असार प्रन्ध्र अर्थात दहिचिउरा खाएर हिलो खेल्ने दिन
बीरेन्द्र पौडेल
असार पन्ध्र अर्थात दहि चिउरा खाएर हिलो खेल्ने दिन । बर्षरी खाने अन्न धान रोप्नको लागि जेठको अन्तिम हप्ता देखि असार महिनाको अन्तिम सम्म किसानहरु कडा मेहनतका साथ काममा खटिने गर्छन् । झमझम पर्ने मुसलधारे पानी,अघि पछि सुख्खा भएपनि यतिबेला गड्गडाएर बगेका खहरे खोला अनि नदिनालहरुको वेगको कुनै प्रवाह नगरी एक नासले काममा खटिरहन्छन् यति बेला किसानहरु । धान रोपाईमा कडा परिश्रम र लगन त छदैछ त्यसमा पनि थप रमाईला पक्षहरु थुप्रै छन् । मेलामा जादाँ 
गाँउका ठिटा तरुनीहरु एकसाथ दोहोरी गीत तथा असारे गीत गाउदै एक हुल भएर जाने गर्छन भने । काममा खटिएपछि पनि असारे गीत गाउदै र एक आपसमा हिलो खेल्दै उनिहरु रमाउने गर्छन । असार महिना भरी पानी र माटोसंगै हिलोमा काम गर्ने भए पनि आजको दिन अर्थात असार पन्ध्रलाई नेपालमा विशेष महत्वका साथ लिने गरिन्छ । नेपाली किम्बदन्ती अनुसार पनि असारे पन्ध्रको दिन किसानहरुमात्रै हैन राजा,व्यवसायी तथा उच्च व्यक्तिहरुसमेत आजको दिन खेतमा गएर हिलो खेल्ने गर्छन् भने आजको दिन जोकेहिले पनि हिलो छुनु पर्छ भन्ने मान्यता पनि कहि कतै रहेको पाईन्छ । धान रोप्न फाँटमा पुगेका सबै खेताला खेतालीहरु लडीबुडी खेल्दै हिलोमा लड्ने गर्छन भने, आफुले सके सम्म हिलोमा लडाउने र हिलोले छ्याप्ने प्रयत्न सबैले गर्छन । अघि पछि हिलोमा जोगिएर हिड्नेहरु पनि आजको दिन हिलोको कुनै प्रवाह नगरी हिलो खेल्दै र रमाउदै गर्छन । हिलोले छ्यापा छ्याम गर्दै मान्छे नचिनिने अवस्थमा भैसकेको हुन्छ । उसको पुरै शरीर र अनुहार हिलोले ढाकिएको हुन्छ ।
के बुढा, के ठिटा तरुनी सबैले हिलो खेलेर मजा लिईरहेका हुन्छन् । यसमा पनि नेपालमा क्षेत्र अनुसरले भिन्ना भिन्नै तरिकाले खेल्ने चलन पनि छ । कतै कतै हिलो खेल्ने प्रतिस्पर्धा समेत रहन्छ । जस्ले हिलोमा लडेर जित्न सक्छ र हिलो खेतमा लडाउन सक्छ त्यसलाई विजयी मानिन्छ । असारे पन्ध्रको अर्को रमाईलो पक्ष हो दहि चिउरा । त्यसो त दहि चिउरा नेपाली समुदायमा खाजामा लोकप्रिय नै मानिन्छ तर पनि आजको दिन सबै हलि,बाउसे,रोपारी तथा खेतालाहरु एक साथ बसेर दहि चिउरा खाने भएकोले यस दिनको छुट्टै महत्व रहेको छ । असार पन्ध्र अर्थात असारको आधा-आधी भएकोले पनि धान रोप्ने कार्य पनि लगभग आधा भैसकेको हुन्छ । कुनै बर्षलामो समय सम्म पनि पानी नपरेमा र मौसमले साथ नदिएमा भने धान रोप्ने काम केहि अघि पछि पनि हुन सक्छ । मानो खाएर मुरी उब्जाउने दिन भएकोले बिहानै देखि किसानहरु धान रोप्नको लागि नौलो आशा र भरोसाका अवेर राती सम्म काममा खटिन्छन् । चारै तिर खेत र खोल्साहरुमा फुटेका पानीका मुलहरु , भ्याकुताको ट्रट्र आवाज अनि चारै तिर हरियाली हुने यो मौसम धान खेती रोप्ने उत्तम मौसमको रुपमा मानिन्छ । एक हल गोरु,हलो, कोदाली,जुवा, लिड्को र अन्य विभिन्न कृषि समाग्रीहरुको साथमा खेतमा पुगेर बषर्ातमा भिज्दै धान रोप्ने काम गरिन्छ । नेपालमा केहि फाटहरुमा यो बेलामा गएर हर्ेर्ने हो भने चारै तिर रोपाई चलि रहेको पाईन्छ । रातो रङ्गीचङ्गी साडी ब्लाउज अनि पटुकामा सजिएका महिला खेतालीहरु धानको बीउ काड्न र धान रोप्नमा ब्यस्त देखिन्छन् , बाउसेहरु छेउकान्ला खन्न र आली लगाउनमा व्यस्त देखिन्छ भने , हलि -जोन्ने) हरु ह….हो…..तारे….ह…माले भनेर जोत्नमा व्यस्त छन् । भुन्टी र सानी कान्छीहरु हरिया मकै पोल्न र गोठ अनि धन्सारमा बसेर रोपाईको रमाइलो हेरेर मख्ख परेका देखिन्छन् ।

हामीलाई समाचार पठाउनुहोस
सत्य, तथ्य समाचारको लागि सधै अगाडी
नेपाली समाज दैनिक, मुर्म्बई ,
