गीतसंगीतमा जति सिक्यो उति नया“ लाग्छ ः रामकृष्ण
नेपाली आधुनिक तथा चलचित्र क्षेत्रका ख्यातीप्राप्त गायक रामकृष्ण ढकाल गीत संगीत प्रेमीहरुका लागि कुनै नौलो नाम होइन । सानै उमेर देखि गीत गाउने ढकाल बीस बर्षदेखि गायन क्षेत्रमा क्रियाशिल छन् । उनि भन्छन-मैले १३ बर्षो उमेरमा ढकाल सुमधुर सा“झ गरेको थिए । २०४५ सालमा हाम्रो शुन्दर संसार थियो , हुरी आई उर्डाई दियो बोलको गीत र्रर्ेकड पहिलो पटक गरेका ढकालले २०४७ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेे त्यसपछि २०४९ सालमा पहिलो एल्बम आर्शिबाद बजारमा ल्याए जसको र्रर्ेकडिङ पनि मुर्म्बईमा भएको थियो । माया गर्नेको चोखो माया पनि देखियो, रिसाउदा नि आफ्नै खुसी हुदां नि आफ्नै जस्ता गीतहरु एकदमै चर्चित भए र त्यसले उनलाई चिनायो । त्यसपछि उनलाई अझ बढि यो क्षेत्रमा स्थापित गर्ने काम आशा एल्बमले गर्यो जसमा ओराली लागेको हरिणको चाल भो , बाचुन्जेल सम्म पनि मरेकै हाल भो छल गर्यो मायाले बोलका गीतहरु रहेका छन । एक सय भन्दा बढि चलचित्रहरुमा गीत गाईसकेको र विभिन्न चलचित्र तथा एल्बमहरुमा गरि एक हजारभन्दा बढि गीत गाईसकेका ढकालले अहिलेसम्म ७ वटा एकल एल्बमहरु बजारमा ल्याईसकेका छन । आर्शिवादबाट शुरु भएको उनको सांगतिक यात्रा आषिस, आशा, आरोह, आग्रह,आधार, आश्रय हुदै निमार्ण्ााधिन आगमन सम्म पुगेको छ । तयारीमा रहेको यो एल्बमा एकल मात्र नभएर डोयट गीत पनि राखेको छु जसमा साधना सरगम र श्रेया घोसालले मलाई साथ दिनुभएको छ- ढकालले कुराकानीको क्रममा भने । बाराको निजगढमा २०३१ सालमा जन्मिएका रामकृष्ण ढकालको बाल्यकाल भने चितवन बित्यो त्यहा उनकोे पुखौली घरपनि छ । आमा, एक दिदी र चार दाजुभाईहरु रहेका ढकाल अहिले १७ बर्षदेखि काठमाण्डौमा नै परिवारको साथमा रहदै आएका छन् । गीत र्रर्ेकडिङ तथा कार्यक्रममा सहभागी हुन गत हप्ता गुजरात र इन्दौर हुदै मुर्म्बई आईपुगेका ढकालसंग बीरेन्द्र पौडेलले कुराकानी गर्नुभएको थियो । प्रस्तुत छ सो कुराकानीको सारसंक्षेप -

मुर्म्बई के को लागि आउनु भयो ?
मुर्म्बई त म धेरै अगाडी १९९३ देखि आउने गर्थे । तर यति बेला म विभिन्न कार्यक्रमहरुको शिलसिलामा आएको हुं । मैले यतिबेला गुजरातका विभिन्न ठाउंहरुमा, इन्दोर, भोपालमा र पर्सिको मुर्म्बईको कार्यक्रममा सहभागी हुदै छु भने मेरो अहिलेको आगमन एल्बमको रेकडिङ पनि गरिरहेको छु । जस्को असी प्रतिशत काम भैसकेको छ ।
प्रवासमा यति धेरै नेपालीहरु र तपाईका प्रशंसकहरु देख्दा तपाईलाई कस्तो महशुस भयो ?
