नेपालभारत ब्लग साइटमा तपाईलाई स्वागत छ । यो र्साईट भारत मुम्बइमा बस्ने नेपालीहले सञ्चालन गरेको भारतबाट पहिलो ब्लग र्साईट हो । यस र्साईटलाई अझै राम्रो बनाउन के गर्नु पर्ला कृपया आफ्नो सुझावहरु कमेन्टमा लेखि पठाउनु होला ।नेपालभारत ब्लग सम परिवार

December 28, 2005

गायक गायिकासंगै दोहोरीमा नाचे मुर्म्बईबासी

Filed under: News

वीरेन्द्र पौडेल
मुर्म्बई २७ डिसेम्बर । लोक सांस्कृति आफ्नो परम्परालाई कसैले चाहेर पनि भुल्न सक्दैन । त्यसैले त आफ्नो लोक संस्कृति भन्ने वित्तिकै सबै हुरुक्क हुन्छन् अनि त्यसैमा उनीहरु रमाउन चाहन्छन ।
गत आइतबार भएको एक सांस्कृतिक कार्यक्रममा यो कुराको पुष्टि गरिदिएका छन् मुर्म्बईबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले । नेपालबाट आएका लोकदोहोरी गायक-गायिकाहरुले दोहोरी लोकगीत प्रस्तुत गरेपछि सबैले छमछमी नाचेर आनन्द लिए । संयुक्त नेपाली महासंघ मुर्म्बईको २९ औ वाषिर्कोत्सवको उपलक्ष्यमा आयोजित लोक दोहोरी साँझ कार्यक्रममा जब चर्चित दोहोरी गायक प्रजापति पराजुली र पार्वती जिसीलगायतका गायक गायिकाहरुले गीत प्रस्तुत गरेका थिए कहिल्यै ननाच्नेहरु पनि तम्सिएर नाचि रहे…नाचिरहे ।
(more…)

December 24, 2005

लोकदोहोरी गायक गायिका मुर्म्बईमा

Filed under: News

वीरेन्द्र पौडेल
मुर्म्बई २४ डिसेम्बर । नेपाली लोकदोहोरी गायन क्षेत्रका चर्चित गायक प्रजापति पराजुली, गायिका पार्वती जिसी, धना पुन, सरला पाण्डे र गायक तारापति सुवेदी, तथा बरिष्ठ बाध्यवाध्यकर् इश्वर गायक धन बहादुर मुर्म्बई आई पुगेका छन् ।
संयुक्त नेपाली महासंघ मुर्म्बईले आगामी २५ डिसेम्बरमा गर्न गईरहेको लोक दोहोरी सा“झमा सहभागी हुन् बिहीबार कलाकारहरु मुर्म्बई आइपुगेका हुन् । मुर्म्बईको मरिनलाईन स्थित बिरला मातोश्री हल्ामा हुने कार्यक्रममा लोक दोहोरी, भजन, लोकगीत र पप गीत समेत प्रस्तुत हुनेछ भने नेपालबाटै आएका कलाकारहरुद्वारा नृत्य पनि प्रस्तुत हुने गायक प्रजापति पराजुलीले कार्यक्रमबारे जानकारी दिदै भन्नुभयो । लोक दोहोरी एल्बम बयर घारिमा, लोक पप र भजन तथा तीजका एल्बमहरु गरी दर्जनौ एल्बमहरु बजारमा ल्याइसकेका प्रजापति पराजुली, सोह्रवर्षो, भाले बासेछ, फूल गेटैमा, दिदी बहिनी लगायतका एल्बमहरुमा स्वर दिइसकेकी पार्वती जि.सी. र धना पुन तथा हे भेना, वालिङ फिरफिरे, क्याम्पस गेटैमा लगायतका एल्बमहरुले दर्शकहरुको मन जितिसकेका गायक तारापति सुवेदीले कार्यक्रममा लोक तथा दोहोरी गीत प्रस्तुत गर्नेछन् । आइतबार दिउंसो कार्यक्रम हुने भएपनि तीन दिन पहिला नै मुर्म्बई आईपुगेका यि गायक गायिकाहरु अहिले मुर्म्बई भ्रमणमा जुटेका छन् ।

December 18, 2005

भारतको महाराष्ट्रभित्रको मिनी नेपाल

Filed under: News

बी.एल.पौडेल प्रकाश
मुर्म्बई (भारत) । महाराष्ट्रको ठाना जिल्लामा एउटा डांडा -पाहाड) छ । जसको नाम हो-मामा-भाञ्जा डांडा । मुर्म्बई सहरबाट नजिकै पर्ने यहि मामा-भाञ्जा डाडांको फेदीमा छ वाग्ले स्टेट भन्ने रमणीय ठाउं । झट्ट हर्ेदा नेपालकै कुनै भाग जस्तो लाग्ने वाग्ले स्टेटमा सिपी तलाउ भन्ने एउटा गाउं छ । यो गाउंलाई नेपालीहरुको गाउं भन्दा पनि हुन्छ । सांघुरा गल्लीहरुसंगै गुजुमुज्ज पारेर बनाईएका घर छेउमा पुग्ने बित्तिकै त्यहां खेल्दै गरेका नेपालीका केटाकेटीहरु, प्राय घरहरुमा बजिरहने नेपाली भाषाका गीतहरु र नेपाली गरगहनाहरु -पोत,े तिलहरी आदि ) लगाएका महिलाहरु देख्ने बित्तिकै कसैलाई पनि लाग्दैन कि उ भारतको महाराष्ट्रस्थित ठाना जिल्लाको सिपी तलाउमा छ भनेर । गाउंको परिवेश र स्पष्ट झल्किने नेपाली हाउ-भाउले यो गाउं नेपालकै एउटा रमणीय गाउंको छनक दिन्छ सिपी तलाउले । त्यसैले यहां आउने प्रत्येक नेपालीहरुले भन्ने गर्छन् सिपी तलाउ महाराष्ट्रको मिनी नेपाल हो । (more…)

