भूमिलाल पौडेल “प्रकाश”
भौगोलिक हिसावले हाम्रो देश सानै भएपनि स्वाभिमान र बीरताका कारण र्सवब्यापी छ । त्यसमापनि हाम्रा बीर पर्ुखाहरुको बीरताको गाथा त झन बिचित्रको छ । नेपालीहरु मात्र एउटा यस्तो जाती हो जो संसारको थुप्रै भू-भागहरुमा आफ्नो बीरताको कुशल पर््रदर्शन गरेकोछ । त्यसैले त पर्ुखाले कमाएको ख्यातीलाई आज हामीले मागी खाने भाँडो बनाएका छौं । साथीहरुको आग्रहमा मैले कहिलेकाँही नेपाली स्टेज कार्यक्रमहरुमा उद्घोण गर्ने गर्ने गरेको छु । उदघोषणको क्रममा मैले एउटा बाक्य प्राय दोहर्याउने गरेको छु-”नेपाली मात्र एउटा यस्तो जाती हो, जो मेहनतमा बिश्वास राख्दछर्,र् इमान्दारीतामा बिश्वमस राख्दछ, अनि नेपालीहरु मात्र एक त्यस्ता जातीहरु हुन जो पौरखी र सहासी हुन्छन । उनीहरु मेहनत र परिश्रमको बलमा बाच्छन, तर कहिल्यै भिख माग्दैनन “-भनेर । मैले यसो भन्दा दर्शक दिर्घर्ाा बसेकार् इमान्दार, मेहनती, पौरखी र सहासी तथा राष्ट्रप्रेमी नेपालीहरुले कर्तलध्वनीले ताली बजाएर मबाट ब्यक्त अभिब्यक्तिमा एकाकार भै र्समर्थन जनाउनुहुन्छ । पर्ुखाको बीरताको गाथा सुनाएर म आप\mैमा गौरवन्वीत हुन्थें, र सँधै हर्षविभोरपनि । तर मेरो गौरव र हर्षा त्यसदिन ठूलो सीतलहर चल्यो, जुनदिन मैले मुर्म्बईको सान्ताक्रुज रेल्वे स्टेशनको पब्लीक ब्रिजमा एक बृद्ध नेपालीले भिख मागिरहेको देखें । त्यो दृश्यले मलाई मर्माहित बनायो । बेखर्ची भएको र दुःख परेको बेलामा नेपालीले नेपालीसँगै सहयोगको याचना गरेर चन्दा माग्ने कुरालाई स्वभाविक मान्नर्ुपर्छ ।
बद्रिनाथ थापा
तर नेपाल देखि कोशौं टाढा मुर्म्बई जस्तो ब्यवसायिक नगरीमा आएर एउटा नेपालीले गैर-नेपालीसँग भिखको याचना गर्नु हामी पौरख र मेहनतमा बिश्वास राख्नेहरुको निम्ति मरेतुल्य हो । कुरा गत फागुन २९ गतेको दिनको हो । सान्ताक्रुज स्टेशनमा मेरा समकक्षी मीत्र पर्ूण्ा कुमाल जी भेट हुनुभयो र हामी स्टेशनको ब्रिजमा आएर भलाकुसारी गरिरहेका थियौं । मैले हामी उभ्भिएको ठाउँ नजिकै ६५-७० बर्षा बृद्धलाई बोरा ओछ्याएर भिख माग्ने पसल थापेको देखें । यहाँका रेल्वे स्टेशन र र्सार्वजनिक स्थलहरुमा यस्ता दृश्यहरु थुप्रै देखिने हुँदा मैले त्यसलाई उतिसाह्रो महत्व दिईन । पर्ूण्ा जी र म मात्र तीन मीनट जति कुरा गरेका के थियौं, ति बृद्धले आप\mने बोरा उठाएर हामी नजिकै आएर उभ्भिए र हाम्रो कुरा सुन्न थाले । ति ब्यक्ति नेपाली नै हुनर्ुपर्छ भन्ठानेर पर्ूण्ा जीले उनसँग नेपाली मै सोध्नुभो-नेपाली हो - ति ब्यक्तिले जवाफ दिए- हो । वहाँले फेरी प्रश्न गर्नुभयो- कहाँ बस्नुहुन्छ - उनले निसंकोच जवाफ दिए-”यही, भिख मागेर बस्छु । के