सबै भन्दा पहिला मलाई प्रवासमा यति धेरै नेपाली देख्दा दुःख पनि लाग्यो किनकी यदि देशमा सबै नेपालीलाई यहि अनुसारको पैसा र रोजगार हुन्थ्यो भने यसरी विदेशीनु पर्ने थिएन । तर अर्को कुरा खुसी पनि लाग्यो कि म जहा जान्छु त्यहा थुपं्रै नेपालीहरु भेट्न पाएको छु , यसरी प्रवासमा नेपालीहरु हुनुहुन्छ त्यसैले हामीहरु कार्यक्रमहरु लिएर देश विदेशमा जाने गर्दछौ । र राष्टको ठूलो आर्थिक उन्नती वैदेशिक रोजगारले गरेको छ त्यसैले राम्रो पनि हो ।
आगामी २३ तारिखमा हुने कार्यक्रम मा तपाई कसरी प्रस्तुत हुनु हुनेछ ?
म धेरै पहिला देखि नै मुर्म्बईमा आउने जाने गर्थे तर मुर्म्बईमा यो मेरो पहिलो कार्यक्रम हो । पहिलाभन्दा अहिले थुप्रै नेपालीहरु मुर्म्बईमा रहेको मैले पाए र कार्यक्रममा पक्कै पनि ठुलो संख्यामा दर्शकहरुको सहभागिता हुनेछ । मैले यस कार्यक्रममा मेरा चर्चित गीतहरु जुन श्रोताहरुले र्सवाधिक मन पराउनु भएको छ जस्तै ओराली लागेको हरिणको चालभो, मन पराउने हजार भेटिन्छन, चरिले त छाडेर गैहाल्यो जस्ता गीतहरु गाउने छु । यस भन्दा पहिला मेरो गुजरात र इन्दौरका कार्यक्रमहरुमा पनि दर्शक र श्रोताहरुकेा राम्रो सहभागिता रहेको थियो । त्यसैले मुर्म्बईको कार्यक्रम पनि अवश्यनै निक्कै राम्रो र भव्य हुने छ । तर मुर्म्बईमा हप्तै पिच्छे प्रतिस्पर््रधात्मक रुपमा कार्यक्रमहरु हुने गरेको मैले पाए , दर्शकहरुलाई नौलो कार्यक्रम दिनु पर्छ , एकआपसमा होडबाजी हुनु राम्रो होइन बरु महिनाको एक पटक कार्यक्रम गरेर त्यसलाई राम्रोसंग गर्नु पर्छ ।
तपाई कार्यक्रमहरु लिएर हाल सम्म कुनकुन देश मा जानु भयो त ?
म प्राय सबै देशहरुमा गई सकेको छु साउथ एसियाका जहा धेरै नेपालीहरु छन् । त्यसैगरी युरोपको अमेरिका , सिंगापुर , हङ्गकङ लगाएतका देशहरुमा कार्यक्रमको सिलसिलामा पुगिसकेको छु ।
गायन क्षेत्रमा लागेर हालसम्म के कति सम्मान र अर्वाडहरु पाउनु भयो ?
म गीत संगीतको क्षेत्रमा सानै देखि लागेको हँु त्यसैले थुप्रै पुरस्कारहरु पाएको छु । जहाँसम्म राष्ट्रिय स्तरको पुरस्कार छ मैले २०५५ सालमा राजा विरेन्द्रको हातबाट गोर्खा दक्षिण बाहु पाएको छु । त्यसैगरी मैले मोसन पिर्क्चस अवार्ड पनि पाएको छु जुन अहिले सम्म नेपालमा स्वर्गिय नारायण गोपाल,उदितनारायण झा र मैले मात्रै पाएको छु । त्यसैगरी लगातार चार पाच बर्षम्म बेस्ट सेलिङ अर्वाड, २०५६ सालमा स्वर सम्राट नारायण गोपालको नाममा राखिएको नारायण गोपाल युवा संगीत साधक पुरस्कार, हिट्स एफएम अवार्ड , म्युजिक अर्वाड लगाएतका थुप्रै अर्वाड र लाखौ श्रोताहरुको माया पाएको छु ।
यो गायन क्षेत्रमा आउन के कति प्रशिक्षण लिनु भयो ?
मैले बीचमा संगीत प्रवीण नमराज ढकालसंग दर्ुइ तीन बर्षसास्त्रीय संगीतको प्रशिक्षण लिए, बाकी त्यस्तो मैले केहि लिएको छैन । आफै रियाज गर्छु ।
तपाई बीचमा चलचित्र आर्शिवादमा देखा पर्नु भयो । अभिनय गर्नु भयो - त्यो आर्शिवादको कहानी तपाईको जीवनसंग सम्बन्धित हो भनिन्छ नि ?