मुर्म्बईमा नेपाल-भारत साहित्य मञ्चको स्थापना

Filed under: News

वीरेन्द्र पौडेल
मुर्म्बई, १५ नोभेम्बर । प्रवासमा छरिएर रहेका साहित्य अनुरागीहरुलाई एकीकृत गर्न र प्रवासमा पनि नेपाली साहित्यको संरक्षण र उत्थान गर्न भनि गत शनिबार मुर्म्बईमा नेपाल-भारत साहित्य मञ्चको स्थापना गरिएको छ ।
देशको वर्तमान अवस्था, बेरोजगारी, गरिबी र अन्य विभिन्न कारणले गर्दा प्रदेशिन बाध्य भएका साहित्यप्रेमी नेपाली यूवाहरुको सकृयतामा यो मञ्चको स्थापना गरिएको हो । प्रवासमा रहेर पनि नेपाली साहित्यका विधाहरु गजल, कविता, मुक्तक र कथाहरुमा आफ्नो कलम चलाउँदै आएका युवाहरुको विशेष पहलमा थाना पश्चिमको मारुतीरोड स्थित न्यू इग्लिस स्कुलमा गरिएको परिचयात्मक तथा जलपान कार्यक्रममा उक्त नेपाल-भारत साहित्य मञ्चको स्थापना गरिएको हो
(more…)

६ महिनादेखि केही नखाईकन तपस्या

Filed under: News


बारास्थित चारकोसे झाडीको पीपलको रुखमुनि ६ महिनादेखि केही नखाईकन तपस्या गरिरहेका राम बोम्जन१५ बर्षीय किशोर ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको ध्यान तानिरहेकोछ। देश विदशेबाट हज्जारौं संख्यामा तपस्वीलाई हेर्न जानेहरुको भीड दिनहूं बढ्ने क्रम जारी छ। ६ महिनासम्म केही नखाइकन तपस्या गरिरहेको यदि सांचो हो भने यसले आधुनिक विश्व चिकित्सामा नै नयां विषयको रुपमा चर्चा पाउंने विज्ञहरुको भनाई छ।

December 17, 2005

मुम्बईमा जम्दैछिन् जमुना

Filed under: News

मुम्बई । आधा दर्जन नेपाली चलचित्रका गीतमा स्वर दिएकी गायिका जमुना शर्मा यतिबेला मुम्बईमा आफ्नो कला र गला तिखार्दैछिन् । बलिउडको निर्माणाधिन चलचित्रमा समेत उनको स्वरले ठाउँ पाएको छ ।
माया, आर्शिवाद, भाग्य, उपहार, रामलक्ष्मण, देशद्रोही र अग्निपथ लगायतका चलचित्रमा स्वर दिएकी जमुनाले हिजोआज मुम्वईमा प्रवासी नेपालीबीच आयोजना हुने कार्यक्रममा समेत दर्शकको मन जितिरहेकी छिन् । आफ्नै श्रीमान्को संगीतमा हालै उनको ‘स्पन्दन’ नामक एल्बम बजारमा आएको छ । हाल संगीत प्रशिक्षण लिँदै गरेकी जमुनाले भनिन्-’मुम्वईबाटै स्थापित हुने सोच छ । हेरौं समयले कत्तिको साथ दिन्छ ?’

संगतिबाहेक मेरो संसार छैन : गायक कुमार कान्छा

Filed under: News

स‌‌‍गीत प्रेमीहरुका लागि कुमार कान्छा अनौठो नाम होइन । उमेरले ४९ वर्षका यि गायक कलकत्ताको चिढियामोडमा जन्मेका हुन । बावु मनु शाह र आमा तुलसी देबी दैलेखको बाँसी स्थित पुख्र्यौली घर छाडेर कलकत्ता झरेका थिए । भारतमै जन्मे-हुर्केका भएपनि गायक कान्छाले नेपाली संगीतमा गरेको योगदान चानेचुने छैन । १ सय ५० भन्दा बढि नेपाली चलचित्र उनको स्वरले सजिएका छन् । नेपाली चलचित्र ‘लाहुरे’बाट उनले अभिनयमा पनि पाइला चालेका थिए ।

दर्जनौं भारतिय चलचित्रका गीतमा समेत उनको स्वर छ । उनै गायक कान्छासँग फिल्मनेपाल डटकमका लागि मुम्बईमा बिरेन्द्र पौडेलले गरेको कुराकानी संक्षेपमा :-

गायनमा कहिलेदेखि लाग्नुभएको हो ?

सानैदेखि लागेको हुँ । अहिले त संगीतको एक प्रकारको भक्त नै बनेको छु ।

गाउने प्रेरणा कोबाट कसरी पाउँनुभयो ?

मेरो आमाको रुचि संगीतिर ढल्केको थियो । पुर्सद पायो कि आमा गीत सुन्नुहुन्थ्यो, गुनगुनाउनुहुन्थ्यो पनि । सानै उमेर।मा आमाबाट यो रुचि ममा सर्‍यो । उ बेला खासगरी लता मंगेशकरको गीत सुनिन्थ्यो । लताजीको स्वरबाट नै म प्रभावित र प्रेरित भए ।

गाउनैका लागि औपचारिक-अनौपचारिक कुनै शिक्षा लिनु भो ?

स्कुले उमेरमा अरुले जस्तै गरि सिकियो । उ बेला पनि स्कुल-स्कुलमा संगीत सिकाउने चलन थियो । पछि ब्यबसायिक सोच राखेर केही समय तुलसी भट्टाचार्यसंग सिके । अहिले पनि उस्ताज सुल्तान खानसंग सिक्दै छु ।

तपाई अभिनयबाट गायनतिर लाग्नु भएको हो भन्ने पनि सुनिन्छ नि । कुरो सांचो हो ?

