नेपालभारत ब्लग साइटमा तपाईलाई स्वागत छ । यो र्साईट भारत मुम्बइमा बस्ने नेपालीहले सञ्चालन गरेको भारतबाट पहिलो ब्लग र्साईट हो । यस र्साईटलाई अझै राम्रो बनाउन के गर्नु पर्ला कृपया आफ्नो सुझावहरु कमेन्टमा लेखि पठाउनु होला ।नेपालभारत ब्लग सम परिवार

June 3, 2006

“प्रवासी नेपालीहरु आफ्नो अधिकार प्रति कति सजग छन्

Filed under: News

–प्रोफेसरः र्सुयबहादुर सिंह,
नेपालीहरु प्रवासिएको डेढ सय वर्षभन्दा बढी पुरानो इतिहास छ । नेपालको भू-आबद्घ अबस्था,पेटको आगो,विकासशिल, गरीबीमूलुक,कुषि आधारीत अर्थ ब्यवस्था, बढ्दो जनसंख्या,आंतकवाद,राजनितिक अस्थिरता जस्ता अनेकौ कारकहरुले गर्दा नेपालीहरु प्रवासतिर लागे । प्रथम विश्व युद्घमा र्गोखालीहरुले गरेको वीर विजयी पंखाराले गर्दा प्रवासका छिमेकी मुलुकहरुमा उनलाई यथोचित स्थान प्राप्त भयो । आफ्नोर् इमानदारीता र्,कर्मठता,सोझोपन,लगनशिलता र जेहनदारीताले नेपालीहरुको नाम बिश्वमा बाला भयो । सेना देखी लिएर सुरक्षा र घरकाममा नेपालीहरुको माग बढी थियो । २१ औं शताब्दीको शुरुवातमा वैश्वीकरण,नीजीकरण र खुला अर्थ ब्यवस्थाले गर्दा बिश्वगा्रम बन्न पुगेको छ । संगणक क्रान्तीले गर्दा देशहरु माझको पर्खाल भत्किएर सिमा विहीन राज्यको ढोका खुली सकेको छ । संगणक संजालले हर एक मान्छेको जिवनमा दखल दिएको छ । आपसी प्रतिस्पर्धाको मूसा दौडमा नेपालीहरु र्सर्ंघषरत छन् । प्रवासमा कार्यरत नेपाली मानव संसाधनलाई अनेकौ अप्ठ्याराहरु पार गर्नु परको छ । छिमेकी मुलुकहरुमा बस्ने लाखौं नेपालीहरुले आफ्नो गच्छ,जानकारी, हैसियत,धनबल र संगठन बलले सकेसम्म आफ्नो मानव अधिकारको सुरक्षा गरेका छन तर कतिपय मामलाहरुमा नेपालीहरु अलपत्र परि अन्याय,अन्यौल,असुविधा र पीडामा पिसीएका छन । यस्तो माहौलमा प्रस्तुत लेखले भारतीय ऐन,नियम,अधिनियम र राजपत्रमा उल्लेखित अधिकार बारे प्राथमिक विश्लेषण प्रस्तुत गर्दछ । भारत-नेपाल सन्धि १९५० को सकारात्मक प्रावधानले नेपालीहरुलाई आवत-जावत,नोकरी पेशा,संम्पतिको किन-बेच गर्नु ,भारतीय सामाजिक ऐनमा आबद्घ भई सामाजिक संगठन खडा गर्नु र गैर-नागरिकका अधिकार भारतीय संविधानले प्रदान गरेको छ । खुलस्त रुपमा भारतीय रिजर्व बैंक,भारतीय सेना, अर्द्घसैनिक बल र प्रहरी दलमा नेपालीहरुलाई आवेदन दिएर रोजगार प्राप्त गर्ने अधिकार छ । अलिखित रुपमा नेपालीहरुलाई अनेकौ संस्थान,सरकारी तथा नीजी उद्यम,उद्योग-व्यवसायमा सहभागी हुने अधिकार छ । सरकारी र नीजी सेवामा लागेका नेपाली हरुलाई श्रमिक ऐन,सेवात लाभ र ऐच्छिक सेवा निवृत्त्ाी पछी कार्य गर्ने मौका दिएको छ । असंगठित क्षेत्रमा लागेका नेपालीहरुलाई महाराष्ट्र,गोवा,गुजरात र चेर्न्नई जस्ता महानगरमा राज्यका श्रमिक कानुन हरुले सामाजिक सुरक्षाको छाता ओढाएका छन् । उनलाई प्रष्ट पार्न समयोचित कानुनी सहायता पाउनु निक्कै अफ्ठयारो छ । भारतीय नेपालीहरुलाई उनको अधिकारको आधारमा चारवटा सर्ंवर्गमा राख्न सकिन्छः-
-१) भारतमा जन्मिएका नेपाली मूलका नागरिक ः प्रचलित भारतीय कानुन र नागरिक सरह समस्त अधिकार प्राप्त छन् ।
-२) नेपालमा जन्मिएका तर भारतमा १५ बर्षभन्दा बढी बसोवास गरेका नेपाली ः प्रचलित कानुन र संविधान प्रदत्त्ा गैर - नागरिक अधिकार प्राप्त छन् । उनीहरु भारतीय नागरिकता प्राप्त गर्नमा सक्षम-सोही प्राप्त गरेमा नागरिक सरह अधिकार ।