चलचित्र आर्शिवादका केहि पक्षहरु छन् जो मेरो जीवनसंग केहि मिल्दा जुल्दा छन् जस्तै त्यसमा र्सघष गरेको कुरा भयो । मेरो गीतसंगीतको क्षेत्रमा कोहि पनि थिएन तर पनि म संंगीत क्षेत्रमा र्सघष गरेर आए । बाकी सबै व्यवसायिक रुपमा बनाईएको चलचित्र हो र त्यसमा मैले अभिनय गरेको हुं । पहिला भने त्यसलाई पर्ूण्ा रुपमा मेरो कथावस्तुमा बनाउने कुरा थियो तर पछि व्यवसायिक रुपमा नचल्ला भनेर व्यवसायिक बनाईयो ।
आर्शिवाद पश्चात तपाई कुनै पनि फिल्ममा देखा पर्नु भएन नि ?
हो म त्यसपछि चलचित्रहरुमा देखा परिन । मलाई थुप्रै अफर पनि आएको थियो तर मलाई विशेष रुची र मेरो क्षेत्र नै संगीत भएको ले मैले यसैलाई रोजे र मेरा आधा भन्दा बढि श्रोताहरुले फिल्म मा खेल्नुस् भन्ने सुझाव दिएका थिए भने आधाले नखेल्नुस् भन्ने सुझाव पनि दिएका थिए ।
तपाईको अन्तिम लक्ष्य अर्थात गन्तव्य कहाँसम्म हो ?
यो क्षेत्रमा खासै अन्तिम जाने ठाउ भनेर कहि हुदैन, मैले सानो उमेर देखि यो क्षेत्रमा लागेको हुनाले म अहिले जुन स्थानमा छु त्यसलाई निरन्तरता दिनु अहिले मेरो लागि मुख्य महत्वको विषय बनेको छ । आफ्नै शैलीमा नया मेलोडीहरु ल्याएर यसलाई लोप हुन नदिन मैले आफ्नो जुन गन्तव्य छ त्यसलाई निरन्तर अगाडी बढाउनु पर्छ । संगीतमा जति सिक्यो उति नया लाग्छ यो कहिल्यै सिकेर पुरा हुदैन ।
यो गायन तथा कलाकारिताको क्षेत्रमा आउन चाहने नया युवा युवती हरुलाई के शन्देश दिन चाहनु हुन्छ ?
गीत संगीतको क्षेत्र मनोरञ्जनको क्षेत्रभएको ले यसमा सबै आउने प्रयत्न गर्दछन् । यदि आफुमा कला छ लगन छ भने आउदा हुन्छ त्यसमा लागि पर्नु पर्छ । देखेर मात्रै हुदैन, गर्न झन गाह्रो हुन्छ । यथार्थमा जिउने प्रयास गर्नुहोस, काल्पनिक संसारमा नबाच्नुहोस । आफुमा भएको प्रतिभालाई आफ्नै ठाउमा देखाउनुस र र्सघष गर्नु होस अवश्य सफल होइन्छ ।
अहिले आधुनिक गीत संगीतको बजार अलि खस्किएको पाइएको छ र लोकगीत र पपगीतले बढी मार्केट लिएको पाइन्छ त्यो किन होला ?
हैन, आधुनिक गीतको सेलिङ हर्ेर्ने हो भने त्यसमा केहि कमि आएको छैन । तर मिडियामा अहिले बढि हाईलाईट लोक गीत र पपगीतलाई गरेको हुनाले आधुनिक गीत अलि ओझेलमा परेको महशुस भएको होला तर आधुनिक गीतका आफ्नै श्रोताहरु छन् आफ्नो छुट्टै स्थान छ ।
अहिले देशमा चलिरहेको हंत्या हिसालाई कसरी हर्ेर्नु भएको छ र यसको समाधान के होला ?
