैभन्दा चाडै अब मिल्न आवश्यक छ ।
माओवादीले र अन्य दलहरुले नेपालको परिस्थिती ब्रि्रनुमा मुख्य जिम्मेवार तपाई नै हुनुहुन्छ भन्नछन, किनकी तपाईले चुवाव गराउन नसकेर प्रतिनिधीसभाको विघटन गर्नुभयो -
माओवादीले र दलले के भन्छन त्योसंग मलाई मतलब छैन । किनकी माओवादीले आज एउटा कुरा गर्छन भने भोली अर्को कुरा । मैले माओवादीलाई दबाउन खोजेकै हो । मलाई धन्न माओवादीहरुले मारेका होईन्न । उनीहरु पार्लियामेन्टको पक्षमा छैन्न । मैले म तत्कालमा प्रधानमन्त्री हुदा गिरीजालाई चुवाव गराआंै भने तर वहाले मान्नुभएन माओवादीले पनि चुनाव गराउन नदिने भने । मलाई कसैले सहयोग गरेनन् । त्यतीबेला मलाई हिम्मत दिने बेलामा कसैले दिएनन् । चुनाव गराऔ भन्दा मान्दै मानेनन् कसैसंग कुरा मिलेन त्यसैले मैले संसदभंग गर्न राजालाई लगाए ।
यहाँका राजनितीक पार्टीका समक्ष कस्ता प्रस्तावहरु राख्नुभएको छ त -
अहिले त खासै रुपमा भन्ने हो भने नेपालमा शान्ति स्थापना गर्न पार्टर्ीी र संस्थागत रुपमा विकास गर्ने मुख्य मुद्दा हुन ।
अहिले तपाईहरुले माओवादीको दबाबले फटाफट माओवादी बन्दिहरुलाई रिहा गर्दै हुनुहुन्छ - कहि वार्ता भाडियो भने त महाभारत हुन्छनी त्यसलाई सातदलले कसरी हेरेको छ -
अब हेनुस माओवादी फेरि जंगल पसे भने लर्डाई हुने त हो नी । माओवादी जंगल लाग्छन कि लाग्दैनन् थाह छैन । तर अब माओवादी जंगलतिर जान्छन जस्तो मलाई लाग्दैन । माओवादीले बिना कारण निउ खोज्यो भने लर्डाई हुनेछ । त्यसले म्ँाओवादीलाई ठूलो नोक्सान हुन्छ ।
तपाईलाई अब लाग्छ सातदल र माओवादी बीच स्थायी शान्ति कायमहुन्छ -
अ, अब त स्थायी शान्ति निश्चित रुपमा कायम हुन्छ । हामीले सबैले पनि अब सदाको लागि शान्ति र अमनचैनको कामना गरौ ।
राजाले सबैभन्दा धेरैसमय तपाईलाई बन्दि बनाए, तर अझैपनि तपाईले राजालाई सेनाको प्रमुख राख्नुपर्छ भन्नेकुरा राखेर विवादमा पर्नुभयो - यसमा यहाले के भन्नुहुन्छ-
मैले त्यसो भनेको होईन । मेले राजालाई सेनाको प्रमुख राख्नर्ुपर्छ भनेर कहा“ भने -
तर तपाईले भन्नुभएको भनेर पत्रिकाहरुले छाप्यो नी †
-छापिएको छैन । कस्ले छाप्यो -
हामीलाईर् इमेलबाट पनि तपाईले भनेको सुचना आएको थियो ।
तपाईलाई आएकोर् इ-मेल गलत हो । मैले भनेको के हो भने सेना भन्दामाथि पनि कोई हुन पर्छ भनेर भनेको हो । हेर्नुस न अैले सेनाभन्दामाथि कोईपनि छैन । त्यसैले मैले भनेको हो ।
राजा राख्ने कि नराख्ने भन्नेे विषयमा तपाईको र तपाईको पार्टर्ीीे धारणा कस्तो छ -
म र मेरो पार्टी धारणा भन्नु भन्दा पनि अब राजाको बारेमा त जनताले जे भन्छन त्यही हुन्छ । जनताले राजा राखौ भने राखिन्छ, नराखौ भने राखिदैन । राजाको बारेमा हाम्रो धारणा त्यही हो जो जनताको छ ।