गर्नु, चोर्नुभएन, मर्नु पनि भएन, त्यसैले…..।” उनका जवाफहरुले मेरो मन दुख्यो र आर्श्चर्य पनि लाग्यो । किनकी मैले प्रवासमा आएर नेपालीले भिख मागेको देखेको पनि थिईन र सुनेको पनि थिईन । मैले मनमनै प्रत्रि्रश्न गरें-के अव हामी बीरताको पगरी गुथेका नेपालीका सन्तानहरुमा भिख मागेरै ज्यान पाल्नुपर्ने बिकल्प मात्र बाकी रहेको हो त - त्यो पनि मुर्म्बईमा । मलाई असैह्य भयो । तथापी उनी को हुन र किन उनलाई भिख माग्नुपर्ने बाध्यता आईपर्यो - यसबारे मलाई जान्न मन लाग्यो । उनको पुख्र्यौली घर धनुषा जिल्लाको जनकपुर आसपासमा पर्ने कमलाखोचमा रहेछ । आप\mनो नाम बद्रिनाथ थापा -खड्का ) बताउने ति ब्यक्तिको परिवारमा आफु बाहेक अरु कोही नभएको र ६८ बर्षो उमेर पुगिसक्दापनि बिहे नगरको बताए । काम नगरेर किन भिख मागेको त भनी सोध्दा उनले भने- औरंगाबादमा दरवान -वाचमेन) को काम गर्थे, साथीहरुले मुर्म्बईमा राम्रो काम पाईन्छ भनेर साथीहरुकै साथ लागेर यहा आएँ । तर साथिहरुले छोडेर जानुभयो । त्यसपछि थुप्रै होटल र बिल्डीङहरुमा काम खोजे । कहिपनि काम पाईन । आज तेह्रदिन भयो यहा बसेर भिख मागिरहेको छु । दिनभरी भरी बसेर भिख माग्दा कहिले तीन रुपिया हुन्छ त कहिले पाँच । उनको भिख माग्नुपर्ने कारण त्यति ओजिलो लागेन । तरपनि एउटा बृद्ध नेपालीले प्रवासमा आएर पनि हात पाखुरा चलाएर खान्छु भन्दा समेत काम नपाएर भिख माग्नुपर्ने अवस्थाले उनीप्रति हाम्रो करुणा जाग्यो । त्ससैले हामीले जस्तोतस्तो नोकरी पाउने केही स्थानको ठेगाना, फोन नम्बर र केही रकम दियौं । त्यसछि उनको अनुहारमा चमक देखियो । तर त्यो चमक दिर्घकालीन थिएन । किनकी उसको आज त भरपेट खाएर बित्छ, तर उसको भोली ……..। अर्को तर्फ, नेपालीमा एउटा आहान छ- बुढी मरी भनेर नरुनु काल पल्क्यो भनेर रुनु”-भन्ने । बैरीलाई धुलो चटाउने बीर पर्ुखाको संन्तान बद्रिनाथले आज भिख माग्दैछन, भोली अर्को नेपालीले माग्ला, अनि यो संख्या बढदै जाला । अनुमान गरौं, त्यसपछि हाम्रा पर्ुखाले आर्जेको ख्यातीको के होला - भिख माग्नु बद्रिनाथको दोष होईन । किनकि उनले भनेका छन-काम पाईन, त्यसैले बाँच्नका लागि……..भनेर । दोषी त तीनीहरु हुन जस्ले आज राष्ट्रप्रेमी नेपालीलाई प्रवासीन बाध्य तुल्याएको छ । कसैलाई रहर लाग्दैन-मातृभूमिबाट पलाएन हुँ भन्ने । मुलुकका असक्ष्यम शासकहरु, मुलुकको डामाडोलयुक्त शासन प्रणाली र युद्धरत परिस्थिति नै प्रमुख उपज हो-बद्रिनाथहरु प्रवासीनुको र भिखारी बन्नुको । द्वन्द र बेरोजगारीको चपेटालाई झेल्न नसकेर प्रवासीएका नेपालीहरुमा फेरी अर्को बद्रिनाथ कोही नबनोस । यदि त्यस्तो भएमा स्वभिमानी नेपालीको मन दुख्ने छ ।