हाम्रो देशको राजनिति खुल्ला किताब जस्तो भयो । कसैलाई धेरै थाह छ कसैलाई थोरै । म पनि एउटा राष्टको सचेत नागरिक भएको नाताले देशको स्थिति प्रति चिन्तित छु र हामीले पनि विभिन्न सामाजिक कार्यक्रम हरु गरेर शान्तिको लागि आब्हान गरेका छौ । अहिले पछिल्ला दिनहरुमा गएर नेपाल विश्वमै फेमस छ तर नराम्रा खवरहरुले गर्दा बम पड्किएको छ , भिडन्त भैरहेको छ यस्तै यस्तै तर हामी भन्छौ त्यति हल्ला चले जस्तो पनि छैन । देशकै लागि देशमा परिवर्तन ल्याउनको लागि नै यो युद्ध भएको हुन सक्छ भनेर हामी ठाउ ठाउँमा भन्ने गर्र्छौ । अब सबै एकजुट भएर देशमा शान्ति ल्याउनु पर्छ । चाडै नै देशमा राम्रो समाधान होस् । देशमा प्रजातन्त्रको स्थापना होस् भन्ने मेरो चाहना छ ।
प्रसंग बदलौ, प्रेमलाई कसरी हेनु भएको छ ?
प्रेम जिवनको अभिन्न अंग हो । अर्को तिर एउटा मिठो खालको फिलिङ हो । मायाको कुनै सिमा पनि हुदैन, कहा र कहिले को संग के लेखिएको हुन्छ र माया हुन्छ केहि थाह हुदैन ।
विवाह कुन क्षेत्रसंग सम्बन्धितसंग गर्नु भयो ?
बिवाह भनेर मात्रै हुदैन, लेखेको हुनर्ुपर्छ , मेरा थुप्रै केटी साथीहरु थिए , मैले सुन्थे मेरो लागि तिजको व्रत बस्थे, कसैले भन्थे तपाईको फोटोमा पुजा नगरी म खानै खान्न,आदि आदि म त्यसलाई नराम्रो रुपमा लिन्न यो हुनु पर्छ , तर यो संगीत लाई हेरेर माया गर्नुपर्छ , संगीतसंग मित्रता गास्नु पर्छ, मेरो यति धेरै केटि साथीहरु हुदा पनि मैले बिहे गर्न केटी खोज्नु पर्यो । जस्तै मेरो गीतमा पनि छ मन पराउने हजार भेटिन्छन जुनी काट्ने एउटै संग भने जस्तै जुनी एउटै संगमात्रै काटिन्छ । मैले पनि भने जस्तो पाएको भए गीतसंगीतको क्षेत्रसंग सम्बन्धितसंग नै बिहे गर्थे होला ।
आजकल केटी हरुको बल्फ कल या प्रपोजहरु कत्तिको आउछन नि ?
हास्दै.. त्यो त विबाह पछि पचास प्रतिशत त्यसै कम भैहाल्यो तै पनि आउने गर्छ । तर म केटी साथीहरुलाई के भन्न चाहन्छु भने तपाई र हाम्रो सम्बन्ध भनेको गीत संगीत हो । हामी तपाईहरुको राम्रो साथी बन्न सक्छौ तर जीवन साथी बन्न सक्दैनौ । जुनी आखिर एउटैसंग काटिन्छ । म यहा एउटा रोचक घटना सुनाउन चाहन्छु मैले बिवाह गरेको केहि दिनमा मलाई एउटा चिठ्ठी आएको थियो जसमा मेरा सबै एल्बमहरु फिर्ता गरिएको थियो भने मलाई धोकेबाज भनेर लेखिएको थियो , थुप्रै गुनासोहरु थिए । म के भन्छु भने तपाईहरु त्यसो नर्गनुस् मेरो गीत संगीतलाई मन पर्राई दिनुस र मेरो राम्रो साथी बनि दिनुस् ।
अन्तमा केहि भन्नु छ कि ?