हैन, अभिनय भन्दा पहिला “आमैले भन्थे धाराको पानी” भन्ने गीत गाएको थिए । त्यस पछि ‘लाहुरे’ नामक नेपाली चलचित्रमा अभिनय गरेको हुँ ।

अभिनय र गायन मध्ये कुनलाई प्राथमिकता दिनुपर्छ भन्ने ठान्नुहुन्छ र किन ?

अभिनयकला हामी सवैजसोमा हुन्छ । तर, गायनकला भन्ने सवैमा हुदैन । मेहनतका हिसाबले पनि गायन अल्लि बढि नै संघर्ष गर्नुपर्ने क्षेत्र हो । त्यसैले मैले गायनलाई नै अगाडी बढाएको हुं । संजोग पर्दा अभिनय पनि गर्न सकिन्छ ।

तपाईको पहिलो गीत कुन हो ?

रेकर्डका हिसाबले “पहाडको डाँडाकाँडा हरीयाली छायो……’ भन्ने गीत नै मेरो पहिलो गीत हो । चलचित्रमा चाँही ‘आमैले भन्थे धाराको पानी….’भन्ने चलचित्र साइनोको गीत हो । जसमा रञ्जीत गजमेरले संगीत दिनुभएको छ ।

तपाई देश भन्दा टाढा रहेर पनि नेपालीहरुकै मनभित्र स्थापित हुनुहुन्छ, । नेपालमै बसेर गीत संगितमा लागेको भए अझ सफलताको उचाई चुम्थे जस्तो लाग्दैन ?

म त नेपाललाई असाध्यै माया गर्छु । मलाई लाग्छ, मैलै अझ धेरै सिक्नु छ । तर, यो ठाउँ गीत-संगीतको महासागर नै भएकोले यसैमा पौडी खेल्दै छु । साथमा नेपाली माया त छँदै छ । यहाँ बसिरहने रहर चाँही हैन ।

प्रवासमा बसेर संगीतमा संघर्षरत हुनुहुन्छ । नेपाली भएकैले कहीँ कतै अरुभन्दा पछाडी पर्नुपरेको त छैन ?

संगीतमा देश र सिमाको छेकबार हुँदैन । कला र संगीतमा जमेपछि जुनसुकै जात वा देशको भए पनि फरक पर्दैन भन्ने मेरो ठम्याई छ ।

नेपाली, हिन्दी, बंगाली, भोजपुरी लगायत दर्जनौ भाषामा गीत गाईसक्नुभयो । कुन भाषामा गाउँदा बढि आनन्दको अनुभुति भयो ?

संगीतको निश्चित भाषा हुदैन, यसमा आनन्दै-आनन्द हुन्छ । यद्यपी मातृभाषा नै नेपाली भएकोले नेपाली अलि बढि मेरो प्राथमिकतामा छ ।

तपाईको बिचारमा संगतिको प्रयोग कसरी गरिनुपर्छ ?

संगीत साधना हो, भक्ति हो । एकथरीले साधना हैन साधन बनाईरहेका छन्, कमाउने भाँडो बनाएका छन्-ब्यपार जस्तै ।

आर्थिक हिसावले गायनमै लागेर जीउन कत्तिको सजिलो छ ?

सजिलो त छैन । तर आफ्नो इच्छा पुरा गर्दा केही अभाबसँग सम्झौता त गर्नैपर्छ । जे होस, आनन्द लाग्छ । अरुलाई पनि यस्तै लाग्छ होला ।

। यहाँ जाउँ यसो गर भनेर सल्लाह दिन्छु ।

एकल आवाजमा कति एल्बम निकाल्नुभो ?

एकल स्वरका दुईवटा एल्बम छन् । ‘गोरेटो’ र ‘दोवाटो’ । नतिजा राम्रो आयो । अहिले ‘गाउको गोरेटो’ नामक एल्बमको तयारीमा छु ।

अहिलेसम्मको जीवन संगीतमै खर्चिनु भो । यदि यता नलागेको भए आज कुमार कान्छा के हुन्थ्यो होला ?

लाग्छ- म जन्मिएकै गीत गाउनका लागि हो । यो भन्दा बाहिर अर्को संसार नै देख्दिन । यदि मलाई कसैले ल प्रधानमन्त्री बन् भन्छ भने ‘प्रधानमन्त्री हैन, बरु मलाई एउटा गीत देउ न भन्छु,’ ।

यति लामो संगति यात्रामा तपाईले गर्न खोजेर पनि खड्कीरहेको कुरा के हो ?

धेरै गायक गायिकासँग काम गरिसके । तर, जसको गीत सुनेर यो ठाउँसम्म आउन प्रेरित भए । उनै लता मंगेस्करसंग गीत गाएको छैन । त्यो मेरो ठुलो ईच्छा हो ।

एक दशक अगाडी तपाईले नेपाली चलचित्रमा धेरै नै गाउनुभयो । तर, अहिले उस्तो छैनन् नि किन हो ?

अहिले त चलचित्र क्षेत्रमै मन्दी छ । पहिले गीत गाउन म अाफै पनि जान्थे त कोही गाइदेउ भन्न यहाँ आउथे । तर अहिले त्यो छैन ।

नेपाली कार्यक्रम भनेपछि ठुलो-सानो जस्तोमा पनि नहिचकिचाई जानुहुन्छ । के ले प्रेरीत गर्छ यस्ता कार्यक्रममा जान ?

धेरै पहिलादेखि हामीले मुंबईमा सानातिना कार्यक्रम गर्दै आएका छौं । दर्शक सहभागिता थोरै हुँदा पनि मैलै गाएको छु । यस्ता कार्यक्रममा आजकल दर्शकको सहभागीता बढ्दै छ । संगति मार्फत नै दुःख सुखका मुरा बाढ्ने मौका यस्तै कार्यक्रम त हुन ।

गायनमा पाइला टेक्न तपाईको सहयोग माग्नेलाई के भन्नुहुन्छ ?

