संसद बिघटन किन नगर्ने -
प्रकाश पौडेल
नेपालको राजनीतिक बृत्तमा भएका पछिल्ला घटनाक्रमहरुलाई सरसरती सम्भिmने मात्र हो भने पनि शान्ति चाहने जनताहरुको चाहनामा तुषारापात हु“दै गईरहको छ । प्रसंग सातदल र माओवादी वीचको वार्ता र त्यसबाट आएको परिणामहरु हो । एकातीर वार्ता चलिरहेको छ अर्कोतिर वार्ताकारहरु -सातदलका नेता तथा सरकारका मन्त्रीहरु ) ले जे मुखमा आयो त्यही बोलेर हिंडीरहेका छन् । बोलेको कुराले के परिणाम ल्याउ“छ भन्ने समेत थाह नभएर हो कि -, अथवा वार्ता भा“ड्न पाए बल्ल खान्थें भनेर सोच्ने दरवारीया हरुको मतियार बनेर हो त्यो कुरा बुझ्न नसकेर जनताको माथा मथिंगल भएको छ । लोकतन्त्रको पर्ुनबहाली पछि र अघि “गणतन्त्र-गणतन्त्र” भनेर जनताले सडक रन्काई राखेको बेलामा जनआन्दोलमा कमाण्डर बनाइएका प्रधानमन्त्री जस्ता व्यक्तिले राजालाई सेरेमोनियल बनाउनु पर्छ भनेर फलाको हाल्नु, २०५४ सालमा चुनाव जीतेर आएका सांसदहरु र मन्त्रीहरुले आज नौ बर्षपछि पनि त्यहि म्याद सकिएको संसदलाई बिघटन गर्न हुन्न भन्दै सरकारमा रहिरहन र भत्ता आदि खाइरहन जुक्ति बुद्धि लडाउन खोज्नु । अझ ठुला कम्यूनिष्ट नेताहरुले समेत संसद विघटन गर्ने निर्ण्र्ााो आलोचना गर्नु, उता वार्ता मै बसेका तथा माओवादी नेताहरुलाई हेलिकोप्टर चढेर भेट्न जाने र त्यहि हेलिकोप्टरमा प्रचण्ड, बावुरामहरु लाई छोड्न पुग्ने गृहमन्त्रीले समेत माओवादी विच्किने गरी माओवादीलाई अन्तरिम सरकारमा नल्याइने भनेर भन्नु त बडो आर्श्चर्य लाग्ने कुरा भएन र - यसैमा पनि माओवादी र सातदलको सहमती भा“डन निरकुंशतावादी र प्रतिगमनकारी सकृय छन् भनेर उनै नेताले जनतालाई दिनै पिच्छै रेडियो, टी.भी र पत्र पत्रिका मार्फ सम्झाई रहन्छन । उता तिनै नेताले उत्तिखेरै वार्ता सार्ता भंग हुने हो कि भने झै अदुरदर्शी र उत्तेजक स्टेटमेन्टहरु दिएर तिनै प्रतिगमन कारीहरुलाई बल मिल्ने खालको काम गर्ने गरेकाले जनता जनार्दनहरुको मनमा नेताहरु बिरुद्ध नै चिसो पस्न थालिसकेको छ । अहिले आएर जनताहरुमा नेताको चरित्रले गर्दा आशा भन्दा पनि निराशाहरु छाउन थालेको छ । जनताहरु भन्दै छन ” खै - यस्तै हो भने त यिनीहरुले यसपटक पनि वार्ता भा“ड्छन की क्या हो -” तर जनताहरु थाक्नु हुन्न झन जाग्नु पर्छ । खवरदारीका आवाजहरुलाई सडक सडकमा घन्काई राख्नु पर्छ । यदि मुलुकमा शान्ति र अमन चैन आ“उछ भने जे-जे गर्दा आ“उछ त्यो सबै गर्नु पर्दछ । जनताहरुले राजसंस्था नै बिघटन हुनर्ुपर्छ भनेर जोडदार माग गरिरहेको बेलामा त्यो नाथे संसद विघटन किन नगर्ने - नेताहरु हो । मैले त खाली सम्झाउने मात्र हो । बेलामा बुद्धि पुर्याउने र नपुर्याउने तिमीहरुकै जिम्मा । पुर्याए ठिकै भयो नपुर्याए मलाई के मतलव । आ ……..तातो न ..छारो ..।

हामीलाई समाचार पठाउनुहोस
सत्य, तथ्य समाचारको लागि सधै अगाडी
नेपाली समाज दैनिक, मुर्म्बई ,