र्सवप्रथम त प्रवासमा तपाईहरुले जुन प्रयास गर्नु भएको छ अति राम्रो छ । यसको सफलताको लागि कामना गर्दछु यसलाई अझ राम्रो बनाउदै लैजानुस प्रवासमा सुचना दिनुहोस् । जहांगए पनि नेपालको बारेमा नराम्रो सुन्न पाईन्छ । त्यसलाई सकारात्मक रुपमा सबै तिर सन्देश फैलाउनुहोस् । नेपालमा राम्रो वातावरणको सृजना होस भन्ने कामना गर्छर्ुु अन्तमा सम्पर्ूण्ा प्रवासी नेपालीहरुलाई पर्सि हुने कार्यक्रममा आउनको लागि आग्रह समेत गर्दछु ।




विपनाद्वारा अभिनित मानिस, बरमाला, दादागिरी र ममता लगाएतका चलचित्रहरु पर््रदर्शन हुने क्रममा रहेका छन् । एकदशक देखि चलचित्र क्षेत्रमा लगातार क्रियाशिल विपना थापा गत २ अप्रिलका दिन सुदुरपश्चिम सास्कृतिक समुहले किग्ज र्सकल स्थित षड्मुखानन्द हलमा आयोजना गरेको नौलो पिरती नामक कार्यक्रममा सहभागी हुन मुर्म्बई आईपुगेकी थिईन । मुर्म्बई लगाएत भारतका अन्य शहरहरुमा झण्डै आधा दर्जन कार्यक्रमहरुमा सहभागी हुन आएकी विपनासंग नेपाल भारत बल्गसमको लागि बीरेन्द्र पौडेलले उनको जीवनमा भएका पहिला कुराहरुलाई लिएर छोटो कुराकानी गर्नुभएको थियो । प्रस्तुत छ सो कुराकानीको सारसंक्षेप -

उनले दर्शकहरुलाई प्रवासबाटै भएपनि देशको हत्या हिंसा र भ्रष्टाचारलाई रोक्न विशेष पहल र सन्देश दिनुपर्ने सुझाव समेत दिएकी थिईन । कार्यक्रमका अर्का आर्कषण चर्चित लोक पप गायक रामचन्द्र काफ्लेले नेपाल देखि मुर्म्बई सम्म आएर हज्जारौ दर्शकहरुको माया बटुल्न पाएको आफु भाग्यमानी ठानेको उल्लेख गर्दै सधै दर्शकहरुको माया पाईरहने आशा समेत व्यक्त गरे । कार्यक्रममा उनले दार्जलिङको घुम्तीमा घुम्यो रेल, खेलौला देउडा चैताली, छड्के नजर लगाउने नानीले लगाएतका गीतहरु प्रस्तुत गरेर हज्जारौ दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए । त्यसै गरी अर्का चर्चित लोकदोहोरी गायक मिलन लामाले माझी दाई पोखरा फेवातालको , छम्म छम्म नाचिदेउ गीत प्रस्तुत गरेर दर्शकहरुलाई समेत नचाएका थिए । माझी दाई पोखरा फेवातालको भन्ने गीतमा मिलन लामा र रमिला न्यौपानेले दोहोरी गाएका थिए । कार्यक्रममा चर्चित देउडा गायक नरेन्द्र राज रेग्मी, चर्चित देउडा गायिका डिक्रा देवी र अशोक वस्नेत लगाएतका गायक गायिकाहरुले देउडा गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा अशोक बस्नेत र अमर लामा, यमुना चन्द, रमिला न्यौपाने, माधवी र्घर्ती लगाएत अन्य कलाकारहरुले दोहोरी गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको बीच बीचमा गरिएको नृत्यले कार्यक्रमलाई थप रोचकता प्रदान गरेको थियो । दर्शकहरुको उत्साहजनक सहभागीता रहेको कार्यक्रम नौलो पिरतीको प्रस्तुतकर्तामा टेक बहादुर सिंह, निर्देशकमा नरेन्द्र श्रेष्ठ, संयोजकमा कृष्ण बोहरा, व्यवस्थापकमा बिर बहादुर बटला र तारा सिंह खड्का तथा सहयोगी हरुमा प्रेम धानुक, भिम बहादुर बटला, तिलक जोशी र ठक्क बी. भण्डारी रहेका थिए । कार्यक्रमको सञ्चालन वि.एल.पौडेल प्रकाशले गर्नु भएको थियो । कार्यक्रमलाई बीच बीचमा नायिका विपना थापा र मिलन लामाले समेत सञ्चालन गरेका थिए । दर्ुइ दिन अघि मुर्म्बई आएका कलाकारहरुले प्रवासी नेपालीहरुको बिचमा रहन पाउदा आफुहरु अत्यन्तै खुसी रहेको बताएका छन् । कार्यक्रममा २५०० भन्दा बढि दर्शकहरुको सहभागिता रहेको थियो ।

हामीलाई समाचार पठाउनुहोस
सत्य, तथ्य समाचारको लागि सधै अगाडी
नेपाली समाज दैनिक, मुर्म्बई ,