गायक-गायिका बन्न चाहनेसँग पहिलो कुरा स्वर हुनुपर्‍यो । स्वर भएपछि अन्य कुरा सिक्न सकिन्छ । जो केही गायनमा आउन मेरो सहयोग माग्छन् भने जानेका, भोगेका कुरा बताईदिन्छु

अहिले नेपाली संगीतमा विकृती पनि बढ्दैछन् । स्वर नभएपनि पैसा भएपछि एल्बम निकाल्ने । अर्कोतिर स्वरका धनीहरु आर्थिक अभावमा पछाडी पर्नुपर्ने । यसमा तपाईर् के भन्नुहुन्छ ?

खासमा जुन एल्बम स्तरिय छ उसले मात्र श्रोताको मन जित्छ । कसैले जवरजस्ती सुन भनेर सुनिने हैन । राम्रो स्वरहुनेलाई यसले उस्तो प्रभाव पार्दैन ।

एउटा प्रवासीका नाताले सबै प्रवासी नेपालीलाई के भन्न चाहानुहुन्छ ?

जहां हामी बस्छौ‌ त्यहीबाट सुरु गरौं । आफ्नो घर सुघारौ, त्यसपछि समाज, शहर, जिल्ला, र देश बनाऔ । प्रवासका नेपालीबीच आपसमा मित्रता राख्न सक्नु पर्छ । नेपाललाई पनि हरपल सम्झनै पर्छ ।

अन्तमा भन्न बाँकी केही छ की ?

म जे गरिरहेको छु, मेरा श्रोताहरुको लागि यो भन्दा बढि गर्न पाउँ ।

December 15, 2005

प्रवासी नेपाली संघ मुम्बइ नगर समिति सम्मेलन सम्पन्न

Filed under: News

वीरेन्द्र पौडेल
मुर्म्बई १३ डिसेम्बर । निरंकुश राजतन्त्रको अन्तको लागि प्रवाशवाट संर्घष्ा गरौ भन्ने मूल नाराका साथ प्रवाशी नेपाली संघ -भारत) दक्षिण मुर्म्बई नगर समितिको छैटौ नगर सम्मेलन अस्ति आईतवार एक बृहद सभाकाबीच सम्पन्न भएको छ ।
प्रवाशी नेपाली संघ -भारत) अर्न्तर्गत रहेका बिभिन्न प्रारम्भिक समिति हरुका पदाधिकारी तथा प्रतिनिधी हरुको सहभागिता रहेको सो सम्मेलनको अध्यक्षता नव निर्वाचित अध्यक्ष बि.एस.ओडले गर्नुभएको थियो । प्रनेसं -भारत) का केन्द्रीय सदस्य डम्बर रावलको प्रमुख आतिथ्यमा सम्पन्न सो सम्मेलनमा प्रनेसं केन्द्रीय समितिका सल्लाहकार बिष्णु गिरी, बिभिन्न एरिया तथा प्रासका पदाधिकारीहरु, संघ संस्थाका प्रतिनिधी तथा र्सब साधारणहरुको उपस्थिति रहेको थियो । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख
अतिथी तथा प्रनेसं.-भारतका केन्द्रिय सदस्य डम्बर रावलले बिभिन्न कारणवश बिदेशिन बाध्य भएका नेपालीहरुमाथि बिदेशमा
शोषण र दमन भएको उल्लेख गर्दै यसको प्रमुख कारण हामीमा एकता छैन । खुट्टा तान्ने प्रबृत्ति छ भन्नुभयो । उहाँले जहिलेसम्म हामी एकजुट हुदैनौ तवसम्म हामी शोषित र पिंडित रहन्छौ ।देशको वर्तमान अवस्था प्रति चित्रित गर्दै उहाँले देशमा जनताले खोजेको संबिधान बनाउनु पर्छ भन्नुभयो । त्यस्तैगरी अर्का अतिथि तथा केन्द्रीय सल्लाहकार बिष्णु गिरीले प्रवाशी नेपाली संघ -भारत) ले प्रवाशी नेपालीहरुको दुःख र पिंडामा साथ दिएर अगाडी बढेको हुनाले नै आज जनताको माया“ पाएको छ भन्नुहुदै
उहाले प्रवाशी नेपाली संघ जनताको कुनैपनि मुक्तिको लागि पछाडि नहट्ने कुरा ब्यक्त गर्नुभयो । मन्तब्यकै क्रममा उहाँले दल-माओवादीबीच भएको १२ बुदे सम्झौताले देशमा परिवर्तन ल्याउने संकेत देखा परेको उल्लेख गर्दै संसारको कुनै कुनामा बसेर भएपनि अहिलेको आन्दोलनलाई सबैले र्समर्थन गर्नुपर्छ भन्नुभयो । त्यसैगरी सम्मेलनमा संयुक्त नेपाली महासंघका महामन्त्री तारानाथ शर्माले हामी सबैलाई शान्ति चाहिएको छ । अहिले देशमा चलिरहेको लोकतन्त्रको आन्दोलनलाई प्रवाशवाट हामी सबैले सहयोग गर्नु र्
पर्दछ भन्नुभयो । त्यसैगरी नेपाली जनसर्म्पर्क समितिका प्रति निधी प्रेम प्रसाद तिमिल्सेनाले नेपाली कांग्रेसले राजतन्त्रलाई आफ्नो
संबिधानबाट फ्याकिसकेको उल्लेख गर्दै उहाँले राजतन्त्र समाप्तको अन्तिम घडिमा पुगेको दावी गर्नुभयो । कार्यक्रममा बालकृष्ण ढकाल, मोति बहादुर खड्का, लाल बहादुर खड्का, आकाश कुवँर, भरत रावल, लोक बहादुर रावल, भिम राना लगायतका बक्ताहरुले मन्तब्य राखेका थिए । सम्मेलनले प्रनेसं. -भारत) दक्षिण मुर्म्बई नगर समितिको नयाँ कार्यसमिति समेत निर्माण गरेको छ नया कार्य समितिको अध्यक्षमा बि.एस.ओड, उपाध्यक्षमा मिन बहादुर खड्का, सचिवमा मनाज डि. दास, सह- सचिवमा मोहन
बि.के., कोषाध्यक्षमा दयानाथ भण्डारी र सदस्यहरुमा कर्ण्र्ााब.क., प्रताप भण्डारी, नयन सिंह आउजी, ललित बोगटी, डि.एस. बुढा
र प्रेम जे खड्का रहनुभएको छ । त्यसैगरी प्रमुख सल्लाहकारमा प्रेम खड्का र सल्लाहकारमा नवराज खड्का र बद्री आउजी रहनुभएको छ । निर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि डम्बर रावलले सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रम बिहान १०. बजेदेखि सा“झ सम्म ग्रान्टरोड स्थित कांग्रेस हलमा भएको थियो भने सम्मेलनमा प्रवाशी नेपाली संघ अर्न्तगत जनभावना सा“स्कृतिक परिवारका कलाकारहरुले गीत तथा नृत्य प्रश्तुत गरेका थिए ।

