“प्रवासी नेपालीहरु आफ्नो अधिकार प्रति कति सजग छन्
–प्रोफेसरः र्सुयबहादुर सिंह,
नेपालीहरु प्रवासिएको डेढ सय वर्षभन्दा बढी पुरानो इतिहास छ । नेपालको भू-आबद्घ अबस्था,पेटको आगो,विकासशिल, गरीबीमूलुक,कुषि आधारीत अर्थ ब्यवस्था, बढ्दो जनसंख्या,आंतकवाद,राजनितिक अस्थिरता जस्ता अनेकौ कारकहरुले गर्दा नेपालीहरु प्रवासतिर लागे । प्रथम विश्व युद्घमा र्गोखालीहरुले गरेको वीर विजयी पंखाराले गर्दा प्रवासका छिमेकी मुलुकहरुमा उनलाई यथोचित स्थान प्राप्त भयो । आफ्नोर् इमानदारीता र्,कर्मठता,सोझोपन,लगनशिलता र जेहनदारीताले नेपालीहरुको नाम बिश्वमा बाला भयो । सेना देखी लिएर सुरक्षा र घरकाममा नेपालीहरुको माग बढी थियो । २१ औं शताब्दीको शुरुवातमा वैश्वीकरण,नीजीकरण र खुला अर्थ ब्यवस्थाले गर्दा बिश्वगा्रम बन्न पुगेको छ । संगणक क्रान्तीले गर्दा देशहरु माझको पर्खाल भत्किएर सिमा विहीन राज्यको ढोका खुली सकेको छ ।
संगणक संजालले हर एक मान्छेको जिवनमा दखल दिएको छ । आपसी प्रतिस्पर्धाको मूसा दौडमा नेपालीहरु र्सर्ंघषरत छन् । प्रवासमा कार्यरत नेपाली मानव संसाधनलाई अनेकौ अप्ठ्याराहरु पार गर्नु परको छ । छिमेकी मुलुकहरुमा बस्ने लाखौं नेपालीहरुले आफ्नो गच्छ,जानकारी, हैसियत,धनबल र संगठन बलले सकेसम्म आफ्नो मानव अधिकारको सुरक्षा गरेका छन तर कतिपय मामलाहरुमा नेपालीहरु अलपत्र परि अन्याय,अन्यौल,असुविधा र पीडामा पिसीएका छन । यस्तो माहौलमा प्रस्तुत लेखले भारतीय ऐन,नियम,अधिनियम र राजपत्रमा उल्लेखित अधिकार बारे प्राथमिक विश्लेषण प्रस्तुत गर्दछ । भारत-नेपाल सन्धि १९५० को सकारात्मक प्रावधानले नेपालीहरुलाई आवत-जावत,नोकरी पेशा,संम्पतिको किन-बेच गर्नु ,भारतीय सामाजिक ऐनमा आबद्घ भई सामाजिक संगठन खडा गर्नु र गैर-नागरिकका अधिकार भारतीय संविधानले प्रदान गरेको छ । खुलस्त रुपमा भारतीय रिजर्व बैंक,भारतीय सेना, अर्द्घसैनिक बल र प्रहरी दलमा नेपालीहरुलाई आवेदन दिएर रोजगार प्राप्त गर्ने अधिकार छ । अलिखित रुपमा नेपालीहरुलाई अनेकौ संस्थान,सरकारी तथा नीजी उद्यम,उद्योग-व्यवसायमा सहभागी हुने अधिकार छ । सरकारी र नीजी सेवामा लागेका नेपाली हरुलाई श्रमिक ऐन,सेवात लाभ र ऐच्छिक सेवा निवृत्त्ाी पछी कार्य गर्ने मौका दिएको छ । असंगठित क्षेत्रमा लागेका नेपालीहरुलाई महाराष्ट्र,गोवा,गुजरात र चेर्न्नई जस्ता महानगरमा राज्यका श्रमिक कानुन हरुले सामाजिक सुरक्षाको छाता ओढाएका छन् । उनलाई प्रष्ट पार्न समयोचित कानुनी सहायता पाउनु निक्कै अफ्ठयारो छ । भारतीय नेपालीहरुलाई उनको अधिकारको आधारमा चारवटा सर्ंवर्गमा राख्न सकिन्छः-
-१) भारतमा जन्मिएका नेपाली मूलका नागरिक ः प्रचलित भारतीय कानुन र नागरिक सरह समस्त अधिकार प्राप्त छन् ।
-२) नेपालमा जन्मिएका तर भारतमा १५ बर्षभन्दा बढी बसोवास गरेका नेपाली ः प्रचलित कानुन र संविधान प्रदत्त्ा गैर - नागरिक अधिकार प्राप्त छन् । उनीहरु भारतीय नागरिकता प्राप्त गर्नमा सक्षम-सोही प्राप्त गरेमा नागरिक सरह अधिकार ।
-३) भारतीय मूलका नेपाली ः भारतीय कानून र संविधानले नागरिक सरह समस्त अधिकार प्राप्त छन् ।
