बीरेन्द्र पौडेल,
मुर्म्बई, ७ जनवरी । भारतको अति व्यस्त शहर अर्थात बलिउड नगरी । मुर्म्बईमा एक पछि अर्को गरी नेपाली चलचित्र (कलिउड)का चर्चित नायक नायिकाहरु आउने जानेक्रम जारी छ । फिल्मी नगरीको रुपमा परिचित मुर्म्बई यसैपनि कलाकारहरुको लागि मात्र नभएर सबैका लागि सपनाको शहर बनेको छ । केहि बर्षपहिला नेपाली फिल्मको इडिटिङ, मिक्सिङ,सुटिङ र गीत रेकर्डिङको लागि समेत नेपाली चलचित्र क्षेत्रका निमार्ता-निर्देशक तथा कलाकारहरु मुर्म्बई आउने गर्दथे भने अहिले दुइ बर्षयता आएर नेपाली सास्कृतिक कार्यक्रममा सहभागी हुन भनि नेपाली चलचित्र क्षेत्रका चर्चित नायक नायिकाहरु मुर्म्बई आउने गरेका छ । यसैबीच यसैहप्तामा कलिउडका चर्चित दुइ नायक मुर्म्बई आउने भएका छन् । नेपाली चलचित्रमा छोटो समयमै एक्शनबाट आङ्खनो छुट्टै स्थान ओग्टन सफल नायक निखिल उप्रेती भोलि हुने सिने संगम कार्यक्रममा सहभागी हुन मुर्म्बई आउदैछन् भने नेपाली चलचित्र क्षेत्र का सुपरस्टारको रुपमा परिचित नायक राजेश हमाल अर्को आइतबार अर्थात १५ जनवरीमा हुने मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रममा सहभागीता हुन आउदैछन् । 
नेपाली चलचित्रका यि दुइ हस्ति आउने खबरले मुर्म्बईमा चलचित्र प्रेमी दर्शकहरुमा नया“ उमंग छाएको छ भने कार्यक्रम आयोजकहरु पनि जोडतोडका साथ कार्यक्रम सफल तुल्याउन लागि परेकाछन् । भोलि चर्निरोड स्थित भारतीय विद्या भवनमा एक्शन नायक निखिल उप्रेतीलाई भेट्न सकिने छ भने आगामी आइतबार चर्निरोडको मुर्म्बई मराठी साहित्य हलमा हुने कार्यक्रममा सुपरस्टार नायक राजेश हमाललाई भेटिने छ । दुवै नायकहरु मुर्म्बई लगाएत सुरत वापी, पुना, अहमदावाद लगाएतका भारतका अन्य शहरहरुका कार्यक्रमहरुमा समेत सहभागी हुनेछन् । नेपालको वर्तमान अवस्थाले चलचित्र क्षेत्र मात्र नभएर सबै क्षेत्रमा मन्दि आएको अहिलेको अवस्थामा यि दुइ व्यस्त नायक हरुको भारत आगमनले पनि नेपाली चलचित्र क्षेत्रमा केहि मन्दि आएको महशुस गर्न सकिन्छ । एक्शन नायक निखिल उप्रेती लाई मुर्म्बई मा पहिलो पटक प्रितम् फिल्मस् डिस्टिव्यर्ुटस्ले लिएर आउदै छ भने सुपरस्टार राजेश हमाललाई मुर्म्बईमा धानुक सास्कृतिक समुहले ल्याउदै छ । राजेशलाई अन्य शहरहरुमा निर्देशक प्रेम वि.केले लिएर जानेछन । राजेश हमाल यसभन्दा पहिला पनि दुइ पटक यस्तै सास्कृतिक कार्यक्रममा सहभागी भैसकेको हुनले उनको यो तेस्रो कार्यक्रम हो भने निखिल सास्कृतिक कार्यक्रमको लागि पहिलो पटक मुर्म्बईमा आएको हुनाले निखिलका फ्यानहरु अझ विशेष उत्साहित देखिन्छन् । यस भन्दा पहिला पनि मुर्म्बईमा कलिउडका चर्चित खलनायक सुनिल थापा, चर्चित नायकहरु दिलिप रायमाझी, सुशिल क्षेत्री,रमित ढुंगाना, निर्देशक शिव रेग्मी, शेखर कोइराला, नायिका झरना थापा, नृत्य निर्देशक बस्ान्त श्रैष्ठ, निर्माता अशोक शर्मा, अर्जुन श्रेष्ठ, हास्य कलाकार नारायण त्रिपाठी, संगीतकार सुरेश अधिकारी, निर्देशक नरेश पौडेल लगाएतका दर्जनौ हस्तीहरु मुर्म्बई आइसकेका छन । चर्चित खलनायक मुरलीधर , गायक कुमार कान्छा, वरिष्ठ संगीतकार रञ्जित गजमेर, निर्देशक वि.एस.थापा, नायिका सोनिया मल्ल , गायिका जमुना शर्मा लगाएका कलिउडसंग सम्बन्धित कलाकारहरु मुर्म्बईमा नै रहदै आएका छन् । यसरी बलिउड नगरी मुर्म्बईमा कलिउडका चर्चित नायक नायिका, गायक गायिका, निर्माता निर्देशक तथा कलाकारहरुको आगमनले झण्डै चारलाख प्रवासी नेपाली रहेको मुर्म्बईमा एउटा बेग्लै रौनक छाएको छ । मुर्म्बई बाट प्रकाशित हुने नेपाली समाज दैनिक लगाएतका प्राय सबै पत्रपत्रिकाहरुमा कार्यक्रम सम्बन्धी प्रचार प्रसार र समाचारले विशेष स्थान ओगटेको छ ।