December 14, 2005

जहां गएपनि लोकसंस्कृति भुल्नु हुदैनः शिला

Filed under: News

नेपाली लोकदोहोरी गायन क्षेत्रकी चर्चित गायिका शिला आलेको जन्म तनहुंको आबु खैरेनीमा भएको हो । विगत पांच बर्ष देखि लोक दोहोरी गायन क्षेत्रका आफ्नो सुरिलो स्वरले एउटा अलग्गै स्थान बनाउन सफल आले यसै हप्ता मुर्म्बईमा भएको सास्कृतिक कार्यक्रम लोक सुशेलीमा सहाभागी हुन मुर्म्बई आईपुगेकी थिइन । फरसिली र हांसी रहने शिलाले मुर्म्बईको छोटो बर्साईमा पनि संयौ दर्शक तथा स्रोताहरुको मनमा बस्न सफल भएकी छिन । प्रस्तुत छ उनै चर्चित गायिका शिला आलेसंग मुर्म्बईमा बीरेन्द्र पौडेलले गरेको कुराकानीको सारसंक्षेप-
तपाईको जन्म स्थान बुवा मुमाको नाम र आङ्खनो बारेमा बताईदिनुहुन्छ की -
- मेरो जन्मस्थान आवु खैरेनी गा.बि.स.वार्ड नं.६ र हालको घर चाहि चितवन जिल्ला र मेरो श्रीमानको नाम चाहि शिवराज पाण्डे
। हाल बनस्थली काठमाण्डौ बस्छु ।
लोक गायन क्षेत्रमा कहिलेदेखि यात्रा शुरु गर्नुभयो -
-धेरै भएको छैन । ५ वर्षपुरा गरेर अहिले ६ वर्षा यात्रा गर्दै छु । यानी मैले २०५७ सालमा आङ्खनो यात्रा शुरु गरेकी हु“ ।
भनिन्छ कुनै पनि काम गर्नुमा आङ्खनो परिवारको निक्कै ठूलो हात रहेको हुन्छ । तपाईको यो क्षेत्रमा लाग्नुको पछि कोहि
त्यस्तो ब्यक्ति छ की -
छैन छैन , मेरो गाउ“मा पनि छैन, पुख्र्यौलीमा हर्ेर्ने हो भने मेरो आङ्खनो कोहि पनि यो क्षेत्रमा लागेको छैन ।
तनहंुवाट एकजना हुनुहुन्छ नी । ..-बिचैाम रोक्किदैमा )
जिल्लामा त थुप्रै हुनुहुन्छ , जस्तै प्रेमराजा महत, अम्मर बिरही गुरुङ् , तर गाउ“मा भने कोहि थिएन ।
तपाईको पहिलो रर्ेकर्ड एल्बम चाहि कुन हो नि -
-मैले शान्ता न्यौपाने दिदीसंग तीजको गीत “माईतिको माया“” मा गरे त्यसपछि गाउदै जादा कृष्ण सुधा ढुङ्गाना दाजुले मेरो स्वर
सुनेपछि उहाले हौसला दिनुभयो । गाउदै जादा भगवान भण्डारीको सातौ एल्बम खैरेनीमा गेट भन्ने गरे ।
गायिका हुनलाई कला र गला दुवै चाहिन्छ । तर सबैमा त्यो हुदैन । तपाईको पहिल्यै प्राक्टीस थियो कि -
थिएन , गाउ“-घरमा पहिले पनि अरुले गाएको गीतलाई टपक्कै टिप्थे, दोहोरी गीत गाउदिनथे, दिदीले गीतलेखिदिनुहुन्थ्यो । स्कुलमा
वा सा“स्कृतिक कार्यक्रममा चाहि नाच्ने गर्थे ।
यो क्षेत्रमा लागेर कुनै जिल्ला एंव राष्ट्रिय पुरस्कार पाउनु भएको छ कि -
-राष्ट्रिय पुरस्कार भन्नाले त्यस्तो केहि छैन, उहि हो दोहोरीमा जा“दा प्रमाण-पत्र लिने गरेकी छु । तर दोहोरी प्रतियोगीतामा एक
पटक प्रथम र तीनपटक तृतिय पुरस्कार पाएकी छु । दोहोरिमा भाग लिन चाहि धेरै देशहरुमा यसरी नै हिडेकी छु ।
पहिलाको शिला आले र अहिलेको शिला आलेमा तपाई के फरक पाउनुहुन्छ -
-त्यति बेलाकी शिला आले चाहि स्कुल र गाउ-घरको सा“स्कृतिक कार्यक्रममा सिमित थिई भने अहिलेकी शिला आलेले धेरै ठाउमा र
धेरै श्रोताको माया पाएकी छ । म धेरै खुशी छु ।
हौसला र प्रेरणा चाहि कसलाई मान्नुहुन्छ -
-त्यस्तो कोहि पनि छैन । शुरुका काठमाण्डौ पढ्न जादा कलेजमा भर्ना भए, मलाई आङ्खनो कोठा र कलेज वाहेक अरु केहि पनि थाहा
थिएन । मलाई सिंह दरवार जानको लागि कृष्ण थापा दाजुले सहयोग गर्नुभयो । त्या“हा पनि मैले कसैलाई चिनेको थिईन । मैले मेरा
