नेपालभारत ब्लग साइटमा तपाईलाई स्वागत छ । यो र्साईट भारत मुम्बइमा बस्ने नेपालीहले सञ्चालन गरेको भारतबाट पहिलो ब्लग र्साईट हो । यस र्साईटलाई अझै राम्रो बनाउन के गर्नु पर्ला कृपया आफ्नो सुझावहरु कमेन्टमा लेखि पठाउनु होला ।नेपालभारत ब्लग सम परिवार

May 27, 2006

मरेपछि पनि मान्छेको मनमा बस्न चाहन्छुः बस्नेत

Filed under: News

– बीरेन्द्र पौडेल
“मलाई सबै भन्दा बढि डर मर्न देखि लाग्छ ” किनकी म चाहन्छु मरेपछि पनि म मान्छेको मनमा बस्न सकु , मेरा फिल्महरु सबै ले हर्ेन सकुन” -बिशारद बस्नेत ले आफ्नो जीवनको महत्व पर्ूण्ा लक्ष्य र सोच लाई उजागर गर्दै कुराकानीको क्रममा भने । आखिर जिन्दगीमा के गर्ने - कसरी नाम, दाम र इज्जत कमाउन सकिन्छ त - भन्ने मेरो सोच रह्यो र कलाकारितामा नाम ,इज्जत र पपुलारिटि भएकोले नै मैले कलाकारितालाई रोजे-बस्नेत भन्छन् । विगत चार बर्षदेखि मुर्म्बईमा र्सघषरत बस्नेतको घर नेपालको हेटौडा, मकवानपुरमा भएपनि उनको बुबा भारतमै र्सर्विस गर्ने भएकोले बिशारदको प्रायजसो बाल्यकालका दिनहरु भारतमा नै बिते ।