-३) भारतीय मूलका नेपाली ः भारतीय कानून र संविधानले नागरिक सरह समस्त अधिकार प्राप्त छन् ।
-४) नेपालबात आएका नेपाली मूलका नागरिक र २५ बर्षभन्दा कम प्रवासमा बसोवास आवत जावत नोकरी पेशा गरी जीवनयापन गर्न सक्ने र गैर नागरिकका समस्त अधिकार पाईन्छन ।
आउनुस सरसरी केही प्रमुख अधिकार बारे बिश्लेषण गरौं । —
प्रहरी थुना,न्यायिक थुना र न्यायलयहरुमा पेश हुदा अधिबत्त्fmाको सेवा प्राप्त गर्न सक्नु कानुनी अधिकार छ । कमजोर नेपालीहरुले राज्यको कानुनी सल्लाह प्रकोष्टबाट निःशुल्क अधिबत्त्fmा सेवा प्राप्त गर्न सकिन्छ ।
— भारतीय दण्ड संहिता,अपराधिक प्रक्रिया संहिता र निजामति प्रकृया संहिता जस्ता ऐनहरुले अनेकौ अधिकार प्रदान गरेका छन् ।
यसको साथ आमनेपालीहरुको सस्थाना सावधानी राखेमा मानबअधिकार हननमा स्वतः रोक लगाउन सकिन्छ । जस्तैः-
- आफ्नो स्वास्नी, छोरा, छोरीको नाम एउटै राख्ने । दर्ुइ नाम राख्दा कानुनि सत्यापन गराउनु पर्दछ ।
- राष्टियकृत बैंकहरुको बैंक खातामा अनिवार्य नामाकिंत गराउने ।
- आफू काम गर्ने ठाउमा आफ्नो परिवारको सहि नाम स्वादेशको ठेगाना दूरध्वानि र उनका फोटोहरु दिने ।
- सेवांत लाभमा परिवारको सहि नामांकन गर्ने शेयर, घर जग्गाका कागजातमा नामांकन गरी उनको सहि भाग अंशबंडा गरी दिने ।
- संगठक प्रक्रिया र कागजात हरुलाई पढ्न सम्मबन्ने ।
- पैसाको हस्तांतरण चल-अचल संपत्तिको किन बैच कानुनि औपचारि, झठो र दंडहुने कार्यहरु नगर्ने ।
- नेपालबाट ल्याएको प्रमाण पत्र नेपाली र अंगे्रजी दुबै भाषामा ल्याउँने।
- प्रवासमा आफ्नो अधिकारको साथ कर्तब्यपालनमा त्रूटि नगर्ने । - आफू शिक्षित हुदै घरपरिवार र समाजलाई अधिकार प्रति शिक्षित बनाउँने ।
प्रजातान्तिक परिपाठि बोकेको सबै देशमा समानता, बधुंता, स्वतंन्त्रता, आपसी भाईचार,सामाजिक न्याय, कल्याणकारी राज्य र कानूनि शासन जस्ता बाट उमे्रका असिधकारहरु आफै प्राप्त हुन्छन । उनलाई जोगाउँने र हननबाट रोक्ने आफै नै हातमा छ । पिडीत पक्षलाई राहत दिने आफ्नो अधिकार लाई अशुक्ष्य राख्न र सामाजिक प्रतिकार गर्ने शक्ति प्रवासी संघ, संघठनहरुमा केश्ति छ । तर त्यसको सही उपयोग भएकोछैन । आम नेपाली आफ्नो रोजिरोटिको सेरोफेरो मस्त छ । खुल्ला प्रतिस्पर्दामा अनेकौ नेपाली पिसीएका छन । उनमा आफ्नो देशको दहनिय हालत प्रति चिन्ता छ । आफ्नो अधिकार जोगाएर राख्न सकेका छैन्न । यस्तो अवस्थामा उनमा आफ्नाने अधिकार कतर्ब्य प्रति सजगता तुल्याउन समयको माग छ । सजग नेपालीहरुको संख्या बढाउँदै उनमा जागरुकताको स्तर बढाउनु पर्ने छ । सबै नेपालीहरुले आफ्नो अधिकार प्रति “सजग प्रहरी” बन्नु नै आफूलाई आफूलाई प्रगतिशिल बनाउने हो । समय नै टिक्न सक्छु असक्षमलाई ज्यान जोगाउनु गाह्रो छ । आफ्नो अधिकार प्रति सजगता नै जीवंतता हो । यस समवैभौम सत्यलाई हामीले आफ्नो र्सर्ंघषमा सपार्न छ । के यसको लागि हामी तयार छौ - हाम्रो प्रवासमा अस्तित्व आफ्नो अधिकार प्रति सजगताको दूरिमा घुम्दै छ । आउनुहोस अधिकार प्रति जागरुक्ब्ता बनि सबैको कल्याण गरौ ।

Comments »

The URI to TrackBack this entry is: http://nepalbharat.blogsome.com/2006/06/03/p125/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

पाठकहरु Free Site Counter
Free Site Counter