आङ्खना कुरा राखे र गीत गाउने मौका पाए“ , त्यसपछि मेरो गीग कृष्ण सुधा ढुङ्गाना दाजुले सुन्नुभएछ, पछि उहाले मलाई खोज्दै
आउनेभयो र उहाले गीत गाउने हौसला प्रदान गर्नुभयो । त्यतिबेला मलाई गीतको सुर ताल थाहा थिएन । पहि एउटा दोभान दोहोरी
साठझमा बद्री पराजुली दाजुले चा“जो मिलाउनु भयो । उहाले गीतहरुको बारेमा मलाई धेरै सिकाउनुभयो । त्यहि नै हो ।
लोक गायनको क्षेत्रमा आर्थिक रुपमा कस्तो ठान्नुहुन्छ -
- म धेरै खुशी छु, समयमै आईपुगे जस्तो मानेकी छु, भाग्यमानी ठान्छु । यस भन्दा अगाढी यो क्षेत्रमानलाग्या भए धेरै
संर्घष्ा गर्नु पथ्र्यौ । मानिसलाई कुनैपनि बेला कहिल्यै पनि सन्तुष्टी लाग्दैन । तर मेरो बारेमा म खुशी छु ।
तपाईलाई शिला आले भनेर चिनाउने एल्बम -
-मलाई एल्बम हो जस्तो लाग्दैन । किनभने पहिला मेरो सुन्तला र स्याउ भन्ने एल्बम आयो , तर त्यसको लयमात्रै सुनियो
, त्यो एल्बम बजारमा त्यति धेरै आउन सकेन, त्यसपछि गोर्खा कालीका, पछि गएर खैरेनीमा गेट र खासै आएर म स्टेजवाटै आए“
जस्तो लाग्छ ।
तपाईलाई लोक गायन बाहेक, चलचित्र, आधुनिक क्षेत्रमा गाउनको लागि अफर आएनन् र्-र्
इच्छा छ , अफर चाहि आएको छैन, दोहोरी गाउनेलाई आधुनिक गाउन गार्‍हो नै हुन्छ ।
आङ्खनै शब्द र शैलिमा एल्बम छ की छैन -
अव बल्ल आउदैछ, फेवा डिजिटलबाट, तर न्वारान भएको छैन र अर्को राजु परियार र मेरो श्रीमानले साथ दिनुभाछ “हासैमा
मोहनी” धैलागिरी क्यासेट सेन्टरबाट ।
तपाईको लभ म्यारिज कि एरेन्ज म्यारिज -
- लभ म्यारिज ।
साङ्गीतिक क्षेत्रमा हिड्दा हिड्दै हो -
-हास्दै) …हजुर ।
देशमा हत्या हिंसा बढेको छ, कलाकारको नाताले तपाईले केहि गर्न सक्नुहुन्छ कि -
-हामीले केहि गर्न सक्दैनौ, राष्ट्रलाई हा“क्ने नेताहरु छन् । हामी त त्यहि हो जहा जान्छौ गीतवाट श्रोताहरुलाई यस्तो नहोस , शान्ति
होस भन्ने सन्देश दिन चाहन्छौ र अनुरोध गर्दछौ ।
अहिले दोहोरीले निक्कै चर्चा पाएको छ । यो दर्ुइ वर्षभित्रमा यसरी चर्चा पाउनुको कारण खास के होला -
- दर्ुइ वर्षभन्दा पनि चार पा“च वर्षभयो । पहिला मिडियाहरु पनि कम थिए । अहिले धेरै टि.भी. च्यानलहरु छन्,
एफ.एम. र प्रसस्त दोहोरी कार्यक्रम पनि भईरहने गरेका छन् , आङ्खनो प्रतिभा देखाउने अवसर पनि प्रसस्त छ । यि सबै कारणले
गर्दा नै आज दोहोरी यानी लोक भाखाहरु फस्टाउने मौका पाएको छ । कलाकार बन्न कत्तिको गार्‍हो हुन्छ, हज्जारौको आ“खामा परिएको हुन्छ -
-एकदमै हो । हामी पहिला घर पविारमा सिमित थियौ । हुदा हुदै गीतहरु गाउका अन्यले पनि सुने। त्यो क्रम जारी रहदै
जा“दा सबैलाई चिनाउन मन लाग्यो । पहिला र अहिलेमा ब्यालेन्स राख्न त गार्‍हो भईहाल्छ नी ।
अन्तमा प्रंवासी नेपालीहरुलाई के सन्देश दिन चाहनुहुन्छ -
देश छोडेर दाजुभाई तथा दिदी बहिनीहरु यसरी प्रवासमा आउनु भएको छ दुख सुःख काम गर्नु भएको छ । आखिर जस्तो
सुकै भएपनि कमाई भए पनि र नभएपछि सर्घष्ा गर्न र कमाउनको लागि भनेर नै आउनु भएको छ । देशको वर्तमान स्थिति जस्तो
भएपनि र विदेशमा जहां भए पनि नेपाललाई नर्बिसनु होला , नेपाली दाजू भाईहरु बीच मनमुटाव नहोस् । लोक संस्कृति र नेपाली
परम्परालाई बचाई राख्नुहोला नभुल्नु होला । र तपाईहरुले जुन अवसर र माया हामीलाई दिनु भएको छ त्यसको लागि तपाईहरु र
सम्पर्ूण्ा प्रवासी नेपालीहरुलाई धेरै- धेरै धन्यवाद दिन चाहन्छु ।