बिरगञ्जको गौतम हाईस्कुल र दार्जलिङ्गमा अध्यनगरी एसएलसी पास भएपछिको बाकी अध्यन भने उनले भारतमा नै गरे । बुबा विश्वनाथ बस्नेत र आमा तोत्र बस्नेतको एक्लो छोरोको रुपमा जन्मिएका बस्नेतकी एक बहिनी पनि छिन् । चार जनाको सुखी परिवारमा हर्ुर्किएका बस्नेत लाई फिल्मी क्षेत्रमा आउन पर्ूण्ा रुपमा परिवारको -बिशेषगरी बुबा) सहयोग रहेको बताउछन् । सानो उमेर बाटै विद्यालयका विभिन्न कार्यक्रमहरुमा स्टेज नाटक गर्दै अगाडी बढेका बिशारद मुर्म्बईमा पनि चार बर्षेखि हिन्दी नाटकहरुमा नै व्यस्त रहे । बिशेषगरी पहिलो प्राथमिकता अभिनयलाई दिनर्ुपर्छ भन्ने मान्यता राख्ने वस्नेत आफु हिरो बन्न भनेर फिल्मी इन्डस्टि्रमा नआएको बताउछन् । उनि भन्छन- ” म एउटा त्यस्तो कलाकार बन्न चाहन्छु जस्ले सबै खालको रोल -चरित्र) लाई निभाउन सकोस । ” उनि उदाहरणको रुपमा बलिउडका अभिनेता ओमपुरी र नस्रुद्दिन तथा हलिउडका टल ह्याङस र अल्पलियो जस्तो बन्न चाहेको इच्छा व्यक्त गर्छन । विभिन्न प्रोडक्सन हरुमा तीन साल सम्म एसिस्टेन्ट डाइरेक्टर गरिसकेका बिशारदले आकाशको एक दिन, आधे अधुरे, हम बिहार से चुनाव लडेङगे, अग्रेजीमा गुड डक्टर लगाएतका २५ वटा पर्ूण्ा नाटक र १० वटा एकाङ्गीहरुमा अभिनय गरिसकेका छन् । मुर्म्बई आगमन संगै स्ट्रगल शुरु भएको बताउदै बस्नेत भन्छन्- कलाकार बन्न कति गाह्रो हुन्छ भन्ने कुरा मैले मुर्म्बई आएर मात्र थाह पाए । विभिन्न वर्कसप तथा आई पि.टि.ए.को अन्डरमा रहेर समेत काम गरिसकेका बस्नेतले एउटा ठूलो पर्दाको चलचित्र सनिदेव मा समेत प्रमुख खलनायकको भूमिका निभाएका छन् । सो चलचित्रमा उनले अलि हजगरसंग काम गरेको बताउछन् । बिचमा थुप्रै अफरहरु आएपनि आफु उचित भूमिका नमिले सम्म कार्य नगरेको बताउने बस्नेत म र्टाईप कास्टको रोल गर्न चाहन्छ- भन्छन । तपाईको अन्तिम लक्ष्य के हो त - भन्ने प्रश्नको जवाफमा पर्ूण्ा विश्वासका साथ बिशारद भन्छन- ” मेरो लक्ष्य भनेको अभिनयबाटै अस्कर सम्म पुग्ने र अस्कार अर्वाड लिएर आउने रहेको छ ” । कतै आफू नेपाली भएकोमा हेपिनु अर्थात पछाडी पर्नुपरेको त छैन - भन्ने अर्को प्रश्नको जवाफमा बस्नेत भन्छन- शुरुमा भाषाको समस्या त अवस्य नै हुन्छ , र कता कता पछाडी परेको महशुष पनि हुन्छ तर मलाई नेपाली भएर हेपिनु पर्ला जस्तो र फेसले धोका देला जस्तो लाग्दैन किनकी नेपाली नै भएर पनि नायिका मनिषा कोइराला, खलनायक डेनी, क्यामरा मेन विनोद प्रधानले ख्याती कमाए का छन् त्यसैले प्रमुख अभिनय राम्रो हुनर्ुपर्छ । मल्टिनेशल कम्पनीमा अनलाईन मार्केटिग सिनियर सेल्स एक्जिकेटिभ समेत रहेका बिशारद आगामी दिनमा मुर्म्बईमा नेपाली कलाकारहरुलाई नाटकमा अभिनय गर्ने प्रशिक्षण दिने र छोटो समयको फिल्म बनाएर फिल्म फेस्टिबलमा पठाउने इच्छा रहेको बताउछन । आफ्नो अति मिल्ने गल प|mाइण्ड भए पनि बिबाह कोसंग हुन्छ थाह नभएको बताउने बस्नेत प्रेमलाई भगवानको मन्दिरको रुपमा लिन्छन । सधै नेपाली समुदायमा रम्न र हासी खुसी साथमा काम गर्न चाहने बिशारद नेपालीले आफ्नो अस्तित्व बचाउनु पर्छ, आफुमा भएको प्रतिभालाई देखाउनु पर्छ र आफुलाई नेपाली हो भन्न हिचकिचाउनु हुदैन भन्छन । कुराकानीको अन्त्यमा नेपाली पत्रपत्रिकाको बारेमा चर्चा गर्दै बिशारद भन्छन् - ” म नेपाली हुू भनेर भन्न र्सम मान्ने र डराउने प्रवासको ठाउूमा आएर तपाईहरुले जुन नेपाली समाज दैनिक निकाल्नु भएको छ, यो अति नै सह्रानिय कुरा हो , तपाईहरुले धेरै राम्रो गर्नुभएको छ । यसमा मैले सक्दो सहयोग गर्ने छु । - उनले भने । बलिउडको महासागरमा पौडदै गरेका नेपाली आश लाग्दा कलाकार बिशारद बस्नेतले सफलता हासिल गरुन नेपाली समाज दैनिक सफलताको लागि शुभकामना दिन चाहन्छ ।