July 2, 2006

मुर्म्बईमा बाणिज्य दुतावास बनाउन पहल गर्नेछु -देउवा

Filed under: News

बिरेन्द्र पौडेल
मुर्म्बई,१ जुलाई । नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति एंव पूवप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा भारतकोलागि विरगञ्जमा वाणिज्य राजदुतावासको स्थापना गर्दा भारतको मुर्म्बईमा पनि नेपाली बाणिज्य राजदुतावास राखिने लिखित निर्ण्र्ााभएको बताउदै मुर्म्बईमा बाणिज्य राजदुतावास निमार्ण्र विशेष पहल गर्ने बताउनु भएको छ । देउवाले सो कुरा संयुक्त नेपाली जनकल्याण समिति मुर्म्बई र नेपाली जनसर्म्पर्क समिति भारतको आयोजनामा गरिएको कार्यक्रममा बताउनुभएको हो । दश दिने भारत भ्रमणको क्रममा मुर्म्बई आईपुग्नु भएका देउवालाई स्वागत तथा अभिनन्दन गर्न भनि गरिएको सो कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले अझैपनि नेपालमा पूण् प्रजातन्त्र स्थापना नभएकोले र कुनै पनि बेला धोका हुन सक्ने भएकोले सबै चनाखो हुनु पर्छ भन्नु भयो । सरकार र माओवादी बीच हालै भएको आठ बुँदे सहमतिमा सातदल प्रतिबद्ध रहेको उल्लेख गर्दै देउवाले सहमति विपरित माओवादी र सरकार दुवै जान नहुने बताउनु भयो । देउवाले भारतका जेलमा रहेका विभिन्न बन्दीहरुको रिहाईकोलागि कुटनितिक पहल भैरहेको र ढिलो चाडो ससम्मान उनिहरुको रिहा गरिने पनि बताउनु भयो । आफूलाई मुर्म्बई र पुनामा आमन्त्रण गरेकोले उहाँले भारतीय राष्टबादी कांग्रेसका नेता डिपि त्रिपाठीलाई अंकित गर्दै उहा सदा नेपालको राजनीति प्रति चिन्तित रहेको र राम्रो हितैसी रहेको बताउनु भयो । मन्तव्यको क्रममा उहाँले हालै भएको आन्दोलनले नेपालको राजतन्त्र र मनपरी तन्त्रको अन्त भएको र नेपालमा प्रजातन्त्र पुनस्थापनाको लागि प्रवासी नेपालीको भूमिका अहम रहेकोले सबै प्रवासी नेपालीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु भन्नुभयो । उहाँले सबै विभिन्न समस्याहरुले गर्दा प्रवासीनु परेको उल्लेख गर्दै नेपालका रहेका नेपालीहरुले भन्दा पनि प्रवासमा रहेका नेपालीहरुले देशको बढि माया गरेको बताउनु भयो । कार्यक्रममा अर्का विशिष्ठ अतिथि राष्टवादी कांग्रेसका नेता डिपी त्रिपाठीले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा नौलो बिहानी आउनमा नेपालीहरुले ऐतिहासिक आन्दोलन गरेको उल्लेख गर्दै कुनै पनि देशमा नौलो बिहानी आउनको लागि र अन्याय अत्याचारको अत्त हुनको लागि क्रान्ति हुनुपर्छ भन्नु भयो । त्रिपाठीले मन्तव्य दिदा नेपाली भाषामै सम्बोधन गरेर केहि बेर नेपालीमा नै बोल्दा हलमा सबै आर्श्चर्य चकित पर्नुका साथै सबैका तालीले हल गुञ्जिएको थियो । उहाले जहिले पनि क्रान्ति अण्डर ग्राउण्ड हुन्छ तर क्रान्ति सफल भएपछि ओभर ग्राउण्ड हुन्छ भन्नुहुदै क्रान्ति जमिनमा मात्रै होइन आकाशमा पनि हुन्छ र जुन नेपालमा अहिले भएको क्रान्तिमा आकाशबाट इन्द्रधनुष आएर सफल भएको बताउनु भयो । उहाले भारतका विभिन्न जेलहरुमा रहेका माओवादी नेताहरुलाई रिहा गर्नको लागि भारतिय प्रधानमन्त्री समक्ष आवाज उठाउने समेत बताउनु भयो । त्यसैगरी कार्यक्रममा अर्का वक्ता नेपाली जनअधिकार सुरक्षा समिति भारतका केन्द्रिय उपाध्यक्ष इश्वरी भण्डारीले नेपालमा सम्पन्न जनआन्दोलन लाई सफल तुल्याउन ऐतिहासिक रुपमा मुर्म्बईबाट सबै राजनीतिक पार्टी एकजुट भएर एउटा उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै राष्टको लागि एकजुट हुन जरुरी छ भन्नुभयो । उहाले सातदल र माओवादी बिच भएको समझदारीहरुलाई टुटाउन विदेशी चलखेल बढी भएको र लागि परेको टिप्पणी गर्दै देशमा शान्ति स्थापनाको लागि हामी जति पनि लचिलो हुन तयार छौ भन्नुभयो । उहाले भारतीय जेलमा रहेका माओवादी नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहा गर्नको लागि पनि आग्रह गर्नुभयो । आयोजक समितिका महामन्त्री झपट एलसिंहले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा देविसिंह खड्का, खड्क सिंह बम लगाएतका व्यक्तिहरुले मन्तव्य राख्नुभएको थियो । आयोजक संयुक्त नेपाली जन कल्याण समितिका अध्यक्ष हर्कबहादुर साउदको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन समितिका प्रमुख सल्लाहकार विष्णु पौडेलले गर्नुभएको थियो । मुर्म्बईको चर्चगेट पश्चिम स्थित पाटकर हलमा भएको सो स्वागत तथा अभिनन्दन कार्यक्रममा विभिन्न गीत तथा नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । नृत्य गर्ने कलाकारहरुमा प्रकाश आउजी, दिपसरा सिंह, विक्की सिंह, र्सर्मिला विष्ट र सोभना सिंह रहेका थिए भने सास्कृतिक कार्यक्रमको सञ्चालन कविराज रेग्मीले गर्नुभएको थियो । विभिन्न संघ-सस्थाका प्रतिनिधि,बुद्धिजिबी,पत्रकार र र्सवसाधारण प्रवासीहरु उपस्थित रहको सो कार्यक्रम शनिबार दिउसो ३ बजे देखि साँझ ६ बजे सम्म चलेको थियो ।
यसैबीच सभापति देउवा शनिवार बिहान एक कार्यक्रममा सरिक हुनुभएको छ । मुर्म्बईको बान्द्रा पश्चिम स्थित मुर्म्बई डाइलग मा आयोजित नेपाल टुडे नामक कार्यक्रममा उहाले नेपालको वर्तमान अवस्था र राजनीतिक स्थिति बारे स्थानिय नेता तथा पत्रकारहरुलाई प्रकाश पार्नु भएको थियो । राष्टवादी कांग्रेसका नेता डिपी त्रिपाठीको आयोजना रहेको सो बिचार व्यास कार्यक्रममा विभिन्न स्थानिय राजनीतिज्ञ,सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

पाठकहरु Free Site Counter
Free Site Counter