बद्री र शिलास“गै ना“चे मुर्म्बईबासी

Filed under: News

मुर्म्बई ४ डिसेम्बर । कता गयो हितैको संगिनी एक्लै भयो यो बद्री पगेनी,…. हजुर आङ्खनी संगीनीलाई खोज्ने र र्दर्शकहरुलाई मनोरञ्जन गराउने क्रममा मुर्म्बई आईपुगेका चर्चित गायक गायिका बद्री र शिलाले मुर्म्बईमा थुप्रै संगिनी हरुलाई नचाउन पुगे, उनिहरुको भित्री आत्मलाई हसा“उन पुगे, र हज्जारौ दर्शकहरुको बिचमा आङ्खनो नाम बसाउन पुगे । जब नेपाली लोकदोहोरी गायन क्षेत्रका चर्चित गायक गायिका बद्रि पगेनी र शिला आलेले कार्यक्रममा मा“झी दाई पोखरा फेवातालको लाउ माया साच्चैको नलाउ भो ख्याल ख्यालैको भन्ने बोलको गीतमा दोहोरी प्रस्तुत गरेका थिए सबैलाई नाचौ नाचौ लागि हाल्यो र नाचे पनि । उपस्थित दर्शक र कलाकारहरुलाई समेत प्रत्यक्ष सहभागि गर्राई गीत मार्फ प्रश्न उत्तर गरी दोहोरी प्रस्तुत गरे पछि र्दर्शक माझबाट दर्जनौ युवाहरु बद्रि र शिला संगै नाच्न स्टेजमा पुगे । हालसम्म मुर्म्बईमा भएका सबै सांस्कृतिक कार्यक्रमहरुमा
भन्दा बढि र मनोरञ्जनपर्ूण्ा तरिकाले लामो समयसम्म प्रत्यक्ष दोहोरी प्रस्तुत गरिएको सो सास्कृतिक कार्यक्रममा गायिका शिला आलेको गोर्खा कालिकाले दर्शकहरुलाई विशेष मनोरञ्जन प्रदान गरेको थियो भने बद्रि पगेनीको जेठो छोरो कहा“ छ कहा“ छ भन्ने बोलको गीतले दर्शकहरुलाई भावविहृल समेत बनाएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गायक पगेनी हज्जारौ दर्शकहरुबीच आफूले गीत प्रस्तुत गर्न पाएको अत्यन्तै खुसी लागेको उल्लेख गर्दै सधैभरी यसै गरी तपाईहरुको माया पाईराखौ भनि अपेक्षा समेत राखेका थिए ।

मुर्म्बईको मरिनलाईन्स वेस्ट स्थित बिरला मातोश्री हलमा अस्ति आइतबार दिउ“सो भएको सो कार्यक्रममा एकहज्ाार भन्दा बढि दर्शकहरु रहेका थिए भने शिला आलेले दर्शकहरुलाई समेत दोहोरी खेल्न आग्रह गरेकी थिइन भने, उनिस“ग स्थानिय गायक हर्क बिरही बिकले केहिबेर दोहोरी गीत गाएका थिए । देश चेम्स ग्रुपको पहिलो प्रस्तुतीको रुपमा रहेको कार्यक्रम लोक सुशेली दोहोरी सा“झ कार्यक्रममा मनोज त्रिपाठी, सुरज लामा, कृष्ण प्रधान,कृष्ण कुमार लगायतका गायकहरुले गीत प्रस्तुत गरेका थिए भने चर्चित हास्य कलाकार तथा नृत्यनिर्देशक नरेन्द्र श्रैष्ठ, बलबहादुर थापा, नृत्य निर्देैशक प्रकाश आउजी,गोपिकृष्ण खनाल, र्
तर्क मिन खत्री, प्रिति कार्की , सन्ध्या रावत, प्रणाली,विक्की, दिपक, लगाएतका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । कृष्ण प्रधान प्रस्तुतकार्ता, चेतमान खड्का संयोजक, ऋषि पौडेल ब्यवस्थापक र हरि रिजाल सहयोगी रहनु भएको सो कार्यक्रमको सञ्चालन नेपाली समाज दैनिकका सम्पादक बि.एल.पौडेल प्रकाशले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न संघ सस्थाका पदाधिकारी,प्रतिनिधि र पत्रकारहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रम अत्यन्तै रोचक र मनोरञ्जनपर्ूण्ा रहेको दर्शकहरुको कथन थियो ।