-४) नेपालबात आएका नेपाली मूलका नागरिक र २५ बर्षभन्दा कम प्रवासमा बसोवास आवत जावत नोकरी पेशा गरी जीवनयापन गर्न सक्ने र गैर नागरिकका समस्त अधिकार पाईन्छन ।
आउनुस सरसरी केही प्रमुख अधिकार बारे बिश्लेषण गरौं । —
प्रहरी थुना,न्यायिक थुना र न्यायलयहरुमा पेश हुदा अधिबत्त्fmाको सेवा प्राप्त गर्न सक्नु कानुनी अधिकार छ । कमजोर नेपालीहरुले राज्यको कानुनी सल्लाह प्रकोष्टबाट निःशुल्क अधिबत्त्fmा सेवा प्राप्त गर्न सकिन्छ ।
— भारतीय दण्ड संहिता,अपराधिक प्रक्रिया संहिता र निजामति प्रकृया संहिता जस्ता ऐनहरुले अनेकौ अधिकार प्रदान गरेका छन् ।
यसको साथ आमनेपालीहरुको सस्थाना सावधानी राखेमा मानबअधिकार हननमा स्वतः रोक लगाउन सकिन्छ । जस्तैः-
- आफ्नो स्वास्नी, छोरा, छोरीको नाम एउटै राख्ने । दर्ुइ नाम राख्दा कानुनि सत्यापन गराउनु पर्दछ ।
- राष्टियकृत बैंकहरुको बैंक खातामा अनिवार्य नामाकिंत गराउने ।
- आफू काम गर्ने ठाउमा आफ्नो परिवारको सहि नाम स्वादेशको ठेगाना दूरध्वानि र उनका फोटोहरु दिने ।
- सेवांत लाभमा परिवारको सहि नामांकन गर्ने शेयर, घर जग्गाका कागजातमा नामांकन गरी उनको सहि भाग अंशबंडा गरी दिने ।
- संगठक प्रक्रिया र कागजात हरुलाई पढ्न सम्मबन्ने ।
- पैसाको हस्तांतरण चल-अचल संपत्तिको किन बैच कानुनि औपचारि, झठो र दंडहुने कार्यहरु नगर्ने ।
- नेपालबाट ल्याएको प्रमाण पत्र नेपाली र अंगे्रजी दुबै भाषामा ल्याउँने।
- प्रवासमा आफ्नो अधिकारको साथ कर्तब्यपालनमा त्रूटि नगर्ने । - आफू शिक्षित हुदै घरपरिवार र समाजलाई अधिकार प्रति शिक्षित बनाउँने ।
प्रजातान्तिक परिपाठि बोकेको सबै देशमा समानता, बधुंता, स्वतंन्त्रता, आपसी भाईचार,सामाजिक न्याय, कल्याणकारी राज्य र कानूनि शासन जस्ता बाट उमे्रका असिधकारहरु आफै प्राप्त हुन्छन । उनलाई जोगाउँने र हननबाट रोक्ने आफै नै हातमा छ । पिडीत पक्षलाई राहत दिने आफ्नो अधिकार लाई अशुक्ष्य राख्न र सामाजिक प्रतिकार गर्ने शक्ति प्रवासी संघ, संघठनहरुमा केश्ति छ । तर त्यसको सही उपयोग भएकोछैन । आम नेपाली आफ्नो रोजिरोटिको सेरोफेरो मस्त छ । खुल्ला प्रतिस्पर्दामा अनेकौ नेपाली पिसीएका छन । उनमा आफ्नो देशको दहनिय हालत प्रति चिन्ता छ । आफ्नो अधिकार जोगाएर राख्न सकेका छैन्न । यस्तो अवस्थामा उनमा आफ्नाने अधिकार कतर्ब्य प्रति सजगता तुल्याउन समयको माग छ । सजग नेपालीहरुको संख्या बढाउँदै उनमा जागरुकताको स्तर बढाउनु पर्ने छ । सबै नेपालीहरुले आफ्नो अधिकार प्रति “सजग प्रहरी” बन्नु नै आफूलाई आफूलाई प्रगतिशिल बनाउने हो । समय नै टिक्न सक्छु असक्षमलाई ज्यान जोगाउनु गाह्रो छ । आफ्नो अधिकार प्रति सजगता नै जीवंतता हो । यस समवैभौम सत्यलाई हामीले आफ्नो र्सर्ंघषमा सपार्न छ । के यसको लागि हामी तयार छौ - हाम्रो प्रवासमा अस्तित्व आफ्नो अधिकार प्रति सजगताको दूरिमा घुम्दै छ । आउनुहोस अधिकार प्रति जागरुक्ब्ता बनि सबैको कल्याण गरौ ।

हामीलाई समाचार पठाउनुहोस
सत्य, तथ्य समाचारको लागि सधै अगाडी
नेपाली समाज दैनिक, मुर्म्बई ,