May 11, 2006

संयुक्त नेपाली महासंघको पूण् कार्यसमिति गठन,अध्यक्षमा सिंह

Filed under: News

विरेन्द्र पौडेल
विगत २९ बर्षदेखि मुर्म्बईमा सामाजिक क्षेत्रमा क्रियाशिल विशुद्ध सामाजिक संगठन संयुक्त नेपाली महासंघको बाँकी रहेको कार्यसमितिका सदस्यहरु हिजो बसेको भेलाले पुरा गरेको छ । अत महासंघको नयाँ पदाधिरीको छनौट पुरा भएको छ । केहि हप्ता अघि अध्यक्ष जगत बहादुर सिंह मनोनित हुनुभएको महासंघमा उपाध्यक्षद्धय र महामन्त्रीमा पहिलाकै यथावत रहनु भएको छ । जसमा महामन्त्री तारा शर्मार्,अर्थ र संगठन उपाध्यक्षमा मिन बहादुर खत्री र शिक्षा तथा सस्कृती विभागको उपाध्यक्षमा प्रेम नाथ ढकाल रहनुभएको छ भने कोषाध्यक्षमा सालिकराम तिवारी, सस्कृति मन्त्रीमा गणेश ढकाल, अर्थमन्त्रीमा एकेन्द्र खड्का, शिक्षा मन्त्रीमा भरत रावल, प्रेम धानुक संगठन एंव प्रचार मन्त्रीमा र सह-महामन्त्रीमा रणबहादुर भुल रहनुभएको छ । यसैगरी महासंघ सम्बन्धी स्मारिका प्रकाशत तथा अन्य प्रकाशनको लागि सम्पादकको रुपमा महासंघले नेपाली समाज दैनिकका सहसम्पादक बिरेन्द्र पौडेल, शिक्षिका शान्ता शर्मा र पत्रकार पुष्पराज भट्टलाई सम्पादक मण्डलमा छनौट गरेको छ । मंहासंघको कानुनी सल्लाहकार एस. डी. सिंह रहनु भएको छ भने महासंघको सल्लाहकारहरुमा चेयरमेन एन के सिंह र सल्लाहकार सदस्यहरुमा रामु शर्मा, विष्णु प्रसाद पौडेल, झपट एल सिंह , रवि भट्र्राई ,मनि सुवेदी , बसन्त बहादुर खत्री,झपट सिंह बोहोरा र खेम पुन रहनुभएको छ । कार्यकारिणी सदस्यहरुमा कमलेश बोहोरा, नरेश खड्का,कृष्ण आचार्य ,प्रेम बईक,नृप रावल, मोति सिंह साउद ,टिकाराम सिंह, करन बोहोरा ,यज्ञ प्रसाद पौडेल,उदयराम जोशी, शिव सिंह दयाल, रमेश परियार, इन्द्र कुबर, राजेन्द्र सोनार, मोहन सिंह बोहोरा रहनुभएको छ । अस्ति आइतबार मुर्म्बई मराठा साहित्य संघ गिरगाउमा बसेको बैंठकमा महासंघका आजिबन तथा सकृय सदस्य दर्ुगा पाण्डेको दुःखद निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई भगवानले धर्ैय धारणा गर्ने शक्ति प्रदान गरुन भनि कामना समेत गरिएको सो सभामा नेपालमा हालै जन आन्दोलनको क्रममा शहिद भएका शहिदहरुको सम्झना गदै श्रद्धाञ्जली अपर्ण्र्ाार्नुका साथैै हालै असामायिक निधन भएका भारतीय जनता पार्टर्ीी नेता प्रमोद महाजनलाई समेत श्रद्धाञ्जली अपर्ण्र्ाारिएको थियो । अब छिट्टै नै महासंघले सामाजिक, सास्कृतिक, खेलकुद र शिक्षा लगाएत विभिन्न क्षेत्रसंग सम्बन्धित कार्यक्रमहरु लिएर अगाडी बढ्ने छ - महासंघका अध्यक्ष जगतबहादुर सिंहले बताउनुभयो । यस नयाँ कार्यसमिति २००६ देखि २००८ मा केहि नौला अनुहारहरु देखिएता पनि प्राय सबै महासंघका पुरानै पदाधिकारी रहनुभएको छ । स्मरणरहोस यस भन्दा पहिला महासंघलाई भूतपर्ूव अध्यक्ष विष्णु पौडेल कुशल नेतृत्व दिनुभएका थियो ।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

पाठकहरु Free Site Counter
Free Site Counter