नेपाल-भारत साहित्य मञ्चको तेस्रो भेला सम्पन्न

Filed under: News

मुर्म्बईमा साहित्यप्रेमी साथीहरुको जमघट तथा नेपाली संस्कृतिको बिकाश तथा नेपाली साहित्यलाई प्रवाशमा रहेर पनि जर्गेना गर्ने उद्देश्यले स्थापित यस नेपाल-भारत साहित्य मञ्चले हिजो आईतवार गिरगाउ स्थित मुर्म्बई मराठा साहित्य संघमा तेश्रो भेला सम्पन्न गरेको छ । करिव तीन दर्जन साहित्यप्रेमीहरुको उपस्थिति रहेको उक्त भेलामा सबैभन्दा पहिला बिभिन्न मित्रहरुले आङ्खनो ठाउवाट आ-आङ्खनो परिचयात्मक कार्य शुरु गरेको थियो । संघ-संस्था तथा बुद्धिजीविको पनि उपस्थिति रहेको सो भेलामा आ-आङ्खनो ठाउवाट बोल्ने क्रममा संयुक्त नेपाली महासंघका वर्तमान उपाध्यक्ष मिन बहादुर खत्रीले सबैभन्दा पहिला यस मञ्चले राखेको बिचार प्रति आफू निक्कै खुशी रहेको कुरा ब्यक्त गर्दै अहिलेको वर्तमान अवस्थामा बिभिन्न क्षेत्रमा देखिएको फुटले संघ-संस्थाको बिकाश नभएको र यस्तो कार्यवाट आफूहरु बच्न र बचाउन ध्यानाकार्षा गराउदै युवा वर्गको दायित्व
, निश्वार्थी भावना हुनुपर्ने तथा कर्ुर्चिको लागि तानातान नगरेर यस मञ्चलाई फूलाउने फलाउनर्ेतर्फ युवा वर्गले जोड दिनुपर्ने तथा यस्तो सराहनिय कदमको आफूले आङ्खनो क्षेत्रवाट सहयोग गर्ने वचन दिनुभएको थियो । यसैगरी अर्का बुद्धिजीवि गोकर्ण्र्ाा्रसाद जैशीवाट युवाहरुमा दायित्व बोझ, निडर हुनुपर्ने कुरामा जोड दिदै यस साहित्यको यात्रालाई निरन्तरता दिनुपर्ने तथा हालसम्म मुर्म्बईमा नेपाली पत्र पत्रिकाले पनि केहि हदसम्म साहित्य समेटेको र यसले पनि नया“ पिढीहरुमा साहित्य प्रति दिएको योगदानको सराहाना ब्यक्त गर्दै आफूवाट सक्दो सुझाव, सल्लाह र सहयोग दिने आश्वासन ब्यक्त गर्नुभएको थियो भने पत्रकार तुलसी गौडेल”मन्जिल”ले साहित्यवारेको चर्चा तथा यस कार्यप्रति आफू अत्यन्तै खुशी रहेको र मुर्म्बईमा यस मञ्चलाई स्थापित गर्ने कार्यमा सहयोग गर्ने संस्थाहरु तथा बिभिन्न पत्र-पत्रिकाहरुप्रति आफू निकै खुशी रहेको भावना ब्यक्त गर्नुभएको थियो । यसै क्रममा नेपाली समाज दैनिकका ब्यवस्थापक बिष्णु प्रसाद पौडेल “भावुक”ले आफूले सोचेको सपनालाई प्रवाशको यस ठाउमा पनि आज बिपनाको
रुपमा देख्न पाउदा अतिनै हषिर्त हुदै भाषा साहित्यमा छरिएर रहेका प्रवाशीहरुलाई पृथ्वीनारायण शाहाको भनाई”नेपाल चार जात छत्तिस वर्ण्र्ााे फूलवारीलाई” एउटै आगनमा फुलाउनु पर्ने भनाई माथि जोड दिदै आफूले यस क्षेत्रमा लाग्ने सबै साथिहरु र साहित्य मंचलाई सक्दो योगदान दिनुका साथै प्रवासमा छरिएर रहनुभएका साथि-भाईहरुमा एकले जाने बुझेका कुराहरु अर्कोलाई पनि बुझाउने र सिकाउने अपेक्षा राख्नुभएको थियो । बोल्ने क्रममा मंचका.सदस्य हेमराज रोदन ढकालले साथिहरुले आङ्खनो कर्तब्यलाई नबिर्सिकन निःस्वार्थका साथ लाग्नु पर्ने र यस मंचलाई आगामी दिनमा सगरमाथाको उचाईसम्म लाने र प्रवाशवाटै नमुना बनाएर देखाउने कुरामा जोड दिनुभएको थियो भने मंचका उपाध्यक्ष भरत भावुक बिष्टले यस मंचमा सबैको साझा दायित्व रहेको ध्यानाकार्षा गराउदै यस मंचलाई मागिखाने भा“डो नबनाईकन उदाहरणको रुपमा देखाउनु पर्ने र मुर्म्बईमा रहेको संयुक्त नेपाली महासंघ प्रति सहयोग को अपेक्षा राख्नु भयो । कार्यक्रम सञ्चालक मञ्चकास सचिव पुष्पराज भट्टले बिधानलाई बाचन गर्दै त्यस
बिधानको बारेमा चर्चा परिचर्चा संगै अन्त्यमा अध्यक्ष हृदयराज तिमिल्सेनाले कला संस्कृति भनेका राष्ट्रका अमुल्य गहना हुन । यस
मंचको संरक्षणको लागि सबै क्षेत्रवाट सहयो र सुझावको आशा राख्दै कार्यक्रम बिर्सजन गर्नुभएको थियो ।

मुर्म्बईमा झझल्कोको भव्य पर््रदर्शन

Filed under: News

प्रत्येक बर्षरुमा जस्तै यस बर्षपनि गौरांग कलाकृति नेपाली सास्कृतिक मञ्च मुर्म्बईको प्रस्तुती विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम झझल्को हिजो आइतवारका दिन भव्यताका साथ सम्पन्न भएको छ । दादरको परेल स्थित दामोदर हलमा सयौं दर्शकहरुको माझमा सम्पन्न सो कार्यक्रमको संयोजक तथा संगीत संयोजन गौरांग कलाकृतिका प्रोपर््राईटर कमल सिंह रहनु भएको थियो । दिपा र्राई प्रस्तुतकर्ता रहनुभएको सो कार्यक्रममा नृत्य निर्देशिकाको रुपमा पहिलो पटक दिपसरा सिंह रहेकी छि भने ब्यवस्थापकको रुपमा प्रकाश आउजी रहेका छन । कार्यक्रममा चर्चित पार्श्व गायक कुमार कान्छा, गायिका जमुना शर्मा, गायक आकाश र्राई, संजय झा, मनोज त्रिपाठी,उदयनारायण झा, रवि धनराज, हर्क विरही विक र गिता रावत लगायतका गायक गायिकाहरुले गीत प्रस्तुत गरेका थिए भने कार्यक्रममा मुर्म्बईका विभिन्न स्टेजहरुमा आफ्नो चुलबुले नृत्यले र् दर्शकहरुको मन जितिसकेकी कलाकार तारा शर्मा, सन्ध्या रावत, रमेश सिंह, गोपिकृष्ण खनाल, दिपक परियार, स्वेता, रोशनी, शोभना सिंह लगाएतका कलाकारहरुले विभिन्न गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सबैका गीत तथा नृत्यहरु उत्कृष्ट थिए भने कार्यक्रममा दर्शकहरुको समेत उल्लेखनिय सहभागिता रहेको थियो ।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

पाठकहरु Free Site Counter
Free Site Counter